एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार उच्च अंकले शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २७.६४ अंकले घटेर २७९५.२४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज...


प्राइम बैंकभित्र बैंकिङ कसूरको अपराध, कमल ज्ञवाली पक्राउ पर्दा अमृतचरणलाई उन्मुक्ति किन ?

काठमाडौं । प्राइम बैंकभित्र बैंकिङ कसूरको गम्भीर घटना बाहिर आएको छ । पोखराको पन्थी डेरीको नाममा २०७५ साल भदौ १२ गते सात करोड रुपैयाँ ऋण स्वीकृत गरी शाखा प्रमुख नरेन्द्र थापा र तत्कालीन सिईओ अमृतचरण श्रेष्ठले मिलेमतोमा खाएको रकम...


अखाद्य वस्तु भेटिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द

काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको हो...


सामाजिक अभियान्ता निकोलस भूसाल पक्राउ

काठमाडौं । प्रहरीको निगरानीमा रहेका डा. निकोलस भूसाल पक्राउ परेका छन् । उनले समाजलाई भड्काउने तथा विवादस्पद अभिव्यक्ति दिदै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट...


सारडा र राठी ग्रुपको प्रिमियर स्टीलको बजारमा दबदबा, वर्षदिनको व्यापार ४ अर्ब ४१ करोड

काठमाडौँ । सारडा र राठी ग्रुपको प्रिमियर स्टीलले वर्षदिनमा झण्डै साढे ४ अर्बको व्यापार गरेको छ । इन्फोमेरिक्स नेपालको प्रतिवेदन अनुसार कम्पनीले सन् २०२५ मा ४ अर्ब ४१ करोड १२ लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२४...


एउटै मोटरसाइकल तीन जना सवारः दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौं । अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका...


रौतहटको माधवनारायण नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । रौतहट जिल्लाको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव र प्रमुख प्रशासकीय नागेन्द्र राय यादवले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सोही नगरपालिकाका स्थानीय आशुतोश कुमार यादवले दिएको उजुरीमा मेयरले आफू अनुकूल प्रमुख प्रशासकीय...


तत्कालीन किष्ट बैंकका सीईओ कमल ज्ञवाली रिहा, सर्वोच्चले दियो परमादेश

काठमाडौं । तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमलप्रसाद ज्ञवालीलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । सोमबार पत्नी गौरी खनालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि फैसला गर्दै न्यायाधीश हरिप्रसाद फुँयाल र अब्दुल अजिज मुसलमानको संयुक्त...


स्रोत नखुलेको २३ लाख रुपैयाँ सहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको २३ लाख रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र १८ वर्षीय धिरत प्रसाईं रहेका छन्। उनीहरूलाई प्रहरीले घाईघाट–कदमाहा सडकखण्डमा नियन्त्रणमा लिएको हो। आइतबार...


सन नेपाल लाइफले प्राप्त गर्‍यो आईएसओ–आईईसीको प्रमाणपत्र, उत्कृष्ट सूचना प्रणालीले बन्यो अब्बल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो...


शतप्रतिशत हकप्रद शेयर जारी गर्ने विन्ध्यवासिनी हाइड्रोपावरको निर्णय

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कात्तिक १७ गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो उद्देश्य बमोजिम कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको...


सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


वर्षाले क्षति गरेपछि मधेशमा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान

काठमाडौं । गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा...


४ वर्षे विकास ऋणपत्र : सरकारले उठाउने तयारीमा १० अर्ब आन्तरिक ऋण

काठमाडौं । सरकारले आन्तरिक ऋण व्यवस्थापनको उद्देश्यसहित १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी थालेको छ। यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र–२०८६’ जारी गर्ने भएको हो। कार्यालयका अनुसार ४ वर्ष अवधि रहने सो ऋणपत्र कात्तिक १९ गते बोलकबोल...


एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त भएकी छन्। कम्पनीको स्वतन्त्र सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेका प्रविन कुमार मोलरीको पदावधि समाप्त भई रिक्त रहेको पदमा शुभाङ्गी सोमनलाई नियुक्त गरिएको हो। उनलाई कात्तिक...


रुपन्देहीका ४ उद्योगले तिरे बक्यौताको पहिलो किस्ता, विद्युत पुनः जडान

काठमाडौं । लामो समयदेखि प्रिमियम महसुल तिर्न बाँकी रहेका रुपन्देहीका चार उद्योगले अन्ततः बक्यौताको पहिलो किस्ता बुझाएपछि विद्युत् आपूर्ति पुनः जडान भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र...


हरियो लसुनको भाउ १०० रुपैयाँले सस्तियो, अरु तरकारीको कति?

काठमाडौं । कालीटमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिनको तुलनामा हरियो लसुनको भाउ किलोमै झण्डै ३१ प्रतिशत (१०० रुपैयाँ) ले सस्तिएर २२६ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको...


आत्मनिर्भर लघुवित्त नाफामा, ब्याज आम्दानी बढ्यो

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनी अघिल्लो आवको असोज मसान्तसम्म ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेकोमा यस वर्ष भने नोक्सानी घटाउँदै...


सिटिजन लाइफको सल्लिबजार शाखाद्वारा १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्लिबजार शाखाले वैदेशिक रोजगार बीमा योजना अन्तर्गत मृत्यु दाबी रकम भुक्तानी गरेको छ। उक्त योजनाअन्तर्गत सिम्ता गाउँपालिका–५ निवासी स्वर्गीय गोबिन्द बिककी श्रीमती सुशीला बिकलाई बीमांक रकम १० लाख, दाहसंस्कार खर्चका लागि १...


ग्रीनलाइफ हाइड्रोपावरको साधारणसभा आज, हकप्रद प्रस्ताव पारित गरिने

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको १३औं, १४औं र १५औं वार्षिक साधारणसभा आज कात्तिक १८ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुनेछ। उक्त सभाले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा...