अख्तियारद्वारा चाबहिल यातायात कार्यालयमा छापा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले भ्रष्टाचारको आशंकामा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार अख्तियारको टोलीले कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित कर्मचारीहरू संलग्न रहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदै छापा हानेको हो। अख्तियारका अनुसार सवारी चालक अनुमति पत्र...
सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएको भन्दै युवराज सफल पक्राउ
काठमाडौं । अधिवक्ता युवराज सफल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा...
बजार विस्तारमा आक्रामक इन्टरनेट कम्पनी, गुणस्तर सुधारमा भने उदासीन
काठमाडौं । नेपाली बजारमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संख्या तीव्र रूपमा बढ्दै गए पनि सेवाको गुणस्तर भने उपभोक्ताको अपेक्षाअनुसार सुधार हुन सकेको छैन । करिब दुई दर्जनभन्दा बढी इन्टरनेट कम्पनीहरू बजारमा सक्रिय हुँदा प्रतिस्पर्धा तीव्र बनेको छ । तर...
भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध ६ करोड ७८ लाख भ्रष्टाचार मुद्दा
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार...
क्यूआरबाट भुक्तानी लिंदा स्क्रीनशटमा भर नपर्न राष्ट्र बैंकको चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु बिक्रेताले क्यूआरबाट भुक्तानी लिंदा ग्राहकले देखाएको स्क्रीनशटमा मात्र भर नपर्न चेतावनी दिएको छ। विद्युतीय माध्यमबाट गरिने भुक्तानी कारोबार बढ्दै जाँदा क्यूआर भुक्तानीमा ठगीका घटनाहरू पनि बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ।...
जमलमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किए
काठमाडौँ । काठमाडौंको जमलमा रहेको सिद्धि भवन अगाडि तीन सवारी साधन ठोक्किँदा दुर्घटना भएको छ। मंगलबार दिउँसो करिब साढे १२ बजेको समयमा मोटरसाइकल, स्कुटर र माइक्रोबस आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। ठक्करपछि मोटरसाइकलमा आगो समेत लागेको थियो, जसलाई...
गुडिरहेको अवस्थामै महिन्द्रा ब्रान्डको बीई ६ ईभी कारमा आगलागी, गुणस्तरमाथि गम्भीर प्रश्न!
काठमाडौँ । महिन्द्रा ब्रान्डको बीई ६ विद्युतीय (ईभी) कार गुडिरहेको अवस्थामै भीषण आगलागी भएको घटना सार्वजनिक भएको छ । नेपाली अटो बजारमा करिब ६८ लाख रुपैयाँ मूल्यमा बिक्री भइरहेको उक्त मोडेल भारतको उत्तर प्रदेशस्थित हापुर जिल्लामा राजमार्गमा गुड्दागुड्दै अचानक...
चिनियाँ कम्युनिस्ट पार्टीको टोली नेपाल भ्रमण सकेर फर्कियो
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएको छ । पार्टी मुख्यालय बेइजिङअन्तर्गतको अन्तर्राष्ट्रिय विभागमा नेपाल मामिला हेर्ने निर्देशक झेङ युया (सरला) र उनका सहयोगी लिउ आइतबार सिचुआन प्रान्तको छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेका...
दैनिक सुनको मूल्यले बनाउँदै नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा तीन लाख नौ हजार ३०० रुपैयाँ कायम भएको छ ।...
काठमाडौं–तराई द्रुतमार्गको निरीक्षणमा प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेका छन् । प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी...
नेपाल टेलिकमभित्र बिलिङ सिस्टममा घोटाला
काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमभित्र भ्रष्टाचार, अनियमितता र विवादास्पद ठेक्का प्रक्रियामा भएका घोटालाहरू बाहिरिएका छन्। हालै टेलिकमको बिलिङ प्रणाली खरीद सम्बन्धी ठेक्का रद्द भएपछि यो विषयले थप चर्चा पाएको छ। नेपाल टेलिकमको नेटवर्क र प्रविधिमा लामो समयदेखि चिनियाँ...
राष्ट्रियसभा बैठक बस्दै
काठमाडौं । आज संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि स्थगित भएको राष्ट्रियसभा बैठक माघ ४ गतेदेखि पुनः सुरु...
सैनिक मञ्चको दक्षिण चउरमा २ करोड ७० लाखको वरमुढा ग्रास रोप्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ । सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौँ महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ । अहिले यो ठाउँ युवा र बालबालिकाहरुका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरुका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको...
निर्वाचनमा २ लाख १३ हजार कर्मचारी परिचालन गरिने, भत्तादेखि २० लाखको बीमा सुविधा
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले देशभर करीब २ लाख १३ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ। आयोगले मतदान केन्द्रदेखि केन्द्रीय कार्यालयसम्म आवश्यक जनशक्ति व्यवस्थापनको काम अघि बढाइसकेको जनाएको छ।...
डोटीको चुनावि माहोलः मैदानमा २९ वर्षे युवादेखि ६९ वर्षे बुढासम्म, कस्को पल्ला भारी ?
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन नजिकिदै गर्दा डोटीमा चुनावी माहोल तातिएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा ९ दलका उम्मेदवारले चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । नेकपा एमालेबाट दिपक धामी, नेपाली कांग्रेसबाट भरत खड्का, नेपाली कम्युनिष्ट...
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै धर्मराज तिमिल्सिनाले आयोगमा उजुरी दर्ता गराएका...
भन्सार ऐन २०८२ का कडा दण्ड–जरिवाना अव्यवहारिक : कमलेश अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले भन्सार ऐन, २०८२ मा समावेश दण्ड तथा जरिवानासम्बन्धी प्रावधानहरू अत्यधिक कठोर, अव्यवहारिक र कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले...
दाङमा नागरिकता घोटाला: वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर) लगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार वडाध्यक्ष यादव, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेश कुमार कहार, इलाका...
पाथीभराको केवलकार तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध प्रदर्शन
काठमाडौँ । पाथीभराको केवलकार तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध प्रदर्शन भएको छ। प्रतिनिधि सभाको चुनावको मुखमा स्थानीय समुदायले ताप्लेजुङको पाथीभरा जाने बाटोमा निर्माण हुँदै गरेको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटाको मदन चौकमा विरोध कार्यक्रम आयोजना भएको...
फाइनान्स र नगद छुटसहित बजाजको महा एक्सचेन्ज, पुरानो बाइकले दिन्छ बढी मूल्य!
काठमाडौं । बजाजका लागि नेपालका आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले आजदेखि काठमाडौंको भृकुटिमण्डपमा ‘बजाज नेक्स्ट–जेन महा एक्सचेन्ज कार्निभल’ संचालन गर्न लागेको छ । उक्त कार्निभल आगामी माघ १७ गतेसम्म आयोजना हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बजाज...


















