पैसा बाँड्दै गरेको अवस्थामा बैतडीमा कांग्रेस कार्यकर्ता पक्राउ

काठमाडौँ । बैतडीमा नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ का भानदेव भट्टलाई ७९ हजार ५ सय रुपैयाँ नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा भट्टलाई स्थानीय एक होटलबाट...


मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा निकाल्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने बताएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन...


निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने रेडक्रसको तयारी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, काठमाडौं जिल्ला शाखाले भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चारचार स्वयंसेवकले सेवा प्रदान गर्ने...


निर्वाचन ड्युटीकै क्रममा देशभर १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको मृत्युका घटनाले शोकको वातावरण बनेको छ। मतदान र सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्ने क्रममा बेहोस हुने, दुर्घटनामा पर्ने तथा स्वास्थ्य समस्या देखिने जस्ता घटनामा परेर केही...


आर्थिक सुस्तताले व्यवसायी संकटमा, कालोसूचीको संख्या २ लाख नाघ्यो

काठमाडौं । कालोसूचीमा परेका व्यक्तिहरुको संख्या २ लाख १४ हजार नाघेको छ। कर्जा सूचना केन्द्रका तथ्यांक अनुसार यो आंकडा २०४६ फागुन २१ देखि २०८२ फागुन १७ सम्मको हो। कालोसूचीमा पहिलो व्यवसायिक नाम २०४६ फागुन २१ गते बाँसबारी छाला जुत्ता...


चुनाव रोक्ने गतिविधि गर्नेमाथि निर्मम बल प्रयोग हुन्छः आईजीपी कार्की

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन् । निर्वाचन सुरक्षा व्यवस्थापनका विषयमा जानकारी दिँदै उनले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि...


अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

काठमाडौँ । अमेरिकी विदेश विभागले पाकिस्तानस्थित अमेरिकी दूतावास र वाणिज्य दूतावासका कर्मचारी तथा उनीहरूको परिवारलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिएको छ। यसअनुसार लाहोर र कराचीस्थित अमेरिकी वाणिज्य दूतावासका कर्मचारीहरू पनि यसमा समावेश छन्। यसबारे विभागले विज्ञप्ति जारी...


निर्वाचनमा सुरक्षा मजबुत: मतदानकै समयमा हेलिकप्टर गस्ती, आपतकालीन तयारी पूर्ण

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर भोलि हुने मतदानको तयारीबारे आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो। बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा आयोजित भएको थियो। गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च...


निर्वाचनका लागि काठमाडौं छाड्नेहरूको संख्या ८ लाख नाघ्यो

काठमाडौं । आगामी निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या उल्लेख्य वृद्धि भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मतदान गर्न र घर फर्किन हालसम्म करिब ८ लाख मानिसले उपत्यका छाडिसकेका छन् । निर्वाचनको सुरक्षा र व्यवस्थापनका लागि आज राति...


प्रधानमन्त्रीले बोलाईन् सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठकमा निर्वाचनका अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने बताईएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा भोलि २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको...


जापानमा नेपालीहरूलाई चेतावनी: राजदूतावासद्वारा शंकास्पद र हुण्डी कारोबारमा संलग्न नहुन निर्देशन

काठमाडौँ । नेपाली राजदूतावास टोकियोले जापानमा रहेका नेपाली नागरिकहरुलाई शंकास्पद र हुण्डी कारोबार नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको छ। राजदूतावासले २६ नोभेम्बर २०८५ मा सूचना जारी गर्दै विदेशमा अनौपचारिक रुपमा विप्रेषण गर्ने वा संकलित रकम नेपाल पठाउन नसक्ने गतिविधिमा...


गृह मन्त्रालयले भन्यो, ‘७७ जिल्लामा निर्वाचन तयारी पूरा, सुरक्षा उच्च सतर्कतामा’

काठमाडौँ  । गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार बिहान मन्त्रालयमा भएको भर्चुअल बैठकमार्फत सबै जिल्लाबाट तयारी र सुरक्षा व्यवस्थाबारे अद्यावधिक जानकारी लिइएको थियो। सचिव...


रोबो फेस्ट ४.० सम्पन्न: नेपाली विद्यार्थीको नवीन सोच र रोबोटिक्स भविष्यको एउटा बलियो झलक

काठमाडौं । नेपाल – नेपालमा रोबोटिक्स, स्वचालन (Automation) र प्रविधिको भविष्यलाई उजागर गर्ने उद्देश्यका साथ आयोजित ‘रोबो फेस्ट ४.०’ भव्यताका साथ सम्पन्न भएको छ। प्रतिभा र युवा जाँगरको असाधारण प्रदर्शनीका रूपमा रहेको यस कार्यक्रमको उद्घाटन डा. कविराज बान्तवा र...


सुनको मूल्यमा भारी गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन एकैदिन तोलामा ११ हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


लेखापढी व्यवसायीको पेशा खोस्ने निर्णयबाट पछि हट्यो सरकार, घरजग्गा कारोबार लाइसेन्स ब्रोकरबाटै गर्ने ब्यवस्था स्थगित

काठमाडौँ ।  महानगरपालिका तथा उपमहानगरपालिकाभित्र तीन करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गा किनबेच अब तत्कालका लागि पुरानै प्रक्रियाबाट हुने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले केही दिनअघि लागू गर्न खोजेको नयाँ प्रावधान कार्यान्वयन नगर्न मातहतका मालपोत कार्यालयहरूलाई निर्देशन दिएपछि...


भक्तपुरमा कार दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

काठमाडौँ ।  भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी काठमाडौं...


पर्सा २ का नेकपा उम्मेदवार शंकास्पद वस्तु सहित पक्राउ

काठमाडौं । पर्सा क्षेत्र नम्बर २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज कुमार चौधरीलाई शंकास्पद वस्तु सहित प्रहरीले पक्राउ गरेको छ। बरहनियार चोकमा नियमति सुरक्षा चेकजाँचका क्रममा चौधरी सवार बा १० च १२५० नम्बरको रातो कार रोकेर...


सिरहा ३ का जसपा उम्मेदवार नगद सहित पक्राउ

काठमाडौं । निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) मा झण्डै ५ लाख रुपैयाँ नगद सहित सिरहा क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल–भारत सीमास्थित माडरबाट सिरहको सदरमुकामतर्फ आउँदै गरेको...


धनुषामा शंकास्पद वस्तु विष्फोट, दुई बालबालिका घाइते

काठमाडौँ ।  धनुषाको मिथिला नगरपालिकामा शंकास्पद वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका छन्। मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा पर्ने बडहरी पुलमाथि आज अपराह्न शंकास्पद वस्तु पड्किँदा स्थानीय १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएका हुन्।...


गाडीमा आगजनी गर्ने दुर्गा प्रसाईं समूहका २ कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरी–६ का ५५ वर्षीय कृष्ण मिजार रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...