चार सय रुपैयाँले घट्यो सुनको मूल्य
९ आश्विन २०८०, मंगलवार ११:२७

काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार सोमबार प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।












