गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ
काठमाडौं । रौतहट जिल्लाको गौर नगरपालिका–१, गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको रकम सहित एकजना व्यक्ति पक्राउ परेका छन्। प्रहरीले नगद ५ लाख ५० हजार नेपाली रूपैयाँ र ४ हजार २ सय ८० भारतीय रूपैयाँ सहित भारत सितामढी बैरगनिया...
नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोड ६१ लाख हिनामिना भएको निष्कर्ष
काठमाडौं । नेपाल टेलिभिजनको स्याटेलाइट ब्यान्डविथ खरिद तथा नवीकरण प्रक्रियामा ठूलो आर्थिक अनियमितता भएको सरकारी अध्ययनले औंल्याएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गठित छानबिन समितिले करिब २० करोड ६२ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको निष्कर्षसहित आफ्नो प्रतिवेदन...
वैदेशिक रोजगारीमा गिरावट: गत वर्ष ७ लाख ९२ हजार नेपाली मात्रै विदेशिए
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार समीक्षा अवधिमा श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १८७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या...
वर्षाले देशभरका राजमार्ग प्रभावितः नौ सडक पूर्ण अवरुद्ध, २१ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक
काठमाडौं । देशभर लगातार भइरहेको वर्षासँगै पहिरो, लेदो, ढुंगा खस्ने तथा बाढीको जोखिम बढेपछि विभिन्न राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। प्रहरीका अनुसार आज साउन ३ गते बिहान १०ः४० बजेसम्म देशका विभिन्न स्थानमा कम्तीमा नौ प्रमुख सडक तथा राजमार्ग...
मुग्लिङ–नारायणगढ सडकमा दुई बस र ट्रक ठोक्किंदा ३३ जना घाइते
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किंदा करिब ३३ जना यात्रु घाइते भएका छन्। बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट...
पोखरामा सीजी मोटर्सको मल्टि–ब्राण्ड आउटलेट सञ्चालन, एउटै छानामुनि आयोन, एक्सपेङ र डायन
काठमाडौँ । नेपालमा आयोन, एक्सपेङ र डायन विद्युतीय सवारी साधनको आधिकारीक वितरक सीजी मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टि ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश कृषि भूमि तथा सहकारी मन्त्रि भिम कार्कीद्वारा समुद्घाटन गरिएको उक्त कार्यक्रममा ग्राहकहरुले एउटै...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
लेबलविहीन र चोरी पैठारीका जुत्ता–चप्पल बिक्री नगर्न वाणिज्य विभागको चेतावनी
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता, चप्पल) को उत्पादन, पैठारी तथा बिक्री–वितरण नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ। विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बजारमा लेबलविहीन, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका...
पूर्व अर्थमन्त्री तथा नागरिक अधिकारकर्मी पाण्डेको ८७ बर्षको उमेरमा निधन
काठमाडौं । नागरिक अधिकारका लागि सम्झौताहिन आन्दोलन गरेर नेपालमा प्रजातन्त्र पुनर्बहालमिा अथक भूमिका निर्वाह गरेका डा. देवेन्द्रराज पाण्डेको आज ८७ बर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । २०४७ सालमा डेढ बर्षसम्म अर्थमन्त्री बनेर देशको अर्थतन्त्रका नीति निर्माणमा समेत काम...
विश्वकै शक्तिशाली हाइड्रोजन रेलमा भारतको सफलता, मोदीले गरे उद्घाटन
काठमाडौं । भारतले हाइड्रोजन इन्धनबाट चल्ने आफ्नो पहिलो रेल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियाणाको जीन्द रेलवे स्टेशनबाट हरियो झण्डा देखाएर उक्त रेलको उद्घाटन गरेका हुन्। यो रेल डिजेल वा माथिबाट आउने विद्युत् तारमा निर्भर नहुने भएकाले...
विष्णु पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधारका आधारमा पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दाको प्रक्रिया अघि बढाउन आवश्यक नरहेको निष्कर्ष...
सरकारले एक वर्षमा उठायो १२ खर्ब ४१ अर्ब राजस्व, लक्ष्यको करिब ८४ प्रतिशत पूरा
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा राजस्व संकलनतर्फ लक्ष्यअनुसार उल्लेख्य प्रगति हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयको असार मसान्तसम्मको विवरणअनुसार सरकारले निर्धारण गरेको कुल राजस्व लक्ष्यको ८३.८७ प्रतिशत रकम संकलन गरेको हो। सरकारले गत आर्थिक वर्षका लागि १४...
कोलकाताबाट १ हजार २५० मेट्रिक टन रासायनिक मल नेपाल ल्याइँदै
काठमाडौं । ग्लोबल टेन्डरमार्फत खरिद गरिएको भारतको कोलकाता बन्दरगाहमा आइपुगेको ३० हजार मेट्रिक टन रासायनिक मलमध्ये १ हजार २५० मेट्रिक टन मल आजदेखि नेपालतर्फ ढुवानी शुरु गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार उक्त मल करिब चार दिनभित्र...
स्वकीय सचिवको पारिश्रमिक वृद्धि र भत्तामा सरकार उदार: अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि तथा फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले स्वकीय सचिवहरूको पारिश्रमिक तथा अन्य सुविधाका विषयमा...
सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको आग्रह
काठमाडौं । सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सबै सदस्य (सांसद) हरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण आगामी ६० दिनभित्र अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ। सचिवालयले भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम...
९० दिनमा झण्डै तीन हजारले पाए निःशुल्क उपचार, स्वास्थ्य पोर्टलमा २३८ अस्पताल आबद्ध
काठमाडौं । सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टलमार्फत ९० दिनको अवधिमा २ हजार ७०० भन्दा बढी नागरिकले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको...
सरकारको पुँजीगत खर्च ४६.७८ प्रतिशतमै सीमित
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत खर्च निकै न्यून गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पुँजीगततर्फ १ खर्ब ९० अर्ब ८४ करोड ६६ लाख रुपैयाँ मात्र खर्च गरेको हो, जुन कुल विनियोजनको ४६.७८ प्रतिशत हो। सरकारले...
असार मसान्तका अन्तिम तीन दिनमा ५० अर्ब राजस्व उठ्यो
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३०, ३१ र ३२ गतेसम्म कुल ५० अर्ब १० करोड...
आजदेखि बीमा अभिकर्ताहरूलाई घण्टी सरकारको २० प्रतिशत कर उपहार
काठमाडौं । वर्तमान घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आजदेखि नेपालका चारलाख भन्दा बढी बीमा अभिकर्ताहरुलाई विशेष उपहार स्वरुप २० प्रतिशतका दरले आयमा कर असुल्ने निर्णय कार्यान्वयमा आएको छ। घण्टी चिन्हमा भोट हालेका वा नहालेका सबै प्राकृतिक...
सरकारी निकायमा नयाँ करार नियुक्तिमा रोक
काठमाडौँ । सरकारले अब सरकारी निकायमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न नपाइने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै सरकारी निकायमा परिपत्र जारी गर्दै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको...



















