ढिलो सार्वजनिक भयो सुनको दर, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत...
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा...
काठमाडौंको मुटुमा उभिएको स्काइवाक तेस्रो वर्षमा, तीन महिनासम्म निःशुल्क कप अफर
काठमाडौं । राजधानीको कमलादीस्थित स्काइवाक काठमाडौंले आफ्नो तेस्रो वार्षिकोत्सव मनाउँदै विशेष अफर र कार्यक्रमसहित नयाँ चरणमा पाइला टेकेको छ। वन्डर्स नेपाल प्रालिको लगानीमा निर्माण भएको यो संरचना नेपालमा आधुनिक शहरी साहसिक पर्यटनको प्रतीक बनेको छ। राजधानीको मुटुमा ७८ दशमलव...
प्रमुख ५ दलका सचेतकसँग सभामुखले गरे छलफल, निजामति र शिक्षा विधेयकमा सहभागी हुन अनुरोध
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख ५ राजनितीक दलका सचेतकसँग संसद अवरोध हटाउने सम्बन्धमा छलफल गरेका छन् । आइतबार संसद सचिवालय, बानेश्वरमा निजामति विधेयकमा सबै राजनीतिक दलको भूमिका आवश्यक रहेको भन्दै सभामुख घिमिरेले छलफल गरेका हुन् । सहमति र...
बुटवल–नारायणगढ सडक अवरुद्ध, सवारीसाधन अलपत्र
काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा ठप्प भएको छ। विनयी त्रिवेणी गाउँपालिका–१ अन्तर्गत विनयी खोलामा बनेको अस्थायी डाइभर्सन तथा वैकल्पिक भित्री सडकमा पानी पसेपछि यातायात आवागमन रोकिएको हो। मालबाहक सवारीका लागि...
महालेखापरीक्षकको कार्यालयको ६७औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । मुलुकका सार्वजनिक निकायहरूको लेखापरीक्षण गर्ने सर्वोच्च निकाय महालेखापरीक्षकको कार्यालयको ६७औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यालयले आइतबार सरकारका उच्चपदस्थ पदाधिकारीहरूको उपस्थितिमा वार्षिकोत्सव विशेष समारोह सम्पन्न गरेको हो । समारोहमा सभामुख देवराज घिमिरेले सरकारी बेरुजु बढ्दै जानु चिन्ताको...
आज सुनचाँदीको मूल्य तय भएन, के हो कारण ?
काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले आन्दोलनलाई थप चर्काउँदै आज असार १५ गते सुनचाँदीको दैनिक मूल्य नै तय नगरी बजार ठप्प पारेका छन्। सामान्यतः हरेक बिहान करिब १०:३० बजे सार्वजनिक हुने सुन र चाँदीको मूल्य आज ननिस्कनु आन्दोलनकै असर हो। सुनचाँदी...
एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ । यस वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । ०८१ को एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका...
एसईईको नतिजा सार्वजनिक, यी तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशित गरेको हो । नतिजा एसएमएस र विभिन्न वेबसाइटमार्फत नतिजा सजिलै हेर्न सकिने जनाएको छ । नेपाल टेलिकमको एसएमएस, युएसएसडी र आइभी...
अब युएईमा काम गर्न जाने नेपालीको अधिकतम तलब २ लाख ३९ हजार
काठमाडौं । अब संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारीको लागि जाने नेपाली श्रमिकलाई अधिकतम तलब २ लाख ३९ हजार रुपैयाँ बराबरको पारिश्रमिक पाउने भएका छन्। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै युएईमा काम गर्न...
राजस्व अनुसन्धानबाट बिदा भए चण्डी घिमिरे
काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरे बिदा भएका छन्। १० महिनाको कार्यकाल पूरा गरी घिमिरे बिदा भएका हुन् । कार्यकाल सकिँदै गर्दा उनले आफ्नो नेतृत्वमा विभागले राजस्व चुहावट नियन्त्रण तथा विदेशी विनिमय अपचलनको अनुसन्धानमा उल्लेखनीय प्रगति...
कियाको नयाँ सोरुम विराटनगरमा सञ्चालनमा, तीनदिने ‘फ्लाश एक्सचेन्ज क्याम्प’मा पुराना गाडी साट्न मिल्ने
काठमाडौँ । नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाका अधिकृत विक्रेता कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रा.लि.ले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ किया सीआई २.० मापदण्ड अनुसार अपडेटेड सोरुम खोलेको हो । कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबाट...
टेस्लामा नेतृत्व संकट: एलोन मस्कका विश्वासपात्र अफशारले दिए राजीनामा, माग घट्दो क्रममा
काठमाडौँ । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका कार्यकारी तथा एलोन मस्कका पुराना विश्वासपात्र ओमिद अफशारले कम्पनी छाडेका छन्। टेस्लामा घट्दो विश्वव्यापी मागबीच पछिल्लो समयमा नेतृत्व तहमा देखिएको श्रृंखलाबद्ध बिदाइको यो अर्को कडी बनेको हो। सन् २०१७ मा टेस्लामा प्रवेश...
एसईईको नतिजा साढे ५ बजे सार्वजनिक हुने, यी २० साइटबाट हेर्न सकिन्छ नतिजा
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार अपरान्ह साढे पाँच बजे सार्वजनिक हुने भएको छ। शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने जनाएको हो । २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको एसइईई परीक्षामा ४...
ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता
काठमाडौं । शाङ्घाई सहयोग संगठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक महामहिम वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्ताको सुरुआतमा मन्त्री खड्काले...
एसईईको नतिजा आजै प्रकाशित हुने, बैठक जारी
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी रहेको छ । केही प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी छ ।...
कुशासनको दलदलमा मेलम्ची नगरपालिकाः एक वर्षमै ४ करोड ३९ लाख रुपैयाँ अनियमित
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा आर्थिक अनुशासन र बजेटको पारदर्शी व्यवस्थापन र खर्चप्रति गम्भीर प्रश्न उठाउने खालका अनियमित भएको भेटिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको मेलम्ची नगरपालिकाको लेखापरीक्षण प्रतिवेदनले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४ करोड ३९...
‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ
काठमाडौं । ‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । शुक्रवार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनामनगरबाट पक्राउ गरेको हो । भेटवाललाई बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका...
उपत्यकाका १० व्यवसायमा विभागको कडाई: दुईलाई लाखौं जरिवाना, अन्यलाई निर्देशन
काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका १० वटा व्यवसायमा अनुगमन गरेको छ । अनुगमनको क्रममा विभागले दुई व्यवसायलाई लाखौँ रुपैयाँ जरिवाना गरेको छ भने अन्यलाई विभागमा कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ। बुधबार गरिएको अनुगमनमा...
सुनचाँदी व्यवसायीको आक्रोशः करको विरोधमा न्यूरोड क्षेत्र ठप्प, सवारी आवागमन प्रभावित
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा लगाएको अतिरिक्त करको विरोधमा व्यवसायीहरू सडकमा उत्रिएका छन् । शुक्रबार बिहानदेखि राजधानीको प्रमुख व्यावसायिक क्षेत्र न्यूरोड ठप्प पारिएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी...




















