राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन्। जेन्जी आन्दोलन चर्किँदै गएपछि ओलीले आज नै पदबाट राजीनामा दिएका थिए। यस कदमसँगै प्रधानमन्त्रीको कार्यकाल समाप्त भएको छ। राजीनामापछि देशभर जारी आन्दोलन र तनावपूर्ण अवस्था के...
सर्वोच्च अदालतमा आगजनी
काठमाडौँ । आक्रोशित प्रदर्शनकारीहरूले आज राजधानीको सर्वोच्च अदालत परिसरमा आगो लगाएका छन्। जेन जी आन्दोलनका सहभागीहरूले अदालत परिसरमा प्रवेश गरी आगो लगाएका हुन्। यसअघि राजधानीका अन्य संवैधानिक कार्यालयमा समेत प्रदर्शनकारीले आगजनी गरिसकेका छन्। घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको...
नख्खु जेल तोडेर रवि लामिछानेलाई बाहिर निकालियो, सडकमा आउने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हजारौं जनताको उपस्थितिमा नख्खुस्थित कारागारबाट भर्खरै रिहा गराइएको छ । आन्दोलनकारीहरुले झुठा मुद्दामा नख्खुस्थित कारागारमा थुनिएका रवि लामिछानेलाई जेल तोडेर रिहा गराइएको हो । नख्खुस्थित आन्दोलनस्थलबाट बीमापोष्ट प्राप्त जानकारी अनुसार लामिछानेलाई...
अर्थमन्त्री बिष्णु पौडेललाई आन्दोलनकारीद्वारा राम धुलाई, भ्रष्टचारीलाई जनताले गरे सजाय
काठमाडौं । भ्रष्टाचारीहरुको संरक्षण गर्ने अर्थमन्त्री बिष्णु पौडेललाई आन्दोलनकारीहरुले राम धुलाई गरेर कुटपिट गरेका छन् । अर्थमन्त्रालयमा बसेर माफियासँग सेटिङ मिलाउँदै भ्रष्टहरुबाट पैसा उठाउने कार्यमा संलग्न कुख्यात भ्रष्टाचारी पौडेललाई आज विहानै आन्दोलनकारीहरुले घरमै पुगेर रामधुलाई हुने गरी कुटपिट गरेका...
बानेश्वरस्थित संसद् भवनमा ‘जेन-जी’ ले लगाए आगो
काठमाडौँ । आक्रोशित प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनमा आगो लगाएका छन्। जेन जी आन्दोलनका सहभागीहरूले संसद् भवन परिसरमा प्रवेश गरी आगो लगाएका हुन्। यसअघि पनि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका थिए। घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ।
जन हत्याको आरोपपछि प्रधानमन्त्रीले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेन जी युवाहरुको आन्दोलन चर्किन थालेपछि ओलिले राजीनामा दिएका हुन् ।
दमनकारी सत्ताका नाईके केपी ओलीको निवास खरानी
काठमाडौँ । जेन जी आन्दोलन चर्किँदै जाँदा आज आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगो लगाएका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि युवा सडकमा उत्रिएका थिए। आज उनीहरूले नाराबाजी गर्दै प्रधानमन्त्री निवास परिसरमा प्रवेश गरी आगो...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको सामूहिक राजीनामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आज सामूहिक रूपमा राजीनामा दिएका छन्। आज बसेको संसदीय दलको बैठकले सबै सांसदहरूले राजीनामा दिने निर्णय गरेको हो। राजीनामासँगै पार्टीको संसदमा प्रतिनिधित्वमा ठूलो फेरबदल आउन सक्ने देखिएको छ। सांसदहरूले सरकारको नीतिहरू र हालको...
संसद भवनभित्र छिरे जेनजी, सामान तोडफोड गरी फालियो बाहिर
काठमाडौं । सरकारले सोमबार संसद भवन बाहिर मारेका जेनजी युवाको विरोधमा प्रदर्शनकारीहरुले आज पुनः संसद भवन प्रवेश गरेका छन् । जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । सोमबार पनि संसद...
नेपाली सेनाद्वारा सिंहदरबारमा हवाई फायर
काठमाडौँ । सिंहदरबार परिसरमा नेपाली सेनाले आज प्रदर्शनकारी नियन्त्रणका लागि हवाई फायर प्रहार गरेको छ। सिंहदरबारतर्फ अघि बढिरहेका जेन जी आन्दोलनकारीलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरिएको हो। प्रदर्शनकारीहरूले भ्रष्टाचार अन्त्य, जवाफदेहिता सुनिश्चित र सरकारको राजीनामा माग गर्दै...
