भदौ ३ देखि भृकुटीमण्डपमा नाडा अटो शो: १९ चारपांग्रे र १३ व्यावसायिक सवारी ब्राण्डको भव्य प्रदर्शनी

काठमाडौं । नेपालमा अटो क्षेत्रको सबैभन्दा ठूलो र प्रतीक्षित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ यही भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गर्न लागेको यो प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा...


सेग्वेले नाइमा २०२५ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनप्रतिको चासो निरन्तर बढ्दै गएको छ । यही पृष्ठभूमिमा आइहब प्रा.लि., सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ ।...


नाडा प्रदर्शनी व्यवसायीहरूको चाँड हो, यो वर्ष भिन्न र आकर्षक हुन्छः चौधरी

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अब छुट्टै युगमा प्रवेश गर्दै स्वर्णयुग मनाउने तयारीमा रहेको बताएका छन्। आउदो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंमा सञ्चालन हुने नाडा अटो शो २०२५ को पत्रकार सम्मेलनलाई सम्बोधन...


सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार ५००...


दुर्गा प्रसाईलाई तत्कालै रिहा गर्न अदालतको आदेश, २८ लाख धरौटी मागियो

काठमाडौं । उच्च अदालत पाटनले आन्दोलनकारी दुर्गा प्रसाईलाई २८ लाख रुपैयाँ धरौटीमा तत्हाल रिहा गर्न आदेश दिएको छ । तीनकुने घटनामा सरकारले मुख्य दोषीको रुपमा किटान गर्दै मुद्दा चलाएकोमा उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएको हो । राजावादी...


सार्वजनिक भयो कक्षा १२ को नतिजा, यसरी हेर्नुहोस्

काठमाडौं । कक्षा १२ को परीक्षाको रिजल्ट आउट भएको छ । राष्ट्रिय परीक्षा बोर्डको भर्खरै सकिएको बोर्ड बैठकले औपचारिकरूपमा नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको...


देशको माटोमा फल्ने अन्न नै आत्मनिर्भरताको आधार होः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा” मा सहभागी...


ईपिएस भाषा परीक्षाको आवेदन खुल्यो, कुन कोटामा कति कामदार माग ?

काठमाडौं । सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ। ईपीएस कोरिया शाखाका अनुसार उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाइएको हो। भाषा परीक्षामा ५ हजार ३०० हुने उत्तीर्ण हुने आकलन गरेर...


वडा अध्यक्ष र व्यापारीका छोरा तीन लाख घुससहित पक्राउ, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ ।  रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादव सेवाग्राहीसँग घुस मागेको अभियोगमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। आयोगका अनुसार वडा अध्यक्ष यादवले...


शुक्लाफाँटा आरक्षमा विस्थापित भएका नागरिकको पुनर्स्थापना गर्न संसदमा माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका नागरिकको पुनर्स्थापना तथा जीवनयापनका न्यूनतम आवश्यकताप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद तामाङले सोमबार प्रतिनिधिसभाको छैठौं अधिवेशनको शून्य समयमा...


बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा, नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सोमबार पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत प्रदेश प्रमुखको कार्यालयमा बुझाएका हुन्। मुख्यमन्त्री लामाको राजीनामा पत्र आज दिउँसो १ बजेतिर हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो।...


नयाँ बजेट कार्यान्वयन: संघीय अस्पतालका लागि २१ सय जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौं । आर्थिक वर्ष २०८२।८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव...


नेपाली अटो बजारमा सेरेस ३ मा समस्यै-समस्या, ग्राहक ठग्दै एमएडब्लु वृद्धि मोटर्स

काठमाडौँ । नेपाली अटो बजारमा पछिल्ला केही वर्षयता विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेको छ । सरकारी कर छुट, इन्धन खर्च घटाउने चाहना र वातावरणमैत्री प्रविधिको चाहना नै यसको मूल कारण हुन् । तर बजारमा आउने सबै विद्युतीय...


महँगो मूल्य, सीमित फिचर र कमजोर प्रतिस्पर्धा क्षमतासहित नेपाल भित्रियो चेतक ईभी स्कुटर

काठमाडौं। बजाजको विद्युतीय स्कुटर ‘चेतक ईभी’ नेपालमा सार्वजनिक भएको छ । तर कम्पनीले सार्वजनिक गरेको मोडेल, मूल्य र विशेषताहरुले स्कुटरको प्रतिस्पर्धात्मकता र प्रयोगकर्ताको हितप्रति प्रश्न उठाएको छ । हंशराज हुलाशचन्द एण्ड कम्पनीले चेतक स्कुटरको ३५०१ मोडेल नेपालमा भित्र्याएको हो,...


मुलपानीमा सुबारु ब्रान्डको गाडी पुलबाट खोल्सामा खस्यो

काठमाडौँ । सुबारु ब्रान्डको चिनियाँ दूतावासको गाडी काठमाडौंको मुलपानीमा दुर्घटनामा परेको छ। आइतबार बिहान कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित मूलपानी क्रिकेट ग्राउन्ड नजिकैको पुलबाट गाडी अनियन्त्रित भई खोल्सामा खसेको हो। दूतावासको गाडीको नम्बर ११ सिडी ६१९ रहेको छ। प्रहरीका अनुसार...


प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । बैठकमा राष्ट्रपति कार्यालयबाट ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ संवैधानिक परिषद सम्बन्धी...


सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ ।...


आइएमई ग्रुपको अगुवाइमा १२ अर्बको ‘मध्य कालीगण्डकी’ आयोजना सुरु, नबिलसहित ६ बैंकबाट ७५% ऋण लगानी

काठमाडौं । आइएमई ग्रुपको अगुवाइमा कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत आयोजना निर्माण सुरु भएको छ । हाइड्रो सपोर्ट कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रभित्र ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा-मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२...


भ्रष्टाचार र बेथितीको चाङमाथि राष्ट्रिय बीमा कम्पनीले मनायो १२ औं बार्षिकोत्सव

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चरम भ्रष्टाचार र बेथितीको चाङमाथि १२ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । स्थापनादेखि नै चरम भ्रष्टाचार, बेथितीमा बीचमा गुज्रिरहेको कम्पनीले हिजो बार्षिकोत्सव मनाएको हो । सार्वजनिक कम्पनीभित्र हुने भ्रष्टाचारको नमुनाको रूपमा राष्ट्रिय बीमा...


पवन हाङगाम लिम्बूलाई अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीको संयोजकको जिम्मेवारी

काठमाडौं । अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीले पवन हाङगाम लिम्बूलाई संयोजकको जिम्मेवारी दिएको छ। उनलाई २९ औं क्याम्पस कमिटी सम्मेलन आयोजना गर्ने तथा क्याम्पस कमिटीका सम्पूर्ण कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी दिइएको हो। कमिटीका अध्यक्ष बालकृष्ण खड्काले लिम्बूले सो जिम्मेवारी कुशलतापूर्वक...