नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्तालाई विशेष अफर

३ आश्विन २०८०, बुधबार १३:१४

काठमाडौं । नमस्ते पे ले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ आउदै गरेको चाडपर्वलाई लक्षित गर्दछ नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ । जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले ५० रुपैयाँ प्राप्त गर्नेछन्। यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५ सम्म लागु हुनेछ ।

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा ५० रुपैयाँ प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा ५० रुपैयाँको पुरस्कृत रकम प्रयोग गर्न सक्छन्। प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर प्थ्ऋ प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्नेछ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*