नाडा र श्रम मन्त्रालयबीच तालिम र रोजगार सृजनामा सहकार्यको सम्झौतामा छलफल

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसंग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ । सो मन्त्रालयले फागुन २६ र २७ गते राजधानीमा...


प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौँ । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपका सदस्यमा नियुक्त भएका छन्। परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त...


सोमबार सुनचाँदीको मूल्य कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो...


ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौँ । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । शुक्रबार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिने भएका हुन् । उनी विश्वकै उत्कृष्ट डिजे र्‍याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन्...


अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवहरुसँग छलफल, के के कुरामा दिए सुझाव ?

काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व अर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला...


१०० रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा कोष स्थिर र दिगो बनाउन मोबाइल रिचार्जबाट योगदान संकलन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। आइतबार झापाको बुद्धशान्तिमा रहेको भागिरथा बुद्धशान्ति अस्पतालको निरीक्षणका क्रममा उनले नागरिकले सर्वाधिक प्रयोग गर्ने सेवामार्फत...


नेपाली बजारमा एलईभी ०१ इलेक्ट्रिक एसयूभी, उत्कृष्ट रेञ्ज र उन्नत सुरक्षासहित उपलब्ध हुँदै

काठमाडौं । नेपाली अटो बजारमा चिनियाँ कम्पनी एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्रिएको छ। नेक्सन वेन्चर प्रा.लि.ले पहिलो पटक नेपालमा ल्याएको यो मोडेल दुई भेरियन्ट- स्ट्याण्डर्ड र कम्फर्ट एडिसनमा उपलब्ध छ। नयाँ प्रविधिसहितको यो गाडी गत महिना नेपाल...


नेपाल-कोरिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत तुम्बाहाङ्फे प्रतिबद्ध

काठमाडौँ । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएकी छिन्। उनले नेपालका हितलाई केन्द्रमा राखी आर्थिक कूटनीतिलाई प्राथमिकता दिने र कोरियाली लगानीकर्तालाई नेपालमा आकर्षित गर्न विशेष पहल गर्ने...


पाथीभरा केवलकार विवाद: वार्तामार्फत समाधान खोज्न सरकारको आह्वान

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणलाई लिएर जारी विवाद समाधान गर्न सरकार वार्ता प्रक्रियामा रहेको छ । गृहमन्त्री रमेश लेखकले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्दै शान्तिपूर्ण संवाद नै समस्याको दीर्घकालीन समाधान हुने बताएका छन् । राष्ट्रिय सभाको...


विद्युत प्राधिकरणले पम्प स्टोरेज जलविद्युत आयोजनालाई प्राथमिकता दिँदै अध्ययन अघि बढायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको...


सरकारी अस्पताललाई बीमाको औषधि उपलब्ध गराउन मन्त्री पौडेलको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बीमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए । उनले भने, ‘अब पनि औषधि...


आज सर्वोच्चका सबै पेशी किन भए स्थगित ?

काठमाडौँ। सर्वोच्च अदालतमा आजका लागि तय भएको सबै पेशी स्थगित भएको छ । पूर्व न्यायाधीश शारदा श्रेष्ठको निधनमा सर्वोच्चका सबै पेशी स्थगित गरिएको हो । ८४ वर्षिया श्रेष्ठको शुक्रबार बिहान उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको थियो । शारदा...


आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।...


तीन दिन लगातार अर्थ समितिको बैठक बस्ने, भन्सार विधेयकलाई अन्तिम रुप दिइँदै

अपडेटः अर्थ समितिका सभापति सन्तोष चालिसेले केहीबेर अघि मात्रै आजको बैठक स्थगित भएको र भोलिदेखि जारी रहने जानकारी दिएका छन् । सांसदहरु राजधानी बाहिर रहेकोले आजको बैठक स्थगित गरिएको जानकारी दिए । …………………….___………………………… काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ...


प्रशिक्षणको आयोजनामा नेशनल साईबर ओलम्पियाड २०८१ को दोस्रो संस्करण भब्यताका साथ सम्पन्न

काठमाडौं । नेशनल साईबर ओलम्पियाड – २०८१ (National Cyber Olympiad 2081) को दोस्रो संस्करणको पहिलो प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । दोस्रो संस्करणको प्रतियोगिता प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन त्था ट्रेकस्पाएर कलेजको मुख्य प्रायोजनमा फागुन ५ गते देखि...


२०८२ सालमा कुन-कुन दिन हुनेछ सार्वजनिक बिदा ? (सूचीसहित)

काठमाडौं । सरकारले आगामी २०८२ सालका लागि सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ। मन्त्रीपरिषद्को निर्णयअनुसार विभिन्न चाडपर्व, दिवस तथा क्षेत्रीय विशेषतालाई मध्यनजर गर्दै सार्वजनिक बिदा स्वीकृत गरिएको हो। राजपत्रमा प्रकाशित विवरणअनुसार नयाँ वर्ष, चण्डी, जनैपूर्णिमा, कृष्णजन्माष्टमी, घटस्थापना, दशैं, तिहार,...


बाइक पछाडि बस्ने यात्रुका हेलमेट अनिवार्य, लाइसेन्स बिना सवारी चलाए १० हजारसम्म जरिवाना

काठमाडौं । सरकारले तीन दशकपछि सवारी तथा यातायात व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यसहित नयाँ ऐन ल्याउने प्रक्रिया अघि बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालको ऐन परिमार्जन गर्दै मस्यौदा सार्वजनिक गरेको छ, जसमा सवारी सुरक्षादेखि जरिवाना प्रणालीसम्म कडाइका विभिन्न...


शिवरात्रीमा गोजी छाम्ने दुई जना पक्राउ, भेटियो १० थान मोबाइल

काठमाडौँ। महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रका दर्शनार्थीहरूको मोबाइल चोरी गर्ने दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। गोरखाका ३१ वर्षीय बिजय मगर र ३४ वर्षीय अभिषेक गुरुङलाई १० थान मोबाइलसहित प्रहरीले नियन्त्रणमा लिएको हो। बालाजु बसन्तनगर गुम्बा नजिकबाट राति महाशिवरात्रीको...


अनेरास्ववियु आरआर क्याम्पसको स्ववियु सभापतिमा लोकेश खड्काले उम्मेदवारी दिने

काठमाडौँ। आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा लोकेश खड्काले उम्मेदवार दिने भएका छन्। अनेरास्ववियुको अध्यक्ष समिक बडालको नेतृत्वमा बसेको बैठकले सर्वसम्मत रूपमा लोकेश खड्कालाई सभापतिका लागि उम्मेदवार बनाउने निर्णय गरेको...


६ महिनामा ११ अर्ब ३६ करोड नाफा, बिजुली बिक्रीबाट ५३.१८ अर्ब आम्दानी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री,...