चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण

३ आश्विन २०८०, बुधबार १८:३४

काठमाडौं । चालु आर्थिक वर्षमा ४।३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एशियाली विकास बैंक एडिबीले गरेको छ।

बुधबार नेपाल अपडेट सार्वजनिक गर्दै गत वर्ष गरिएको आयात कडाई र मागमा आएको कमीले अपेक्षाकृत आर्थिक वृद्धि नहुने अनुमान एडिबीको छ।

आयत कडाईले सरकारको राजस्व परिचालनमा असर गरेको उल्लेख एडिबीले गरेको छ।सरकारले यस वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो। एडिबीले भने अहिलेको परिपेक्षमा ४।३ प्रतिशत पुग्न सक्ने अनुमान गरेको छ।

तर, माग बढ्न नसकेमा यो लक्ष्य पूर्ति नहुने उल्लेख गरिएको छ। यद्यपि मागमा सुधार आउने अपेक्षा एडिबीको छ।

मागमा वृद्धि गर्न सरकार तथा राष्ट्र बैंकले नीतिगत अग्रसरताको सुरुवात गरेका छन्। राष्ट्र बैंकले नीतिगत दर केही घटाएको छ। त्यस्तै पुँजीगत खर्च बढाउन सरकारले नयाँ कार्यनीति लिएको छ।यसै समयमा एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ४।८ प्रतिशत रहने अनुमान गरिएको छ।

त्यस्तै, चालु आर्थिक वर्षमा मूल्य वृद्धि ६।२ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६।५ प्रतिशतभित्र मूल्य वृद्धिदर नियन्त्रण गर्ने लक्ष्य राखेको छ।

साउनमा भने ७।५२ प्रतिशतको मूल्य वृद्धिदर पुगेको छ।

मूल्य वृद्धिदरलाई नियन्त्रण गर्नको लागि विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउने नीति लिएका छन्। जसको प्रभाव नेपालको मूल्य वृद्धिदरका पर्ने अनुमान छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*