नवौं फर्निचर तथा फर्निसिङ्ग एक्स्पो ‘फर्नेक्स नेपाल २०२३’ असोज १० गतेदेखि सूरु

४ आश्विन २०८०, बिहीबार १६:३५

काठमाडौं । विगतका मेलाहरुको अपार सफलता पछि फर्निचर तथा फर्निसिङ्ग सामाग्रीहरुको प्रवर्द्धन गर्न यस पटक नवौं संस्करणको मेला फर्नेक्स नेपाल २०२३ आगामी असोज १० गते देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी भएको छ ।

उक्त एक्स्पोका शिर्ष प्रायोजक किङ्ग क्वाईल म्याट्रेस, इन एशोसिएसनमा प्रेष्टिज कार्पेट र मुख्य प्रायोजकमा डल्फिन मोडुलर फर्निचर, फेदर लाईट अफिस फर्निचर, आरओके प्रोडक्ट इन्डष्ट्रिज, सराबगी ओभरसिज तथा यति कार्पेट रहेका छन् । त्यस्तै पावर बाईमा फर्निचर हब रहेको छ ।

अफिसियल पार्टनरहरुमा भिबोन वल्ड क्लास अफिस चेयर, लोङ्गसे तथा वेभट्युन अडियो रहेका छन् । सपोटेड बाईमा वेष्ट इन्टेरियर, होटल ग्राण्ड, आईडिया नेपाल, मारुती म्याट्रेस, गमला घर, हलेसी डेकोर, स्लीपवेल म्याट्रेस तथा पेप्स म्याट्रेस रहेका छन् ।

बद्लिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको बारेमा जानकारीका लागि एक्स्पो उचित गन्तव्य हुने संस्थाको विश्वास छ । मागको करिब ७५ प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ्ग उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा रहेको संस्थाले जाकारी दिएको छ ।

सो प्रकारको मेलाले स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने भएको छ । मुख्यतया फर्निचर तथा फर्निसिङ्ग सामाग्री उत्पादक, आयातकर्ता, वितरक, मेसीनरी तथा प्रविधि हस्तान्तरण डिलर र व्यवसायी लाई प्राथमिकतामा राखिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु लाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्ता माझ सहज वातावरण प्रदान हुनेछ ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा फर्निचर तथा फनिसिङ्ग सामाग्रीहरुको बृहत मेला ‘फर्नेक्स नेपाल’ संचालन गर्दै आएको छ । फर्निचर तथा फर्निसिङ्ग क्षेत्रको विकासका साथै मुख्यतया स्वदेसमै उत्पादीत बस्तुहरुको प्रबर्द्धनलाई मध्य नजर गर्दै एउटै छाना मुनि प्रर्दशनीमा ल्याउने उद्धेश्यका साथ सो मेला आयोजना गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*