तीजमा बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
१ आश्विन २०८०, सोमबार ११:२४

काठमाडौं । सोमबार हरितालिका तीज सुरु भएसँगै सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला ५०० रुपैयाँले बढेको सुन आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३०० र तेजावी सुन प्रतितोलामा १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी पनि प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।












