सुनको भाउ घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?
४ आश्विन २०८०, बिहीबार ११:०७

काठमाडौं । विहीबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।












