सेनाले चलायो गोली, एक जनाको मृत्यु
काठमाडौं । जिल्ला कारागार धादिङमा कैदीबन्दीहरूले आगजनी गर्दै कारागार तोडेर भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान भएको घटनामा अन्दाजी ७५ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ। अस्पतालका अनुसार...
जेन-जी समूह: अन्तरिम नेतृत्वका लागि सुशीला कार्की सर्वमान्य
काठमाडौँ । करिब चार घण्टादेखि जारी जेन–जी समूहको भर्चुअल (जुम) बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्वीकार्ने निष्कर्ष निकाल्ने तयारी गरेको छ। बैठकमा सहभागी जेन–जी पुस्ताका अभियन्ताहरूले प्रधानसेनापतिसँग हुने वार्तामा कुनै राजनीतिक गन्ध आउन नहुने भन्दै राजनीतिक दलसँग...
प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपासँग छलफल गर्ने भनेपछि भाडियो जेन जी बैठक
काठमाडौं । जेन जी आन्दोलनकी अभियन्ता रक्षा बमले नेपाली सेनाले आफूलाई राष्ट्रपतिसँग भेट्न बोलाए पनि दुर्गा प्रसाई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समूहसँग वार्तामा बस्न बाध्य बनाउन खोजेको आरोप लगाएकी छन्। बमले सामाजिक सञ्जालमा लेख्दै आफूहरुलाई बोलाइएको वार्तामा प्रसाई...
जेन-जी आन्दोलनपछिको अस्थिरता: मानव अधिकार आयोगको संयम र संवादको आह्वान
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते काठमाडौंसहित देशका विभिन्न भागमा भएको जेनजी समुदायको प्रदर्शन र त्यसपश्चात उत्पन्न अवस्थाको अनुगमनलाई निरन्तरता दिएको जनाएको छ। आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा मृतकका परिवार, घाइतेहरू तथा निषेधाज्ञाको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। बुधबार विमानस्थल सुरक्षा समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै विमानस्थल सञ्चालनमा ल्याइएको हो। यसअघि विभिन्न कारणले विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको थियो। सुरक्षा समितिका अनुसार परिस्थिती सामान्य बन्दै गएपछि विमानस्थल सुचारु...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्म विमानस्थल सञ्चालनमा नहुने जनाएको छ। सूचनामा उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यू आदेश र उपत्यकाभित्रको विषम परिस्थितिले विमानस्थल वरिपरि उडान...
सर्वोच्च अदालतमा जल्न बाँकी रहेका कागजातहरु यसरी गरियो सुरक्षित स्थानान्तरण (तस्विरहरु)
काठमाडौं । मंगलबारको जेनजी आन्दोलनले लगाएको आगलागीबाट बचेका सर्वोच्च अदालतका कागजातहरु सुरक्षित स्थानमा सारिएको छ । बुधबार बिहानैदेखि सर्वोच्च अदालतका कर्मचारी, अधिवक्ता, कानुका विद्यार्थी लगायत काठमाडौं महानगरपालिकाको समन्वयमा उक्त कार्य गरिएको हो । सर्वोच्च अदालत परिसरमा रहेका सयौं सरकारी...
नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल
काठमाडौं । नेपाल टेलिकमले देशभरका ग्राहकहरूका लागि तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ। यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो। यो सेवा विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँग सम्पर्क सहज...
सेना परिचालनपछि महाराजगञ्ज लुटपाटमा संलग्न ४ जना पक्राउ, ठूलो रकम र हतियार बरामद
काठमाडौं । देशव्यापी नेपाली सेना लगायत अन्य सुरक्षा निकायको सक्रिय परिचालनपछि महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न चारजना पक्राउ परेका छन्। नेपाली सेनाका अनुसार उनीहरूलाई भाद्र २५ गते विहान १० बजेबाट दिउँसो १ बजेसम्मको समयअवधिमा नियन्त्रणमा लिइएको हो।...
बीमा प्राधिकरणद्वारा बीमा कम्पनीहरूलाई घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्म घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन...
जेन–जीको प्रदर्शनमा आक्रमण: महाराजगञ्जमा दुई प्रहरीको मृत्यु
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा मंगलबार भएको प्रदर्शनमा आक्रमण हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले घटनामा दुई प्रहरीको ज्यान गएको पुष्टि गरेका छन्। मंगलबार राजधानीका विभिन्न स्थानमा...
