बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग
काठमाडौँ । नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि होन्डाले १ लाख अमेरिकी डलर सहयोग गरेको छ। होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होन्डा मोटर कम्पनी लिमिटेडले थाई रेडक्रस सोसाइटीमार्फत उक्त...
ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि काठमाडौं महानगर र दुई स्वास्थ्य संस्थाबीच सम्झौता
काठमाडौँ । काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषद्सँग सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत...
नागरिक लगानी कोषको सञ्चालक समितिमा क्षेत्री र डा. दाहाल नियुक्त
काठमाडौं । नागरिक लगानी कोषको सञ्चालक समितिमा मुकुन्द कुमार क्षेत्री र डा. सुमन दाहाल नियुक्त भएका छन् । नेपाल सरकार, अर्थमन्त्रीस्तरीय निर्णयबाट क्षेत्रीलाई कोषको सञ्चालक समितिमा विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको हो । नागरिक लगानी कोष ऐन, २०४७ को...
बाढीपहिरोपछि कुन–कुन सडक तथा राजमार्ग छन् अवरुद्ध ?
काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो जाँदा कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ। रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको...
वैकल्पिक विकास वित्त कोषको सीईओका लागि आवेदन आह्वान
काठमाडौं । अर्थ मन्त्रालयले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न इच्छुक योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ । मन्त्रालयले वैकल्पिक विकास वित्त कोष सञ्चालन ऐन, २०८३ को दफा १९ को उपदफा...
विद्युत प्रसारण शुल्कको निर्देशिका जारी, खुला पहुँच र निजी लगानीको बाटो खुल्यो
काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत प्रसारण शुल्क (ह्विलिङ चार्ज) सम्बन्धी निर्देशिका जारी गरेको छ। आयोगले आयोजना गरेको कार्यक्रममा ऊर्जा क्षेत्रका सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिले निर्देशिका जारी हुनुलाई नेपालको विद्युत व्यापार र प्रसारण प्रणाली विकासका लागि महत्वपूर्ण...
सवारी दर्ताको समस्या समाधान गर्न नाडा र प्रशासनबीच छलफल
काठमाडौँ । नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसंग भेटगरी सवारी साधनहरुको दर्ताको सम्बन्धमा देखा परेका समस्याहरुको विषयमा विस्तृत छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा नाडाका...
नापी कार्यालय कलंकीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार श्रेष्ठले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा...
दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले बिहीबार साइबर ब्युरोलाई प्रसाईंमाथि थप अनुसन्धानका लागि एक दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईंले दायर गरेको...
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
काठमाडौँ । नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण, प्रवद्र्धन र व्यापार विस्तार गर्ने उद्देश्यले आगामी असोज १७ गते शनिबारदेखि चेम्बर अफ कमर्सको भवन, जमलमा ‘चेम्बर बजार’ सञ्चालन गर्ने भएको छ । बजारमा खाद्यान्न लगायत लत्ताकपडा, हस्तकलाका...
यूटीएलको लाइसेन्स खारेज, ८ अर्ब ५ करोड बक्यौता सरकारी बाँकीसरह असुल गरिने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) बाट ८ अर्ब ५ करोड २२ लाख ५७ हजार १५ रुपैयाँ ७६ पैसा बक्यौता असुल गर्ने निर्णय गरेको छ। प्राधिकरणले बिहीबार पत्रकार सम्मेलनमार्फत भदौ महिनामा भएका महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै...
रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु
काठमाडौँ । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ। ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए । रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको उक्त सडकखण्डमा ट्रयाक...
टेलिफोन र इन्टरनेटको गुणस्तर सुधार्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन्। टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको उपभोक्ताको गुनासो अझै कायम रहेको भन्दै मन्त्री तिमिल्सिनाले प्राधिकरणका पदाधिकारीसँग सेवाको अवस्था, गुणस्तर...
तातोपानी नाका खुलाउन चिनियाँ अधिकारीसहित नेपाली टोलीद्वारा स्थलगत निरीक्षण
काठमाडौं । लामो समयदेखि बन्द रहेको चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालनमा ल्याउन नेपाल र चीनका अधिकारीले पहल थालेका छन् । यही क्रममा मंगलबार नेपालस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित नेपाली अधिकारीले सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्...
ऋण लिनेहरूलाई राहत : निरन्तर घट्दै बैंकको आधारदर, कुनबाट पाइन्छ सस्तो ब्याजमा कर्जा ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर क्रमशः घट्दै गएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध हुनुका साथै कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंकहरूको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो । तथ्यांकअनुसार २० वटै वाणिज्य बैंकको औसत आधार...
संघीय संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य हुने
काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्...
दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, फूलपातीदेखि उच्च चाप
काठमाडौँ । नेपालीहरूको महान् पर्व दसैँमा यस वर्ष काठमाडौँ उपत्यकाबाट करिब १५ लाख यात्रु बाहिरिने प्रक्षेपण गरिएको छ । जसमध्ये सार्वजनिक यातायातमार्फत मात्रै झन्डै १० लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ । यात्रुको चाप व्यवस्थापनका लागि असोज ३१...
बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम...
तीन निर्माण कम्पनी कालोसूचीमा, दुईलाई तीन–तीन वर्ष प्रतिबन्ध
काठमाडौँ । सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गर्दै शंकरमाली निर्माण सेवा प्रालि...
रिज लाइन इनर्जीले १०.५२६३ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले शेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १७ गते पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा...



















