वाणिज्य विभागको छापाः दुई फर्मलाई जरिवाना, चारलाई ३ दिनको अल्टिमेटम

काठमाडौँ । काठमाडौँमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ। उपभोक्ताको हित संरक्षण र बजारमा अनुशासन कायम गर्ने उद्देश्यले गरिएको स्थलगत अनुगमनका क्रममा कैफियत फेला परेपछि विभागले कारबाही...


राष्ट्रिय जीवन बीमा कम्पनीका अभिकर्ता बलराम श्रेष्ठ चुनावी मैदानमा, श्रम संस्कृति पार्टीबाट भोट माग्दै

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिंदै जाँदा काठमाडौं क्षेत्र नम्बर ९ मा राजनीतिक गतिविधि बढ्न थालेका छन्। यसै क्षेत्रबाट राष्ट्रिय जीवन बीमा कम्पनीका अभिकर्ता बलराम श्रेष्ठले श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्। उनी अहिले मतदातामाझ पुगेर आफ्नो एजेन्डा...


पोखराबाट काठमाडौं आउँदै गरेको नाईटबस मध्यराति त्रिशुलीमा खस्यो, १७ जनाको निधन

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको एक नाईट बस गत मध्यराति बेनिघाटस्थित सडकबाट त्रिशुली नदिमा खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको निधन भएको छ । स्थानीय प्रहरीका अनुसार थप केही बेपत्ता भएको अनुमान गरिएको छ । दुर्घटना लगत्तै स्थानीयबासी,...


पेट्रोलमा इथानोल मिसाउने बाटो खुल्यो, लगानीकर्ता र सरकारपक्ष तयार

काठमाडौं । पेट्रोलमा इथानोल मिश्रण प्रकियाबाट बहुपक्षीय क्षेत्र लाभांवित हुने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यसका लागि सरकार र निजी क्षेत्र तयार रहेको बताएका हुन् । लामो समयदेखि चर्चामा...


बजार प्रभुत्व कायम गर्दै अम्बे सिमेन्ट, १० ब्रान्ड बेच्दै वर्षदिनमा १ अर्ब २८ करोडको व्यापार

काठमाडौँ । स्वदेशी सिमेन्ट उद्योगमा पछिल्ला वर्षमा चुनौतीपूर्ण अवस्था देखिएको बेला अम्बे सिमेन्टले वित्तीय र व्यावसायिक सुधारको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। कम्पनीले सन् २०२५ मा १ अर्ब २८ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने सफलता हासिल गरेको हो...


२०, २१ र २२ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस

काठमाडौँ । निर्वाचन आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको छ। २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक विदा दिन सिफारिस गरिएको आयोगले जनाएको हो ।


दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहाईको माग गर्दै समर्थकहरुले मोटरसाइकल र्‍याली निकालेका छन्। माइतीघर मण्डलामा भेला भएका राजावादीहरुले भद्रकालीसम्म र्‍याली निकालेका हुन् । उनीहरुले ‘कार्की सरकार मुर्दावाद’,...


आगजनीपछि पुनःउठेको भाटभटेनी महाराजगञ्ज भवन, निर्माणमा खटिएका श्रमिकहरूलाई सम्मान

काठमाडौँ । भाटभटेनी सुपरमार्केटको महाराजगञ्जस्थित भवन पुनःनिर्माण कार्यमा खटिएका कामदारहरूलाई सम्मान गरिएको छ। आइतबार आयोजित विशेष कार्यक्रममा सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पुनःनिर्माणमा योगदान पुर्‍याएका श्रमिकहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेका हुन्। आगजनीबाट क्षति पुगेको भवनलाई छोटो समयमै पुनःनिर्माण...


रोल्पाबाट चन्दको सन्देशः ‘नीतिगत स्पष्टता बिना चुनावले देशको भलो हुँदैन’

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जेन–जी पुस्ताले उठाएका मुद्दाहरूको सम्बोधन हुनेमा गम्भीर आशंका व्यक्त गरेका छन्। रोल्पा जिल्लामा आयोजित राजनीतिक सभा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनको औपचारिक तयारी भए...


