मकवानपुरमा नेपाली सेनाको ट्रक दुर्घटना, १६ घाइतेमध्ये ३ को अवस्था गम्भीर
काठमाडौं । मकवानपुर र बाराको सिमानामा पर्ने हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब २ः५० बजे तनहुँस्थित नं. २ राजदल गणबाट धनुषातर्फ उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा...
तीन दिनमा चार लाख यात्रु उपत्यकाबाट बाहिरिए
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा यातायात व्यवस्था विभागले सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सबै तयारी पूरा गरेको जनाएको छ। यातायात विभागले सडकमा अवरोध नपरोस् र यात्रु सहजताका लागि डोजर लगायतका आवश्यक व्यवस्थापन मिलाएको छ। साथै, भाडा दर सम्बन्धी...
राष्ट्र बैंकको नयाँ परिपत्र: चिनियाँ आयातका लागि मुस्ताङ्ग भन्सार समेत खुल्यो, व्यापारमा सहजता
काठमाडौं। अब बैंक तथा वित्तीय संस्थाहरूले चिनियाँ भूभागबाट आयात हुने वस्तुका लागि मुस्ताङ भन्सार कार्यालयमार्फत पनि प्रतितपत्र (एलसी) खोल्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ संसोधन गर्दै यस्तो सुविधा प्रदान गरेको हो। यस अनुसार, एलसी पहिले...
कोहलपुर राजस्व कार्यालयबाट लुटिएको नगद, सुन र चाँदी फिर्ता
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा आगजनीपछिको लुटपाटमा हराएको दुई लाख ५२ हजार नगद, ४२१ ग्राम सुन र नौ किलो चाँदी फिर्ता भएको छ। कोहलपुरका जनप्रतिनिधि र समाजसेवीको पहलसँगै प्रहरीको सक्रियतामा उक्त रकम र बहुमूल्य धातु...
दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने
काठमाडौं । यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीबीच आज भएको छलफलपछि यस्तो निर्णय गरिएको हो। आन्दोलनपछि लगाइएको कर्फ्यु हटेसँगै तीन दिनअघिदेखि नै टिकट काटेर सेवा सुरु भइसकेको...
आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालैको आन्दोलनका क्रममा व्यवसायीहरू थप समस्यामा परेको भन्दै सम्बन्धित निकायसँग तात्कालिक सहजीकरण गर्न माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको पहलमा आज बसेको उच्चस्तरीय यातायात व्यवस्थापन समितिको बैठकमा महासंघले आफ्ना...
उद्योग मन्त्रालयको सुनिश्चितता: ‘बजारमा अत्यावश्यक वस्तु पर्याप्त, अभावको कुनै चिन्ता छैन’
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेको जानकारी दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उपभोक्ता र बजारलाई सुनिश्चित गर्न र अत्यधिक वस्तु अनावश्यक रूपमा सञ्चित नगर्न/नगराउन सबैमा अनुरोध...
युनिटी लाइफ ठगीका पीडितलाई रकम फिर्ताका लागि दाबी पेस गर्न अन्तिम पटक सूचना जारी
काठमाडौँ । ललितपुर जिल्ला अदालतले युनिटी लाइफ इन्टरनेसनलमा ठगिएकाहरूलाई आफ्नो दाबी पेस गरी रकम फिर्ता लिन अन्तिम मौका दिएको छ। अदालतले तेस्रो पटक सूचना जारी गर्दै एक महिनाभित्र रकम फिर्ताका लागि निवेदन दिन भनेको हो। अदालतको तहसिल शाखामा वा...
बीमा रकम हिनामिनामा कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त, बिरामीकै उजुरीपछि पर्दाफाश
काठमाडौँ । कोशी अस्पतालको औषधि पसल (फार्मेसी) मा कार्यरत तीन जना कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको प्रमाणित भएपछि सेवाबाट बर्खास्त गरिएको छ । करार सेवामा कार्यरत दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगीलाई अनियमिततामा संलग्न रहेको...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ...
यी ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस र...
तरकारीको भाउ बढ्यो, यस्तो छ आजको मूल्यसूची
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ४८ रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३६ रुपैयाँ, गाजर...
मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुनको खरिद–बिक्री मूल्य कति ?
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...
जेनजी आन्दोलनः मृतक परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो। गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले सरकारले यसअघि...
असोज १ गते शोक विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय गरेको हो ।
कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब, २०.४ महिनाको वस्तु आयात धान्ने
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २८ खर्ब ०६ अर्ब ४ करोड पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २.७ प्रतिशतले बढेर २० अर्ब ३ करोड पुगेको छ, जुन...
साउनमा ३० प्रतिशतले बढ्यो रेमिट्यान्स, एकै महिनामा १ खर्ब ७७ अर्ब भित्रियो
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। केन्द्रीय तथ्याङ्क अनुसार सो अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा...
देशभर खुल्दै सुपथ मूल्य पसल: दशैंअघि नागरिकलाई राहत, खाद्यवस्तुमा छुटको सुविधा
काठमाडौं । सरकारले चाडपर्वको अवसरमा नागरिकलाई राहत प्रदान गर्न सोमबारदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा यी पसल सञ्चालनमा ल्याएका हुन्। अघिल्ला वर्षमा...
आन्दोलनपछि अव्यवस्थित काठमाडौंलाई सफा बनाउन शिवम् सिमेन्टको सरसफाई अभियान सुरु
काठमाडौँ । काठमाडौंमा हालैको जेन जी आन्दोलनपछि उत्पन्न भएको अव्यवस्था र तोडफोडका कारण प्रभावित वातावरणलाई सामान्य बनाउन शिवम् सिमेन्टले सरसफाई अभियान सञ्चालन गरेको छ। आन्दोलनका क्रममा राजधानीमा भएको आगजनी र क्षतिको असर व्यवस्थापन गर्न कम्पनीले आज जिल्ला प्रशासन कार्यालय,...
भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल फेला
काठमाडौँ । विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार दिउँसो जलेको अवस्थामा मानव कंकाल फेला परेको छ। दिउँसो करिब २ः३० बजेतिर मार्केटको दोस्रो तलामा पूर्ण रूपमा जलेर नचिनिने अवस्थामा हड्डीहरू भेटिएका हुन्। कंकाल पुरुष वा महिला कसको हो भन्ने छुट्याउन...



















