बैंकिङ कसुर मुद्दाका दोषी इन्जिनियर केसी जेल चलान

१ आश्विन २०८०, सोमबार १२:५३

काठमाडौं । बैंकिङ कसुर मुद्दामा इन्जिनियर यज्ञबहादुर केसी जेल चलान भएका छन् ।

केसीलाई सर्वाेच्च अदालतले गत साल माघ ४ गते बैंकिङ कसुरको मुद्दामा साढे १४ लाखको जरिवाना फैसाला गरेको थियो । अदालतले गरेको फैसलाबमोजिम केसीले जरिवानाको बिगो समेत जोडी २९ लाख रुपैयाँ तिर्नुपर्ने छ ।

अदालतको फैसलापछि केसी लुकिछिपि बस्दै आएका थिए । उनलाई भदौ ३० गते घोराहीमा अवस्थित हिलटन होटलबाट पक्राउ गरिएको हो । प्रहरीले केसीलाई पक्राउ गरी जिल्ला अदालत दाङमा पेश गरेको थियो । अदालतको आदेश अनुसार केसीलाई फैसला कार्यान्वयनका लागि आइतबार नै जेल चलान गरिएको स्रोतले जनाएको छ ।

उनी अदालतले तोकेको रकम तिरेर जेलमुक्त हुन पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*