‘‘भ्रष्टाचार विरुद्धको सुशासन प्रवद्र्धनको चुनौती ’’ विषयक विचार गोष्ठी सम्पन्न

४ आश्विन २०८०, बिहीबार १९:१५

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा ‘‘भ्रष्टाचार विरुद्धको सुशासन प्रवद्र्धनको चुनांैती’’ विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गृह तथा उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले हाम्रो पुर्खाको कारण साम्राज्यवादी, उपनिवेश कहिल्यै पनि हुन नपरेको बताउँदै, विश्वकै, उदाहरणीय, मानवीय, भौगौलिक रुपमा अनुकूल हावापानी भएको हिमाल, पहाड, तराई, सुन्दर प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकहरू नेपाल आएपछि कहिल्यै नभुल्ने बताउनु भयो ।

सकारात्मक राजनीतिक मूल्य मान्यता बोकेको सम्भानै सम्भावना भएको नेपाल हो । कनै देशमा एकदाना पनि अन्न उत्पादन गर्न सक्दैन । हामीकहाँ जुनसुकै भौगौलिक अवस्थितिमा पनि विविधता पाउन सकिन्छ ।श्रेष्ठले, निरङ्कुश राजतन्त्रको विरुद्ध ६ दशक भन्दा बढी संघर्ष गर्नु परेको बताउँदै नेपाली जनताको अपेक्षा अनुसार अगाडि बढ्न ढिलाई भएको बताउनु भयो । नेपाली आमाको छोराछोरी विदेशमा पलायन हुन परेको छ । देशमा भ्रष्टाचारको नेक्सस छ । राजनैतिक नेतृत्वले दलालहरुको जालो तोड्न नसकेको बताउँदै अबको एजेण्डा देशलाई अगाडि बढाउने हो । सुशासन सामाजिक, न्याय, राजनैतिक परिवर्तनमा जनताको पायो ? जनता निराश भयो भने अर्को परिवर्तन खोज्ने सक्छ ।

बुद्धिजीवी, नेता, सबैले आफैबाट आफूलाई रुपान्तरण गर्नु जरुरी छ ।जसले आफ्नो श्रमको लगानी गर्दैन । श्रम नगर्ने र दलालीकरण मार्फत राज्यको स्रोत जम्मा गर्ने, राष्ट्रलाई खोक्रो बनाउने र धनी बन्ने प्रवृति बढेको बताउँदै धनी झन् धनी, गरिव झन् गरिव हुने बताए ।

जहाँ राज्यलाई ठग्ने काम गरेको छ । जुनसुकै पार्टीको होस् । के पार्टीमा गएकाले भ्रष्टाचार गर्ने पाइन्छ ? अनुसन्धानमा तथ्याङ्क प्रमाणले छोड्यो भन्न सकिदैन । देशलाई ठग्ने काम लुट्ने काम भएको छ । पार्टी र मेरो एजेण्डा राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको अनुभूति दिलाउने महाअभियान हो ।

राज्यको अंगमा मेरो पार्र्टको होइन । सिस्टम माथि खतरा हुन्छ त्यो दिशातिर तै चुप मैचुप भनेर हुन्न । संसदीय सिस्टममा केही कमजोरी छन् । कसले के भन्छ यो देशमा नयाँ आशाको सञ्चार गरिन्छ ।माओवादीका केन्द्रीय सचिव दिनानाथ शर्माले भ्रष्टाचार भनेको साना दुस्मन होइन । पृथ्वीनारायण शाहले घुसदिने र लिने राष्ट्रको दुस्मन हुन् भन्ने कुरा वास्तविक भएको बताए ।

संसारको उन्नत लोकतन्त्रमा भ्रष्टाचार हुन्नन् भन्ने कुरा साँचो नभएको बताउँदै अमेरिकाका पूर्व राष्ट्रपती डोनल्ड ट्रममाथि भ्रष्टाचारको अभियोग लगाउन तयारी गरेको कुराले स्पष्ट पारेको बताए ।नेकपा (माओवादी) केन्दीय बुद्धिजीवी फ्याक्सन इन्चार्ज खिमलाल देवकोटाले ‘‘भ्रष्टाचार विरुद्धको सुशासन प्रवद्र्धनको चुनौती ’’’ विषयक विचार गोष्ठी कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा नेपाल समाज नेपाल बुद्धिजीवी परिषद् (समाजवादी), नेपालका अध्यक्ष सिताराम घले परियार, नेपाल बुद्धिजीवी परिषद्को अध्यक्ष डा.दिनेशचन्द्र देवकोटा, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर, नेपाल, नेपाल राष्ट्र बैंकका निर्देशक दिपक लामिछाने, प्रा.डा.संगीता भण्डारी लगायतले आ–आफ्नो तर्फबाट देशमा भईरहेको भ्रष्टाचारलाई रोक्न पर्ने बताए ।

कार्यक्रमको अध्यक्षता नेपाल बुद्धिजीवी संगठनका संयोजक कृष्ण केसीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सह–संयोजक निलकण्ठ तिवारीले गर्नु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*