सिंहदरबारको मुल गेट फुटाएर भित्र छिरे ‘जेन-जी’
काठमाडौँ । जेन जी आन्दोलनकारीले आज राजधानीको सिंहदरबार परिसरमा प्रवेश गरेका छन्। सिंहदरबारको मुल गेट फुटाएर जेनजी भित्र प्रवेश गरेका हुन् । सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवा विभिन्न सडक मार्गबाट सिंहदरबारतर्फ अघि बढेका थिए। उनीहरूले सुरक्षा...
गगन थापाको घरमा जेनजी प्रदर्शनकारीको आगजनी
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवासमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन्। स्थानीय स्रोतका अनुसार, प्रदर्शनकारीहरूले सुरुमा महामन्त्री थापाको घरमा रहेको गाडीमा आगो लगाएका थिए। त्यसपछि निवासको अन्य भागमा पनि आगो फैलाउने प्रयास गरेका हुन्। यो घटनासँगै...
त्रिभुवन विमानस्थल पूर्ण रूपमा बन्द
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटार क्षेत्रसहित अन्य स्थानमा निरन्तर आगलागीका घटना भइरहेको र हवाई सुरक्षा प्रतिकुल बनेको अवस्थाका कारण विमानस्थल बन्द गरिएको हो। विमानस्थलमा रहेका जहाजहरूलाई सुरक्षित रूपमा...
‘जेन-जी’ युवाहरुद्वारा नक्सालस्थित हिल्टन होटलमा आगजनी
काठमाडौँ । जेन जी आन्दोलन चर्किँदै जाँदा आज प्रदर्शनकारीहरूले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन्। सोमबारको दमनपछि आक्रोशित युवा राजधानीका मुख्य क्षेत्रहरूमा प्रदर्शन गरिरहेका थिए। यस क्रममा नक्सालस्थित होटललाई लक्षित गरी आगो लगाइएको हो। प्रदर्शनकारीहरूले आफ्नो आक्रोश व्यक्त गर्दै...
पुतलीसडकमा ‘जेन जी’ युवाबीच हात हालहाल
काठमाडौँ । राजधानीको पुतलीसडकमा जेन जी आन्दोलनकारीहरूबीच झगडा भएको छ। केही युवाहरूले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने प्रयास गर्दा अन्य केही जेन जीले त्यसलाई रोक्न खोजेका थिए। सो क्रममा हात हालहालको अवस्था सिर्जना भएको हो। घटना विशेष ठूलो फैलिएको भने...
‘जेन जी’ ले लगाए प्रधानमन्त्री ओलीको बालकोट निवासमा आगो
काठमाडौँ । जेन जी आन्दोलन चर्किँदै जाँदा आज प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगो लगाएका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवा राजधानीका विभिन्न स्थानबाट प्रधानमन्त्री निवासतर्फ अघि बढेका थिए। उनीहरूले नाराबाजीसहित निवास परिसरमा आगो...
कलङ्कीमा चल्यो गोली, चार जना घाइते
काठमाडौँ । राजधानीको कलङ्की क्षेत्रमा आज जेन जी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा चार जना घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार, आन्दोलनकारी सडकमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको हो। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।...
महारागञ्जस्थित प्रहरी चौकीमा आक्रामण भएपछि चार राउड गोलि चल्यो
काठमाडौँ । राजधानीको महारागञ्जस्थित प्रहरी चौकीमा प्रदर्शनकारीले आक्रमण गरेपछि गोलि चलेखेको छ । विरोध प्रदर्शनमा जेन जीहरूले चौकीमा आक्रमण गरेपछि प्रहरीले चार राउन्ड गोली प्रहार गरेको हो । जेन जी आन्दोलन चर्किँदै गएपछि प्रदर्शनकारीहरूले चौकीमा तोडफोड गर्ने प्रयास गरेका...
खानेपानीमन्त्री प्रदीप यादवद्धारा राजीनामा
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन्। जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएको उनको स्वकीय सचिवालयले जनाएको छ । हिजो जेन–जी...
महारागञ्ज स्थित प्रहरी चौकीमा आक्रामण
काठमाडौँ । राजधानीको महारागञ्जस्थित प्रहरी चौकीमा आक्रामण भएको छ। विरोध प्रदर्शनमा सहभागी प्रहरी चौकीमाथि आक्रामण गरेका हुन् । जेन जी आन्दोलन चर्किँदै गएपछि प्रदर्शनकारीहरूले चौकीमा तोडफोड गर्ने प्रयास गरेका थिए। प्रहरीले तत्काल परिस्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको छ।...



















