भारतमा १ जनवरीदेखि हुन्डाई कारको मूल्य वृद्धि, नेपालमा के असर पर्ला ?

काठमाडौँ। साउथ कोरियाली कार निर्माता कम्पनी हुन्डाई मोटर इंडिया लिमिटेडले आगामी १ जनवरी २०२५ देखि आफ्ना कारहरूको मूल्यमा वृद्धि गर्ने निर्णय गरेको छ। कम्पनीले लगभग २५,००० भारतीय रुपैयाँसम्म मूल्य वृद्धि गर्ने घोषणा गरेको छ। यस मूल्य वृद्धिको प्रमुख कारण...


निष्क्रिय खाता सक्रिय कसरी गर्ने ?

काठमाडौँ । बैंक र वित्तीय संस्थाहरूले ग्राहकहरूको खातामा लामो समयदेखि कारोबार नगरेको खाता निष्क्रिय बनाउनुपर्ने व्यवस्था गरेका छन्। यसको अन्तर्गत, बचत खाताहरू ३ वर्षको समयावधिर चालू तथा कल खाताहरू १ वर्षको अवधिपछि निष्क्रिय हुन सक्छन्। निष्क्रिय खाता सक्रिय गर्नका...


फरवार्ड माइक्रोफाइनान्सको कहिले बस्दैछ साधारणसभा?

काठमाडौं । शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा मंसिर २८ गते बस्दैछ। सभा सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम...


अदालतको आदेशले सबै करदातालाई म्याद थपको सुविधा

काठमाडौँ । उच्च अदालत पाटनले सबै करदातालाई म्याद थपको सुविधा प्रदान गर्ने आदेश जारी गरेको छ। न्यायाधीश हेमन्त रावलको एकल इजलासले आन्तरिक राजस्व विभागको म्याद सम्बन्धी निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिइएको हो। गत असोज ७ मा आन्तरिक राजस्व विभागले...


अफरोडको हिरो भनिएको ‘जेको जे-६’ को गुणस्तरमा समस्या हो ?

काठमाडौं । अफरोड सवारी साधनको क्षेत्रमा अग्रणी बन्ने दाबीका साथ नेपाली अटो बजारमा भित्रिएको ‘जेको जे–६’ लाई लिएर चौतर्फी प्रश्न उठ्न थालेका छन्। चाइनिज ब्रान्ड चेरीको यो मोडलले नाडा अटो सो २०८१ भदौमा लन्च भएदेखि नै ग्राहकहरूको आकर्षण तान्न...


बीमा प्राधिकरणमा भ्रष्टाचारीको युग समाप्त, नयाँ ढृढताको खाँचो

।। सम्पादकीय ।। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्वनमा परेसँगै प्राधिकरणमा विगत पौने चार वर्षदेखि जारी भ्रष्टाचारको एउटा श्रृंखलाको अन्त्य भएको छ । बीमापोष्टले उत्खनन् गरेको जन्म मिति सम्बन्धी कागजातको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो...


लैनचौरस्थित नेपाल स्काउटको २८ रोपनी जग्गामा उर्जामन्त्री खड्काको गिद्देदृष्टी

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का संस्थापक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित नेपाल स्काउटको जग्गा सम्झौता भन्दाबढी समय भोगचलन गरेर भाडा नतिरेको विषय फेरि चर्चामा आएको छ । सुरुमा ७ करोड बक्यौता रहेको भनिएकामा उर्जामन्त्री खड्काले विभिन्न तिकडम (अदालत...


एनएमबि बैंकको बैंकिङ्ग सेवा २४ घण्टा अवरुद्ध हुने

काठमाडौँ। डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले एनएमबि बैंकले आगामी मंसिर २८ गते शुक्रबार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिबार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने जनाएको छ। बैंकका अनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ,...


एक महिनामा साढे ३७ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफाः नबिल र ग्लोबलको प्रतिस्पर्धा, कुनको ग्रोथ कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ मुनाफा...


आइसीएफसी फाइनान्सको लाभांश घोषणा

काठमाडौैँ । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकको निर्णयले उक्त लाभांश घोषणा गरेको हो ।...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।...


तनहुँ जलविद्युत आयोजनामा ६३ प्रतिशत प्रगतिः तोकिएकै समयभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी...


भारतीय रिजर्ब बैंकको गभर्नरमा संजय मल्होत्रा नियुक्त

काठमाडौं । भारतीय रिजर्व बैंक (आरबीआई) को गभर्नरमा संजय मल्होत्रा नियुक्त भएका छन् । यसअघि राजस्व सचिव रहेका मल्होत्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गभर्नरमा नियुक्त गरेका हुन् । सञ्जय मल्होत्रा आरबीआईको २६ औं गभर्नरमा नियुक्त भएका हुन्। उनी वर्तमान...


चालक निदाएपछि ‘गढीमाई’का दर्शनार्थी बोकेको स्करर्पियो दुर्घटना, मृतक सबैको पहिचान

कामठाडौ । रौतहटको चन्द्रपुरस्थित धन्सार–लमाहा खण्डमा स्कर्पियो दुर्घटनामा मुत्यु हुने ८ जनाको परिचय खुलेको छ । दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा...


स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख राणा नियुक्त, को हुन् उनी ?

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओं)मा गोरखशमशेर राणा नियुक्त भएका छन् । हालका सीईओ अनिर्वाण घोष दस्तीदारको पदावधि सकिएसँगै राणाले नयाँ सीईओको जिम्मेवारी पाएका हुन् । बैंक स्रोतका अनुसार राणाले जनवरी २०२५ बाट सीईओका रूपमा जिम्मेवारी...


सानिमा माई हाइड्रोपावरको लाभांश प्रस्ताव

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको...


रौतहटमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । रौतहटमा स्कार्पियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिकैको जङ्गलमा बा १६ च ३१६२ नम्बरको स्कार्पियो गाडीदुर्घटना भएको हो। दुर्घटनामा परि कम्तिमा चार जना घाइते भएका छन्। मृतकको...


सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्याेद वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकलाई ३५ दिनभित्र...


मुक्तिनाथ म्युचुअल फन्ड–१ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ क्यापिटलद्वारा सञ्चालित पहिलो म्युचुअल फन्ड योजना ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ को इकाई खरिदका लागि आवेदन दिने आज (मंसिर २५) अन्तिम दिन हो। यो योजनाको इकाई गत मंसिर २० गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। मागभन्दा बढी...


समता घरेलु लघुवित्तको शेयर संरचना परिवर्तन गरिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर संरचनामा परिवर्तन गर्न लागेको छ। परिवर्तनपछि संस्थापक समूहको स्वामित्व ६३.८७ प्रतिशत रहनेछ भने सर्वसाधारण समूहको स्वामित्व ३६.१३ प्रतिशत कायम हुनेछ। यसअघि संस्थापक समूहको स्वामित्व ६९.४८ प्रतिशत र सर्वसाधारण समूहको...