सूचीकृत १८ लघुवित्तको लाभांश घोषणा, कुनले कति दिदैछन् ? (विवरणसहित)
काठमाडौँ । लाभांश सिजन चलिरहेको छ । विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । पछिल्लो समय लघुवित्त संस्थाहरुको लाभांश वितरणमा राष्ट्र बैंकले गरेको कडाई कारणका लाभांश क्षमता भएका लघुवित्तले समते १५...
एलआइसी नेपालकी प्रभा ज्ञवाली २०२५ को टीओटी बन्न सफल
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडकी प्रभा ज्ञवाली सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् । पटक–पटक एमडीआरटी–सीओटीसम्मको यात्रा पार गर्न सफल भएकी ज्ञवाली लगातार तेस्रो पटकको लागी टीओटी बन्न सफल भएकी हुन् । कम्पनीको नवलपरासी...
युनियन मेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३५ करोड ३८ लाख ६० हजार ५०० रुपैयाँ बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री...
मकर जितुमाया सुरी हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले १६ औं वार्षिक साधारणसभा पुस २१ गते बोलाएको छ। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित सूर्य इभेन्टमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि लाभांश...
भ्रष्टाचार मुद्दामा न्यायालयसम्मै सेटिङ्, वाइडवडीमा ‘मन्त्री’लाई उम्काएर कर्मचारीलाई कैद सजाय
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा नेतृत्व र विचौलियाका तहबाट मच्चाइएको एक अर्ब ४७ करोड घोटाला काण्डमा विशेष अदालतले ठूला माछा उम्काएर काम गर्ने कर्मचारीलाई कैद सजाय गरेको छ । वाइडवडी प्रकरणमा माफियाहरु न्यायालयसम्मै सेटिङ् गरेर कर्मचारी...
नाजुक कम्पनीको पुँजी बजारमा रजगज, माफिया खेल्दा आँखा चिम्लिएर लगानी गर्दै लगानीकर्ता
काठमाडौँ । नेपालको पुँजी बजारमा पछिल्ला दिनमा डुब्नै लागेको अवस्था भएका कम्पनीहरूको शेयर मूल्यमा निरन्तर उछाल देखिनु नौटङ्कीको खेलजस्तै भएको छ । कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूले दिनानुदिन सकारात्मक सर्किटमार्फत मूल्य उचालिरहेका छन्, जसले बजारमा नयाँ लगानीकर्ताको आकर्षण तानिरहेको...
कीर्तिपुरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । कुमारी बैंक लिमिटेडले यूएसएआईडीसँगैको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ अभियानअन्तर्गत कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। महिला सशक्तिकरण केन्द्र, कीर्तिपुरसँगको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो। वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा...
भुटानी राजा वाङ्चुक एकाएक काठमाडौंमा, पूर्व राजालाई भेट्दा प्रधानमन्त्री र राष्ट्रपतिलाई टेरेनन्
काठमाडौं। भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार एकाएक काठमाडौंमा देखिएका छन् । शुक्रबार बिहान भारतबाट काठमाडौं आएका नाम्ग्यालले स्वयंभूनाथ अवलोकन गर्न भ्यााएका छन् । निजी भ्रमणको सिलसिलामा नेपाल आएका उनले स्वयम्भूनाथको अवलोकनपछि बौद्धनाथको अवलोकन गर्ने बताइएको छ ।...
मिथिला लघुवित्तको लाभांश प्रस्ताव
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४.२८६ प्रतिशत बोनस...
अब कस्तो होला मोहन वैद्यको पार्टी ?
काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा दुई अंकको केन्द्रीय समिति बनाउन सुझाव आएको छ । मंसिर १४ गतेदेखि कीर्तिपुरमा चलेको समूहगत छलफलका क्रममा धेरैले ९९ सदस्यीय केन्द्रीय समिति बनाउन सुझाव दिएको बताइएको छ । केहीले १३१ सदस्यीय...
सानिमा मिडल तमोर हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले नवौं वार्षिक साधारणसभा पुस २३ गते बोलाएको छ। मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा बोलाएको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। उपयुक्त अन्य...
माछापुच्छ्रे बैंकको सञ्चालकमा अनिल साह र मुकुन्द महत नियुक्त
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले २ जना सञ्चालक नियुक्त गरेको छ । बैंकले सञ्चालमा अनिल साह र मुकुन्द महतलाई नियुक्त गरेको हो । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको ५१४ औं वैठकको निर्णयले साह र महतलाई सञ्चालक पदमा...
कोरियाको ई-७ भिसा हावादारी सावित भएपछि जर्मनीतिर जोडबल, २०२५ मा ५ हजार श्रमिक पठाउने योजना
काठमाडौं । दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० (पहिलो संशोधन २०८१) अलपत्र परेसँगै अब श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीको ध्यान जर्मनीतिर मोडिएको छ । कोरियामा व्यवसायी टू व्यवसायी सीपयुक्त दक्ष कामदार पठाउन भन्दै भण्डारीले नै...
लक्ष्मी लघुवित्तले लाभांश नदिने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरू वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र...
नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौँ । नेप्सेले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एनआरएनको शेयरमूल्य १ हजार...
अध्यक्ष श्रेष्ठको कडा चेतावनी, ‘लगानीकर्तामैत्री नहुनेहरूलाई माफी छैन’
काठमाडौँ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शेयर बजारलाई लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्टक ब्रोकर एसोसिएसनको वार्षिक साधारणसभामा बोल्दै उनले म्यानुपुलेशन, कर्नरिंग, इनसाइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङजस्ता गलत क्रियाकलापलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।...
सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन...
विजय लघुवित्तले एफपीओ निष्कासनको माग राख्दै बोर्डमा दियो निवेदन
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति राख्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ...
सोल्टी होटलमा डिसेम्बर ७ मा एवन बजार हुने, अमेरिकी राजदूतले उद्घाटन गर्ने
काठमाडौं । आउँदो शनिबार डिसेम्बर ७ मा काठमाडौंको सोल्टी होटलमा एक्टिभ उमन अफ नेपाल (एवन) द्वारा आयोजित वार्षिक एवन बजार आयोजना हुने भएको छ। विगत चार दशकदेखि सञ्चालन हुँदै आएको यो बजारको २०२४ संस्करण अमेरिकी राजदूत डिन आर थम्पसनले...
व्यास नगरपालिकामा क्रेष्ट माइक्रो लाइफको लघु जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । तनहुँको व्यास नगरपालिकामा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको दमौली शाखाले एक सातासम्म विभिन्न शिक्षण संस्थाहरूमा लघु जीवन बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। शाखा प्रबन्धक सुनिता थापाको नेतृत्वमा सम्पन्न कार्यक्रमले बीमाको महत्व र यसको आर्थिक सुरक्षामा हुने भूमिका...




















