६ दिनको राताम्यमा ब्रेकः छैन लगानीकर्तामा उत्साह, सकारात्मक माहोलमा अनिश्चित मार्केट किन ?

काठमाडौँ । पछिल्ला केही दिन यता राताम्य भएको शेयर बजारमा आज झिनो सुधार देखिएको छ । ६ दिन ओरालो लागेको बजार आज भने सामान्य अकंले बढ्न पुगेको छ । बजार पछिल्लो समय सुस्त देखिदै आइरहेको छ । बजार अन्तिम एक...


ङादी र लक्ष्मी सनराइज बैंकमा लगानीकर्ताको ओइरो, अन्य कुन कम्पनीको भयो बढी कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये ङादी ग्रुप पावरको सर्वाधिक ३१ करोड ९२ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। त्यसैगरी लक्ष्मी सनराइज बैंकको...


नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यलयमा भएको नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डिन...


धेरै रुग्ण ठेक्का तोडिदिए बैंकिङ प्रणालीमै जोखिम बढ्छ: कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले ठूलो संख्यामा रुग्ण ठेक्का तोडिदा बैंकिङ क्षेत्र प्रभावित हुने बताए । नेपाल पुर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’...


रुग्ण ठेक्काको दबाबमा विकास रोकियो, अब परिणाम नदिने ठेक्का तुरुन्तै तोडिन्छ: मन्त्री घिसिङ

काठमाडौँ ।  भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्नुपर्ने परिस्थिति आफ्नो व्यक्तिगत इच्छा नभई बाध्यता भएको स्पष्ट गरेका छन्। मंगलवार पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले सरकारले अब नबन्ने र परिणाम नदिने ठेक्का...


सन नेपाल लाइफको हरित योगदान, ईलाममा एक हजार वृक्षारोपण

काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगोपनलाई प्राथमिकतामा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिंदै ईलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। यस अभियान अन्तर्गत आज ५ सय आरूका र...


देशभरका भन्सार कर्मचारीले गरे पेन डाउन, कार्यालय सेवा ठप्प

काठमाडौं । नयाँ भन्सार ऐनका प्रावधानविरुद्ध भन्सार एजेन्ट महासंघ नेपालले गरेको आह्वानपछि मंगलबार देशभरका भन्सार कार्यालयमा पेन डाउन आन्दोलन शुरू गरेका छन्। कर्मचारीहरूले कलम बिसाएर विरोधमा उत्रिएसँगै जाँचपासदेखि भन्सार सम्बन्धी सबै काम अवरुद्ध भएका हुन्। मंसिर २१ गतेदेखि लागू...


इन्धन गाडी विस्थापनसँगै सयौँ मेकानिक बेरोजगार, ईभी सीप तालिममा सरकार उदासीनः जिफन्ट अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले विद्युतीय सवारीसाधन (इभि) को तीव्र विस्तारले परम्परागत इन्धनयुक्त गाडीमा निर्भर मेकानिक र मजदुरहरूलाई ठूलो संख्यामा बेरोजगार बनाउँदै लगेको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आयोजना गरेको...


स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ बाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहारस्थित सितामढी ग्राम पंचायत सोनवर्सा–२ बस्ने २९ वर्षीय धर्मेन्द्र महतो रहेका छन्। उनलाई भारतबाट नेपालतर्फ...


एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौँ । एसवाई प्यानल नेपालको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको एक करोड ३० लाख ८१ हजार३७१ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ५२ लाख ३२ हजार ५४५...


बढ्दो कर छलीको ग्राफमा राजस्व विभाग सक्रियः व्यवसायी प्रतिष्ठानमा अनुगमनदेखि नियमनमा कडाई

काठमाडौँ । जेन जी आन्दोलनपछि देश अहिले केहि आर्थिक सङ्कटको दबाबमा छ । सरकारको आम्दानी घट्दै गएको, खर्च बढ्दै गएको, उत्पादन र रोजगारी कमजोर बन्दै गएको यस्तो जटिल अवस्थामा करछलीको ग्राफ अचानक माथि उक्लिन थालेपछि राज्यको राजस्व प्रशासन सक्रिय...


नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले ललितपुरको थसिखेलमा अवस्थित पाटन हेल्थ ल्याब प्रा.लि मा छुट पाउने भएका छन्। नेपालकै पहिलो बैंक नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच मंसिर २२ गते भएको एक सम्झौता अनुसार उक्त ल्याबमा उपचार...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कामु सीईओमा अनिल जोशी

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले अनिल जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत को जिम्मेवारी दिएको छ ।मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई उक्त जिम्मेवारी दिएको हो । पूर्व प्रमुख कार्यकारी अधिकृत लिलामणि न्यौपानेको दोस्रो...


मंगलबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...


बन्द भएको तारागाउँ रिजेन्सी होटल्सले ५ प्रतिशत लाभांश दिने

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोडमा परेर बन्द भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद...


भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आउँदो पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख कित्ता...


राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले काठमाडौंमा प्रदर्शन गर्दैछ। प्रदर्शन काठमाडौंको शान्तिबाटिकामा बिहान ११ बजेदेखि आयोजना गरिने तयारी थालिएको छ। राप्रपाले राजसंस्था पुनःस्थापना, हिन्दू राज्य, संघीयता खारेज लगायतका माग गर्दै प्रदर्शन...


पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि अनुमति माग्दै मंसिर १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। पाँचथर पावर कम्पनी एक जलविद्युत (हाइड्रोपावर) कम्पनी हो। हाल यस कम्पनीको चुक्ता...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ५५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल घिउ सिमी १६० रुपैयाँ, तीते करेला १४० रुपैयाँ, घिरौला १२०...


डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीदमूल्य १४३.८२ रुपैयाँ र बिक्रीमूल्य १४४.४२ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०४.०३ रुपैयाँ र बिक्रीदर १०४.४६ रुपैयाँ तोकिएको छ...