कुलमान घिसिङद्वारा स्पष्टिकरण पेश, मन्त्रालयको अधिकारमाथि प्रश्न
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले सोधेको २४ घण्टे स्पष्टिकरणको जवाफ पेश गरेका छन्। उनले मन्त्रालयलाई आफूलाई स्पष्टीकरण सोध्ने र पदबाट हटाउने अधिकार नभएको तर्क गरेका छन्। मंगलबार मन्त्री...
दुई सिफ्ट अपरेशन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए । ‘अहिले एक सिफ्टमा भैरहेको छ’ उनले भने,...
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति नाडाको असन्तुष्टि, ‘ब्यवसायीलाई ठुलो मर्का पर्ने भयो’
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति असन्तुष्टि जनाएको छ । समीक्षामा व्यक्तिगत सवारी साधन तथा सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण–मूल्य अनुपात अधिकतम ६० प्रतिशत कायम...
अब इसेवा मार्फत टेलिकमको सिममा रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य
काठमाडौँ । अब इसेवा मार्फत नेपाल टेलिकमको मोबाइल तथा अन्य सेवाहरू रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य गरिएको छ। नेपाल टेलिकमले रिचार्जका लागि न्यूनतम रकम ५० रुपैयाँ तोकेको कारण इसेवामा पनि सोही व्यवस्था लागू गरिएको इसेवाले जानकारी गराएको छ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित तीन महिला पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् । बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीनै जना महिला रहेका छन् ।...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
काठमाडौंका विभिन्न स्थानमा तीन दिन विद्युत सेवा प्रभावित हुने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी १५ माघदेखि १७ माघसम्म भक्तपुर – चपली १३२ के.भी. प्रसारण लाइनलाई LILO (Loop in Loop out) कार्यका लागि सटडाउन गर्ने सूचना सार्वजनिक गरेको छ। यसै कारण, ती दिनहरूमा बानेश्वर, महाराजगञ्ज, रत्नपार्क, जोरपाटी, बालाजु...
सुडानमा सैनिक विमान दुर्घटना, ४६ जनाको मृत्यु
काठमाडौँ । सुडानमा सैन्य विमान दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ। स्थानीय मिडियाका अनुसार सैन्य विमान बस्तीमा खसेको थियो। सुडानी सैनिक प्रवक्ता अनुसार एंटोनोभ विमान वाडी सैयदना हवाईअड्डाबाट उड्नको क्रममा दुर्घटनाग्रस्त भएको हो। यो हवाईअड्डा...
अमेरिका पठाइदिन्छु भन्दै १ करोड ४४ लाख ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका नाममा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम पश्चिमका मनिषराज खड्का, मधु कुमार खड्का र विरेन्द्र खड्का रहेका छन्। मनिषराज ललितपुरको महालक्ष्मी नगरपालिका९४ मा बस्दै आएका थिए भने...
किन पक्राउ परे पशुपति क्षेत्रबाट ७५ जना ?
काठमाडौं । प्रहरीले शिवरात्रि मेलाको अवसरमा लागेको भिडमा आपराधिक कार्यमा संलग्न ७५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूला महानगरीय प्रहरी बृत्त गौशाला र जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । प्रहरीका अनुसार केही गाँजा खाएर हल्ला गर्ने काममा...
१३ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा गरेको छ । तीमध्ये ६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ। मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत साबानकुमार चौधरीलाई सिरहाको विष्णुपुर...
बिवाईडी ‘हाई-टेक वीक’ २०२५: नेपालमा ईभी प्रविधिको भविष्यको नयाँ दिशा, हेर्नुहोस् यी १० तस्बिर
काठमाडौँ। नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाईडी हाई–टेक वीक २०२५ को आयोजना गरेको छ। पहिलोपटक आयोजना भएको यो विशेष कार्यक्रमले विद्युतीय सवारी (ईभी) र अत्याधुनिक प्रविधिहरूलाई अनुभव गर्ने तरिका नै परिवर्तन गरिरहेको छ। कार्यक्रम १४ फागुनदेखि...
नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करण फागुन १६ देखि हुने
काठमाडौँ । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करणमा देशभरका सय जना विद्यार्थीले अन्तिम प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन्। यो प्रतियोगिता फागुन १६ देखि १८ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ, जहाँ अर्थशास्त्र, वित्तीय साक्षरता र व्यवसायिक चिन्तनका क्षेत्रमा उनीहरूले...
५ करोड २१ लाख बिगो र जरिवानासहित दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागको मुद्दा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले स्वदेशमा उत्पादन नहुने विदेशी मदिराको ‘प्याकेजिङ’ सामग्री भन्सार छली नेपाल भित्र्याउने दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ। बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले भारतबाट मदिराका ढक्कन र सिसीमा प्रयोग हुने सामग्रीहरू भन्सार छली नेपाल भित्र्याउने समूहसँग...
भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध
काठमाडौँ । अमेरिकी सरकारले इरानी पेट्रोलियम पदार्थको बिक्री तथा ढुवानीमा मध्यस्थता गरेको आरोपमा भारतस्थित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी वित्त विभागले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा इरानको तेल निर्यात अवैध ढुवानी सञ्जालमार्फत भइरहेको भन्दै कडा कारबाहीस्वरूप प्रतिबन्ध लगाइएको...
सरकारले २० अर्ब ऋण लिने, यस्ता छन् मन्त्रीपरिषदका १५ निर्णय
काठमाडौं । सरकारले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट करिब २० अर्ब रुपैयाँ (१५० मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण लिन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण अन्तर्गत ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’को तेस्रो...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यानडा र मेक्सिकोमाथि कर लगाउने घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानडा र मेक्सिकोमाथि कर लगाउने आफ्नो निर्णय कार्यान्वयनमा जाने घोषणा गरेका छन्। उनले एक महिनासम्म निलम्बित राखिएको आयात कर आगामी महिनादेखि लागू हुने स्पष्ट पारेका छन्, जसले अमेरिकी अर्थतन्त्रमा प्रभाव पार्न सक्ने...
२४ जना सवार रहेको बस धुलिखेलमा दुर्घटना
काठमाडौँ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नंको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।...
नेपाल विद्युत प्राधिकरणलाई ९ करोड ७ लाख रुपैयाँ विदेशमा लगानी गर्न स्वीकृति
काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणलाई ९ करोड ७ लाख ६ हजार ९ सय ६६ रुपैयाँ ३७ पैसा बराबरको लगानी विदेशमा गर्न स्वीकृति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले यसबारे नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जानकारी...
बढ्यो सुनको मूल्य, एक तोला किन्न एक लाख ७१ हजार ३०० रुपैयाँ चाहिने
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...




















