नेप्से ११ अंकले बढ्यो, कारोबार साढे ५ अर्ब माथि

११ असार २०८०, सोमबार १५:१२

काठमाडौं। हिजो हाफ सेन्चुरी हानेको नेप्से आज सामान्य अंकको सुधार हुँदै बन्द भएको छ। आज नेप्से ११।६९ अंकले बढेर २१२९।४२ को विन्दुमा कायम भएको छ।

२२९ सूचीकृत कम्पनीको आज १ करोड १९ लाख ३ हजार ६८७ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज ५ उपसूचक बाहेक सबैमा हरीयाली छाएको छ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ४१ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*