एआईआईबीको बैठकमा सहभागी हुन अर्थमन्त्री महत इजिप्ट प्रस्थान
५ आश्विन २०८०, शुक्रबार १०:५५

काठमाडौं । एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को बैठकमा सहभागी हुन अर्थमन्त्री डा. प्रकाशशरण महत इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन् ।
महतले एआईआईबीको गभर्नरको हैसियतमा बैठकमा सहभागी हुनेछन् । महतसँगै राजस्वसचिव डा. रामप्रसाद घिमिरे र अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत पनि उक्त बैठकमा सहभागी हुनेछन् ।
बैकठमा दिगो सीमापार विकासका लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने, उदीयमान बजारहरुमा दिगो पूर्वाधारका लागि निजी इक्विटी जुटाउने, हरित र प्रविधि–सक्षम पूर्वाधारमा स्टार्टअपहरुका लाग भेन्चर क्यापिटल सोकेसको विकास गर्ने, जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरुको परिचालन गर्नेजस्ता शिर्षकहरुमा छलफल गरिने जनाइएको छ ।












