वाणिज्य विभागद्वारा भाटभटेनी सुपर मार्केटलाई कारबाही
काठमाडौँ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–०५ स्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा. लिलाई उपभोक्ता संरक्षण ऐन, २०७४ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम निर्देशन दिएको छ। मंगलबार साउन २७ गतेका दिन गरिएको अनुगमन...
नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्सबीच लगानी र व्यापार प्रवद्र्धनमा छलफल
काठमाडौं । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र स्पेनी चेम्बर अफ कमर्स बीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ । आईआरजीडीडीकी अध्यक्ष डा. शर्मिला पराजुली ढकाल मंगलबार विशालनगरस्थित आईआरजीडीडीको कार्यालयमा...
तानाशाही प्रवृत्ति र गुटबन्दीविरुद्ध विद्युत प्राधिकरण कर्मचारी संघका ११ सदस्यको सामूहिक राजीनामा
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका ११ जना सदस्यले सामूहिक रूपमा साधारण सदस्यतासमेत नहरने गरी राजीनामा दिएका छन्। उनीहरूले संघको नेतृत्वमा तानाशाही प्रवृत्ति हावी भएको, गुटबन्दी र व्यक्तिगत स्वार्थका लागि संगठन प्रयोग गरिएको, कर्मचारीका हक–अधिकार र हितका मुद्दामा...
राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै राजीनामा दिएको...
भारतले नेपालबाट थप २०० मेगावाट बिजुली किन्ने सहमति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि अनुमति दिएको छ । यस अन्तर्गत पाँच जलविद्युत् आयोजना—लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट...
भिडियो काण्डपछि उद्योगमन्त्रीद्वारा स्वकीयलाई बर्खास्त
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफ्ना स्वकीय अधिकृत लोकबहादुर भण्डारीलाई पदबाट बर्खास्त गरेका छन्। जनै पूर्णिमाको दिन साउन २४ गते डिस्को पुगेका अधिकृत भण्डारीले युवतीसँग गरेको अस्वभनिय व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी विवादमा...
कालिका पावरको आम्दानीसँगै मुनाफामा सामान्य बृद्धि
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासँगै बिद्युत बिक्री आम्दानी पनि बढेको हो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म नौ करोड ४१ लाख रुपैयाँ...
निरन्तर घट्दै सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको...
चिलिमे हाइड्रोपावरको वर्षदिनः विद्युत बिक्री आम्दानीसँगै नाफा बृद्धि
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले...
अझै माथि उठ्न सकेन घोराही सिमेन्टः नाफा र ईपीएस ऋणात्मक, अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नोक्सानी घटाउँदै लगि रहेको हो । अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा १ अर्ब ४४ करोड रुपैयाँ...
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ः एक लाखले गरे अवलोकन, ‘मेला सोचेभन्दा उत्कृष्ट भयो’
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ गत बुधबारदेखि सोमबारसम्म करिब ६ दिनसम्म चलेको छ । राजधानीमा सम्पन्न यो एक्स्पोमा करिब १ लाख जनाभन्दा बढी आवलोकनकर्ताले सहभागिता जनाएका थिए ।...
रबि लामिछानेलाई तत्काल रिहा नगर्ने आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई तत्काल रिहा नगर्ने आदेश जारी भएको छ । सोमबार गरीएको बहसमा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने...
नेपाल–अष्ट्रेलिया सम्बन्ध ६५ वर्षमाः हरित ऊर्जा र सहकार्यका नयाँ सम्भावनामा एकमत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कासँग अष्ट्रेलियाका नेपालस्थित राजदूत महामहिम लिआन जोनस्टनले शिष्टाचार भेट गरेकी छिन् । ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल–अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध यस...
सामसङ नेपालले ‘सामसङ मनसुन क्याम्प’ सुरु, के-के पाइन्छ सेवा ?
काठमाडौं । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति सामसङ नेपालले ‘सामसङ मनसुन क्याम्प’ सुरु गरेको छ। ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो। यो ग्राहक...
भृकुटीमण्डपमा बीवाईडी ‘एट्टो–वान’ को धमाका : ६ सय युनिट बुकिङ
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडीको नयाँ बजेट ईभी ‘एट्टो–वान’ ले ग्राहकहरूलाई लोभ्याउँदै करिब ६ सय युनिट बुकिङ गरिसकेको छ । बीवाईडीकी सेल्स म्यानेजर सन्ध्या श्रेष्ठका अनुसार आइतबार मात्रै २५० युनिट बुकिङ भएको हो । स्टलमा...
अमुदी फुड्सको यु-एन-मी ब्रान्डले गुणस्तरीय नुडल्स उत्पादन सुरु, अन्तर्राष्ट्रिय बजारमा नेपाली स्वादको नयाँ पहिचान
काठमाडौं। अमुदी फुड्स लिमिटेडले आफ्ना लोकप्रिय U-n-Me ब्रान्डअन्तर्गत गुणस्तरीय नुडल्स उत्पादन सुरु गरेको छ। कम्पनीका कार्यकारी अध्यक्ष अच्युत बस्नेतका अनुसार १९ वर्षको सफल यात्रामा स्न्याक्स क्षेत्रमा उपभोक्ताको विश्वास जित्दै आएको ब्रान्डले अब नुडल्सलाई पनि रणनीतिक रूपमा अघि बढाएको हो।...
शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक
काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ कार्यक्रम आयोजना हुन लागेको छ। उक्त सेमिनारको मुख्य प्रायोजकको रूपमा देशको अग्रणी सिमेन्ट ब्रान्ड शिवम्...
काठमाडौँ महानगरद्वारा प्रशोधित पानीका जारहरूको कडा अनुगमन: २७१ मापदण्ड विपरीत जार नष्ट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको छ। बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्र बनाएको हो। एक हप्ताको अवधिमा विभिन्न क्षेत्रहरूमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीतका २७१ वटा जार बरामद...
भदौ ३ देखि नाडा अटो शो २०२५, प्रधानमन्त्री ओलीको उद्घाटनमा भविष्यमुखी प्रविधिको भव्य प्रदर्शन
काठमाडौँ । नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ। आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने १७ औं संस्करणको...
सुनसरीमा बस र माइक्रो ठोक्किंएः ३ जनाको मृत्यु, १५ जना घाइते
काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश...




