धुँवाको मुस्लो बढेपछि त्रिभुवन विमानस्थल साँझ ६ बजेसम्म बन्द
काठमाडौं । राजधानीमा देखिएको बाक्लो धुँवाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म बन्द हुने भएको छ। मंगलबार अपराह्नदेखि बन्द गरिएको विमानस्थल धुँवा हट्ने अवस्था नभएकाले अझै नखुल्ने निर्णय गरिएको हो। अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान रोकिएका...
अझै जलिरहेको छ नक्सालको भाटभटेनी र हिल्टन होटल
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा नक्सालस्थित भाटभटेनी सुपरमार्केट, हिल्टन होटल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। हिजो प्रदर्शनकारीहरूले लुटपाट गर्दै यी भवनहरूमा आगजनी गरेका थिए। आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकलसहित बारुण यन्त्रहरू परिचालन...
सेनाको अपरेसनमा २७ जना पक्राउः ३३ लाख ७० हजार नगदसहित हतियार बरामद
काठमाडौं । नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपश्चात देशभरि भएका लुटपाट, आगजनी र तोडफोडमा संलग्न २७ जना पक्राउ परेका छन्। नेपाली सेनाले जारी गरेको सूचनामा भदौ २४ गते राति १० बजेदेखि परिचालन गरिएको सुरक्षाकर्मीहरूले २५ गते बिहान...
८ अर्बको लगानीमा बनेको पाँचतारे होटल हिल्टन आगजनीमा खरानी
काठमाडौं । करिब ८ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको नक्सालस्थित पाँचतारे होटल हिल्टन भीषण आगलागीमा परी पूर्णरुपमा ध्वस्त भएको छ। हिजो भएको जेन जी आन्दोलनकै क्रममा आगजनी हुँदा होटल जलेर खरानी बनेको हो। शंकर समूहले निर्माण गरेको यो होटल...
देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी
काठमाडौं । देशभर नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने जनाएको छ। सेनाले एक विज्ञप्ति जारी गर्दै कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम रहने र त्यसपछि परिस्थितिको मूल्यांकन गरेर थप निर्णय लिइने जनाएको हो। सेनाले हालको...
बैंक, सुपरमार्केट र होटल लुटपाट गर्ने २६ जना पक्राउ
काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाउँदै राजधानीका विभिन्न स्थानमा लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। सेनाले काठमाडौं र भक्तपुरका विभिन्न इलाकाबाट गरी २६ जनालाई पक्राउ गरेको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधेराधे...
विना काम बाहिर ननिस्किन सर्वसाधारणहरूलाई सेनाको आग्रह
काठमाडौं । सेनाले राति देखि सुरक्षा दिइरहेको छ । सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । प्रदर्शनकारीले आगो लगाएको सरचनामा अझै...
सर्वोच्च अदालतमा अझै बलिरहेको छ दनदनी आगो
काठमाडौं । सर्वोच्च अदालत मंगलबार लागेको आगो अझै निभेको छैन। काठमाडौंमा सोमबारदेखि मंगलबारसम्म भएको प्रदर्शन क्रममा मंगलबार प्रदर्शनकारीहरूले सर्वोच्च भित्रै छिरेर आगजनी गरेका थिए। बुधबार बिहान सर्वोच्च अदालत आसपास पुग्दा त्यहाँका भवनहरूबाट धुवाँ उँडिरहेको थियो। सर्वोच्च परिसरमा गाडीहरू जलेर...
काठमाडौंको उपत्यका नेपाली सेनाको नियन्त्रणमा, सिंहदरबारमा सेनाद्वारा आगो निभाउने कार्य जारी
काठमाडौं । जेनजी आन्दोलनपछि यतिवेला काठमाडौं उपत्यका नेपाली सेनाको नियन्त्रण रहेको छ । नेपाली सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै देशको सार्वभौमसत्ता, स्वाधिनता र नेपाली एकतालाई कायम राख्दै नेपाली जनतालाई सुरक्षा दिरहेको हो । काठमाडौंका हरेक गल्ली र सडकहरुमा...


















