सुनचाँदीको मूल्यमा बृद्धि, कतिमा हुँदैछ कारोबार ?

२१ आश्विन २०८०, आईतवार १०:५२

काठमाडौं । आईतबार सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज सुन प्रतितोला ३०० र चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार ६०० र तेजावी सुन प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*