जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।शुक्रवार काठमाडौंको वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले जलन...


कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् । उनले कोही पनि सरुवा, बढुवा वा अरू कुनै...


नविनतम प्रविधिमा लगानी बढाउन र कार्यक्षेत्र विस्तारमा बीमा कम्पनीहरुले ध्यान दिनुपर्छः अध्यक्ष सिलवाल

काठमाडौं। नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले नविनतम् प्रविधिमा लगानी...


नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदखि वस्तु उत्पादकसम्मलाई अवसर नै अवसर छन् : इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटको दोस्रो दिन ऊर्जा र जलस्रोत...


एनआईसीको ‘मोबैंकिङ’ बाटै काठमाडौँ महानगरको भवन निर्माण शुल्क तिर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि काठमाडौँ महानगरपालिकाको भवन निर्माण इजाजत शुल्क सजिलै भुक्तानी गर्न सकिने नयाँ सेवा उपलब्ध गराएको छ । अब ग्राहकहरूले आफ्नो मोबाइलबाट नै बैंकको मोबैंकिङ्ग सेवा ‘मोबैंक’ प्रयोग गरेर काठमाडौँ महानगरपालिकाको भवन...


नेपाल बैंकको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव थान प्रसाद पंज्ञानी नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा नियुक्त भएका छन्। उनले २०८१ साल भदौ २७ गतेका दिन नेपाल बैंकका सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । पंज्ञानीले...


सुदूरपश्चिममा अविरल वर्षाले तराई डुबानमा, पहाडी जिल्लामा पहिरोको जोखिम

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा हिजोदेखि परेको अविरल वर्षाका कारण अधिकांश क्षेत्रमा जनजीवन कष्टकर बनेको छ। तराईका धेरैजसो क्षेत्र डुबान र पहाडी जिल्लाहरूमा पहिरोका कारण अधिकांश राजमार्गहरू अवरुद्ध भएका हुन् । जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय बासिन्दालाई सुरक्षित रहन आग्रह गरेका...


हिमालयन बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजमा हरेक शनिबार छुटको अफर

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि दराजसँगको सहकार्यमा विशेष छुट अफर ल्याएको छ। अब हिमालयन बैंकका भिसा र मास्टरकार्ड (डेबिट र क्रेडिट कार्ड) प्रयोगकर्ताहरूले दराजबाट सामान खरिद गर्दा हरेक शनिबार विशेष छुट पाउनेछन्। बैंकको क्रेडिट कार्डधारकहरूले दराजमा...


हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस वितरण गरेको हो । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका बोनस र बोनस शेयरको...


ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित  ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले प्रतिफल घोषणा गरेको छ । संस्थाले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट करसहित ५ प्रतिशतका दरले हुन आउँने पाँच करोड १२ लाख रुपैयाँ...


लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौँ। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपालको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको लगानी बोर्डको अध्यक्ष पदमा प्रधानमन्त्री...


शुक्रबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको हो । शुक्रबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...


उपसभामुख पनि सहभागी हुने भएपछि शुक्रबारको बैठक रोचक हुने, के भागबण्डा मिलेको हो ?

काठमाडौं । पदीय आचरण विपरीतको कार्य गरेको भन्दै सत्ता गठबन्धनले जिम्मेवारी मुक्त गर्न खोजेकी उपसभामुख इन्दिरा रानामगर स्वयं संवैधानिक परिषद बैठकमा सहभागि हुने भएपछि शुक्रबारको बैठक रोचक हुने भएको छ । बुधबार बस्न नसकेर स्थगित भएको संवैधानिक परिषदको बैठक...


२५% लाभाशं प्रस्ताव सहित इम्पेरियल सेक्युरिटिजले बोलायो साधारणसभा

काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ४५) ले असोज १८ गते १७औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिका बैठकले काठमाडौंको अनामनगरस्थित कम्पनीको आफ्नै मुख्य कार्यालयमा दिउँसो ३ बजे सभा बोलाएको...


मोदीका विशेषदूत भेटेपछि मेटमणिले भने, ‘लिपुलेक-कालापानी भारतकै हो, पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपालको प्रशासनिक (चुच्चे)नक्सामा समेटिएको लिपुलेक र कालापानी भारत कै होनी भनी अन्तर्वार्ता दिएपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी विवादमा परेका छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले बोलेको विषयलाई लिएर सामाजिक सञ्जालसहित चौतर्फी आलोचना...


प्रतिकित्ता २०३ रुपैयाँमा प्रभु महालक्ष्मी लाइफको करीब २२ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २१ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् ।...


नेपाल आयल निगममा ३५ जना कर्मचारी माग (सूचना सहित)

काठमाडौं । नेपाल आयल निगमले दरखास्त आवेदन खुलाएको छ । निगमले विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी ३५ जनाबाट दरखास्त आह्वान गरेको हो । निगमले प्राविधिक र अप्राविधिक सेवाका प्रशासन, इन्जिनियरिङ, लेखा, ल्याब, विविध समूहमा कर्मचारी माग...


संविधान दिवसबाट निःशुल्क धरहरा चढ्न पाइने

काठमाडौं । सरकारले संविधान दिवसका दिन असोज ३ गते सर्वसाधारणका लागि धरहराको निःशुल्क अवलोकन खुल्ला गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनको कार्यविधि नबन्दासम्म संविधान दिवसबाट सर्वसाधारणलाई धरहराको निःशुल्क अवलोकन गर्न दिने निर्णय गरेको हो ।...


कति छ आज कालीमाटीमा तरकारीको भाउ?

काठमाडौं । कालीमाटी तरकारी बजारमा आज (भदौ २७) सानो लोकल गोलभेडा २०, लोकल बन्दा ५०, स्थानीय काउली ९० र इस्कुस २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिआ अनुसार यस दिन तने...


लाभांश प्रस्तावसहित नबिल स्टक डिलरले बोलायो साधारण सभा

काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको दरबारमार्गस्थित आफ्नै रजिष्टर्ड कार्यालयको सभा कक्षमा सभा बस्ने निर्णय गरेको हो । सभाले गत वर्षको...