सीडीएससी र ब्रोकरहरू तयार नहुँदा आज शेयर बजार नखुल्ने
काठमाडौं । आज सोमबार शेयर कारोबार नहुने भएको छ। आज दिइएको सार्वजनिक बिदा खारेज भए तापनि कारोबारका लागि सबै निकायहरू तयार नहुँदा शेयर बजार नखुल्ने भएको हो। शेयर कारोबारका लागि धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र ब्रोकरहरू सबै तयार हुनुपर्ने...
यात्रा गर्नुअघि हेरौं राजमार्गको अवस्था (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म अधिकांश राजमार्ग वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध रहेका छन्। पूर्वको मेची राजमार्गदेखि मध्यपहाडी, बीपी राजमार्ग पूर्ण रूपमा बन्द छन् भने मदन भण्डारी राजमार्ग एकतर्फी खुला गरिएको छ। कोशी, सिद्धिचरण, मेची, मध्यपहाडी, पासाङ...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा १७ रुपैयाँ, लोकल बन्दा ९० रुपैयाँ, स्थानीय काउली, तने बोडी र घिउ सिमी ८० रुपैयाँ, तीते करेला...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९३.६१ रुपैयाँ र बिक्रीदर ९४ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीददर...
आज कोजाग्रत पूर्णिमा, दशैं समापन हुँदै
काठमाडौं । आज हिन्दू समुदायले कोजाग्रत पूर्णिमा मनाउँदै छन्। यो दिनलाई देवी लक्ष्मीको पूजा आराधनासँग जोडिएको विशेष अवसरका रूपमा लिइन्छ। यसैसँगै दशैं पर्व पनि आज औपचारिक रूपमा समापन हुँदैछ। घटस्थापनादेखि शुरू हुने दशैं कोजाग्रत पूर्णिमासम्म चल्ने गर्छ। परिवार र...
आज पनि शेयर बजार नखुल्ने
काठमाडौं । असोज १३ गतेदेखि बन्द रहेको शेयर बजार भोलिबाट मात्रै खुल्ने भएको छ। असोज १३ गतेबाट फूलपाती शुरू भएसँगै बन्द रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) भोलि असोज २१ गते मंगलबारबाट खुल्ने भएको हो। शेयर बजार असोज १९ गतेदेखि...
बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक आजदेखि खुल्ने
काठमाडौं । सरकारले बाढीका कारण दशैं बिदापछि पनि थप दुई दिन बिदा दिने निर्णय गरेकोमा बाढी हटेकोले आजबाट राजधानी काठमाडौं उपत्यकाका सहित पश्चिम क्षेत्रको बिदा खारेज गर्दै नियमित कार्य सुचारु गर्न निर्देशन दिइएको छ । सोही निर्णयको आधारमा नेपाल...
काठमाडौं र ललितपुरको बिदा खारेज, कार्यालयहरू नियमित रूपमा खुल्ने
काठमाडौं । काठमाडौं र ललितपुरले आज सोमबारका लागि दिएको सार्वजनिक बिदा खारेज गरेको छ। यसअघि अविरल वर्षा र बाढीका कारण १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिएकोमा सोमबारको बिदा भने खारेज गरेको हो। बिदा खारेज भएसँगै...
प्रतिकित्ता २०३ रुपैयाँमै प्रभु महालक्ष्मी लाइफको १ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४२ हजार ३०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २०३ रुपैयाँ निर्धारण गरेको छ।...
रावा इनर्जिले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजे छैठौं साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी...
जोखिम नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो । सोसँगै जोखिम नरहेका जिल्लामा बैंक र...
पूर्व–निधारित सम्पूर्ण बीमा अभिकर्ताका अनलाईन परीक्षाहरु स्थगित
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट असोज १९ र २० गतेको लागि पूर्व–निधारित सम्पूर्ण बीमा अभिकर्ताका अनलाईन परीक्षाहरु स्थगित गरेको छ । हालको यस बिषम परिस्थितीलाई मध्यनजर गर्दै प्राधिकरणले पूर्व–निधारित सम्पूर्ण बीमा अभिकर्ताका अनलाईन परीक्षाहरु स्थगित गरेको हो ।
अविरल वर्षाले १३ वटा हाइड्रोपावर प्रभावित, १०५.४ मेगावाट विद्युत् उत्पादन बन्द
काठमाडौं। शुक्रबारदेखि आएको अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । ती आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो । ऊर्जा मन्त्रालयका अनुसार ४ दशमलव ५ मेगावाटको माइखोला...
टिकटक बनाउन खोलामा हाम फालेका २१ वर्षीय युवक बेपत्ता
काठमाडौं । साथीसँग टिकटक बनाउन खोलामा हामफालेका बारा प्रसौनी गाउँपालिका– २ का २१ वर्षीय बिक्की गिरी बेपत्ता भएका छन् । प्रहरीका अनुसार आज बिहान गिरी साथीहरूसँग टिकटक बनाउन कलैया–वीरगञ्ज सडक खण्डअन्तर्गत प्रसौनीस्थित दुधौरा खोलाको पुलमा पुगेका थिए । टिकटक...
भुटानी शरणार्थी प्रकरणः फरार प्रतिवादी सन्देश शर्मा काठमाडौंबाटै पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाङको तुलसीपुर–१६ स्थायी घर...
आज र भोलि हुने भनिएको अभिकर्ता परीक्षा स्थगित
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज र भोलि अर्थात आइतबार र सोमबारको लागि निर्धारित गरेको अभिकर्ता परीक्षा स्थगित गरेको छ । अविरण वर्षाका कारण मानविय क्षति समेत हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले उक्त परीक्षा स्थगित गरेको हो ।...
सप्तकोशीमा पानीको बहाव बढेपछि रेड अलर्ट जारी
काठमाडौं । सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेजमा अहिले पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक रहेको जनाइएको छ । पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खुलेको...
मनसुनजन्य विपद्मा परी दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता
काठमाडौं । असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका...
इलाम पहिरोका घाइतेलाई नेपाल सेनाको हेलिकप्टरबाट उद्धार
काठमाडौं। इलाममा पहिरोबाट घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । इलाममा बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।...
मनसुनजन्य विपद्मा परी मृत्यु हुनेको संख्या २२ पुग्यो
काठमाडौं। शुक्रवार रातिदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ । शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो । मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र...



















