पुल्चोकका लेखा अधिकृत कार्की अख्तियारको फन्दामा

१८ भाद्र २०८०, सोमबार १७:४६

काठमाडौं । जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीले ४ करोड ६७ लाख अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले लेखा अधिकृत कार्कीले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५३ साल जेठ १७ गतेदेखि २०७९ मंसिर २८ गते सम्मको कार्कीको समग्र आयको छानविन गर्दा १ करोड ८ लाख ४८ हजार ५९० देखिएकोमा सोही अवधिमा कार्कीले गरेको समग्र खर्च जाँच गर्दा ५ करोड ७५ लाख ८७ हजार ३७० देखिएको अख्तियारले सूचनामा उल्लेख गरेको छ ।

कार्कीको समग्र आयबाट समग्र व्यय घटाउदा ४ करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँको वैधानिक स्रोत नखुलेपछि अधिकृत कार्की अख्तियारको फन्दामा परेका हुन् । उनलाई अख्तियारले सोही स्रोत नखुलेको रकमलाई विगो कायम गरी जरिवाना र कैद सजायको माग गर्दै सोमबार अदालतमा मुद्दा दायर गरेको हो ।

कार्कीले सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति श्रीमती उर्मिला थापा कार्कीसमेतको नाममा जग्गा, शेयर, सवारी साधन खरिद तथा बैंक खाताहरुमा मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत नखुलेको सम्पत्ति जफतमात्र गर्ने गरी उर्मीलालाई समेत प्रतिवादि बनाई अख्तियारले मुद्दा दायर गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*