होलीमा सुरक्षित यात्रा सुनिश्चित: टाटा कमर्सियलको विशेष सर्भिस क्याम्प, पार्ट्स र लेबरमा विशेष छुट

काठमाडौं । होली पर्व नजिकिँदै गर्दा यातायातका साधनहरुको प्रयोग अन्य समयको तुलनामा उच्च हुने गर्दछ। यसैलाई ध्यानमा राख्दै टाटा कमर्सियलले आफ्ना ग्राहकहरुलाई सुरक्षित यात्रा सुनिश्चित गर्न फागुन १० देखि १५ गतेसम्म विशेष होली सर्भिस क्याम्पको आयोजना गरेको छ। उक्त...


महासंघ चुनावी माहोल: हेमराज ढकाल प्यानलसहित उम्मेदवारी दिने तयारीमा

काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चुनावी माहोल सुरु भएको छ। महासंघको ६० औं वार्षिक साधारण सभासँगै नयाँ कार्यसमितिको चयन हुने क्रममा विभिन्न समूहले उमेदवारी घोषणा गर्न तयारी थालेका छन्। महासंघको वार्षिक साधारण...


काठमाडौंमा गरगहना र नगदसहित ६५ लाख चोरी

काठमाडौँ ।  काठमाडौं महानगरपालिका–२६ स्थित सरकारी धार नजिक बस्ने बाग्लुङ घरभएका ३५ वर्षीया कालिका रोका मगरको कोठाबाट चोरी भएको छ । सुनचाँदीका गरगहना र नगदसहित करिब ६५ लाख ५० हजार रूपैयाँ बराबरको सम्पत्ति चोरी भएको हो । चोरीमा संलग्न...


भारतबाट फर्कने मतदातालाई सीमा नाकामा सहजीकरण गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट स्वदेश फर्कने नेपाली नागरिकलाई सीमा क्षेत्रमा सहज आवागमन सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार जारी परिपत्रमार्फत छिमेकी देशका समकक्षीसँग समन्वय बढाई सीमा नाकामा मतदाता...


सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा शतप्रतिशतले बढ्यो, ९३ मध्ये कुनको कति ? (तथ्यांकसहित)

काठमाडौँ । हाइड्रो कम्पनीहरुको मुनाफा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफामा उछाल देखिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा नाफा ऋणात्मक रहेका हाइड्रोले समेत उलेख्य नाफा...


जनउभार अनुरुप घण्टीको घोषणा पत्र आउन नसक्दा कार्यकर्तामा निराशा

काठमाडौं । आगामी फागुन २१ गते निर्वाचन सम्पन्न भएपछि सो पार्टीका बरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने कुरामा दुई मत छैन । अहिले देशैभरि घण्टीको पक्षमा अभूतपूर्व जनउभार आइरहेको छ । तर, निर्वाचनमा देखिएको जनउभारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो...


सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन आज तोलामा एकैदिन पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार...


बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन उपकरण ‘निक्षेप संकलन’ मार्फत ८७ दिनका लागि उक्त रकम तान्न लागेको जनाएको छ। राष्ट्र बैंकका...


भ्रामक सूचना फैलाउने २९० कन्टेन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । निर्वाचनलाई अझै सहभागीमुखी बनाउँदै बदर मतको प्रतिशत घटाउने लक्ष्यसहित निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ। मताधिकारको महत्व, मतदानको विधि र प्रक्रियाबारे आमनागरिकलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ। आयोगका...


बिजुलीको खम्बामा बस ठोक्किंदा २२ जना घाइते

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा एउटा यात्रुबाहक बस बिजुलीको खम्बामा ठोक्किंदा बसमा सवार २२ जना घाइते भएका छन्। आज बिहान करीब सवा सात बजे वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र ०६–००१ ख ००५४ नम्बरको यात्रुबस अनियन्त्रित...


हायर पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८०% कायम गर्न नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सबै प्रकारका सवारी साधनमा सवारी साधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात (एलटीभी रेसियो) हाल कायम ६० प्रतिशतबाट वृद्धि गरी अधिकतम ८० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालय...