राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भेटघाट गरेका छन् । अर्यालले आज बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर रामचन्द्र पौडेलसँग भेटघाट गरेका हुन् । भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय...


स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन् । स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले प्याकुरेललाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन् । नियुक्तिपछि डा प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा...


बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम छापावाल...


राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै, पछिल्लो परिस्थितिबारे समीक्षा हुने

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री,...


शिव शिखरका थप ५६ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौँ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ५६ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार ऋण असुलीबाट प्राप्त रकमका आधारमा बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको छ। समितिले हालसम्म शिव शिखर...


सोपान फर्मास्युटिकल्सको सीईओमा राजिव कुमार शर्मा नियुक्त

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजिव कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बुधबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा राजीव कुमार शर्मालाई नियुक्त गर्ने निर्णय भएको हो...


१ अर्ब ८९ करोड रुपैयाँ हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धादिङ घर भई हाल नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले मंगलबार नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट...


दाङमा मलखाद बोकेको बोलेरो पल्टियो, एक जनाको मृत्यु तीन घाइते

काठमाडौं । दाङको गढवा गाउँपालिका –०५, चिसापानीस्थित लमही–कोइलाबास सडक–खण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुधबार साँझ करिब ५ बजे कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम गरिएको ४९ बोरा मलखाद...


लुम्बिनी प्रदेश मन्त्रालय १२ बाट आठमा झर्यो

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालय घटाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाहेक आठ मन्त्रालय रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो...


आज बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज साउन १४ गते बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलको लागि...


यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको खरीददर १५२.७४ रुपैयाँ र बिक्रीदर १५३.३४ रुपैयाँ कायम भएको छ । त्यसैगरी आज युरोपियन युरोको खरीददर १७४ रुपैयाँ र...


सुनसरी घटना साम्य भएपछि बालेन शाह सक्रिय, सुरक्षा निकायसँग विस्तृत ब्रिफिङ

काठमाडौँ । सुनसरीमा साउन ११ गते भएको गोलीकाण्ड र त्यसपछिको शान्ति–सुरक्षाको अवस्थाबारे घटना भएको दुई दिनपछि वालेन्द्र (बालेन) शाह सक्रिय भएका छन्। सुनसरीमा एक जनाको मृत्यु हुने गरी भएको घटनापछि उत्पन्न सुरक्षा अवस्थाबारे उनले गृह मन्त्रालय र सुरक्षा निकायका...


सरकार र चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएसँगै चिकित्सकहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय,...


विद्युत् महसुल पुनरावलोकनसँगै आयोजनाको छानबिन गर्न समिति गठन

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन तथा विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका आयोजनाको छानबिन गर्न दुई छुट्टाछुट्टै उच्चस्तरीय समिति गठन गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले उपभोक्तालाई सहुलियत उपलब्ध गराउने, उत्पादित विद्युत्को अधिकतम...


दुई घण्टा इसेवाका सबै सेवा ठप्प हुने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना सम्पूर्ण सेवा दुई घण्टासम्म अवरुद्ध हुने जनाएको छ। कम्पनीले डिजास्टर रिकभरी ड्रिल सञ्चालन गर्ने भन्दै साउन १४ गते बिहीबार मध्यराति १२ बजेदेखि बिहान २ बजेसम्म सेवा प्रभावित हुन सक्ने सूचना सार्वजनिक...


नेपाललाई उत्पादन केन्द्र बनाउने योजनामा पर्फेट्टी भान मेल्ले

काठमाडौं । विश्वप्रसिद्ध कन्फेक्सनरी कम्पनी पर्फेट्टी भान मेल्लेले नेपालमा लगानी विस्तार गर्दै औद्योगिक उत्पादन र निर्यात प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। कम्पनीका नेपालका कन्ट्री म्यानेजर मयंक पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग अर्थ मन्त्रालयमा भेट गरी नेपालमा कम्पनीको लगानी, उत्पादन...


यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ वटा निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका बैंठकका निर्णय सुनाएका हुन् । ९ विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति दिएको छ । यी हुन ४ निर्णय – यी विधेयकलाई संघीय संसद...


समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा एडराज दाहाल नियुक्त

काठमाडौंँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा एडराज दाहाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठक उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।


कर्णालीका मुख्यमन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ ।  कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार सुर्खेतस्थित कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका...


नेपालमा आयो नयाँ टाटा पन्च ईभी, एक चार्जमै ४६८ किमिसम्मको रेन्ज

काठमाडौँ । नयाँ ब्याट्री, बढी रेन्ज, आधुनिक प्रविधि र सुरक्षासहित टाटा पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ पुस्ताको पन्च ईभी सार्वजनिक गर्दै विद्युतीय सवारी...