सिंचाइ विभागमा पटकपटक महानिर्देशक फेरिन्छन्, सचिव दवाडीमाथि छानबिन किन हुँदैन?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीमाथि सिँचाइ विभागमा पटक–पटक हुने महानिर्देशक परिवर्तनदेखि ठेक्का प्रक्रिया, कर्मचारी सरुवा, बजेट बाँडफाँट र प्रशासनिक हस्तक्षेपसम्मका विषयमा तत्काल छानबिनको माग सहित राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ। उजुरीमा पछिल्ला तीन...


यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै...


नक्कली प्रमाणपत्रले जागिर खाएका साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक (सातौं तह) मनोज कुमार झाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी स्वामित्वको संस्थामा सेवा प्रवेश गर्नुका साथै बढुवा र विभिन्न सुविधा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान...


२ प्रतिशत घट्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले कटौती गरेको छ । इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै विभागले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा समायोजन गरेको हो । विभागका अनुसार यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर...


सम्पत्ति शुद्धीकरणलाई राजनीतिक अस्त्र बनाउने गल्ती गर्दैनौं: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयलाई राजनीतिक उद्देश्य पूरा गर्न दुरुपयोग गरिए नेपाल ग्रे लिस्टबाट बाहिरिन...


गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। आज असार १८ गते बसेको मन्त्रिपरिषदको बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल, कैलालीलाई नियुक्त गरेको हो।


मन्त्रिपरिषद्को निर्णयः नेपाल प्रहरीका ८ एआईजीको सरुवा

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्य...


विष्णु पौडेल थप ६ दिन थुनामै रहने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई थप ६...


सातै प्रदेशमा फरेन्सिक प्रयोगशाला विस्तार गरिने, यसै वर्ष दुई नयाँ शाखा खोल्ने तयारी

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान (फरेन्सिक) प्रयोगशालाको सेवा देशभर विस्तार गरिने बताएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलका क्रममा उनले सबै प्रदेशमा प्रयोगशालाका शाखा स्थापना गर्ने योजना रहेको...


यात्रुवाहक मिनीबस कर्णाली नदीमा खस्यो

काठमाडौँ । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्दा १४ जना यात्रु बेपत्ता भएका छन्। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा कर्णाली ०३–००१ ख १०५५ नम्बरको बुलबुले यातायातको गाडी सडकबाट करिब ५०० मिटर तल कर्णाली...


प्रेस काउन्सिल नेपालका कर्मचारीहरु आन्दोलित

काठमाडौँ । प्रेस काउन्सिल नेपालका कर्मचारीहरुले आज समान रुपमा महँगी भत्ताको माग गर्दै कार्यालय परिसरमा धर्ना दिएका छन् । नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेको भत्ता लामो समयदेखि रोकिएको भन्दै न्यायको माग सहित आन्दोलन गरेका हुन् । आज विहानै...


४५ करोडको व्यापार गरे पनि चन्द्रागिरि हिल्सको नाफा ऋणात्मक, हकप्रदमार्फत ऋण तिर्ने योजना

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले ९ महिनामा नै साढे ४५ करोडको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । भदौ २४ गते भएको जेनजी...


स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशकमा क–कस्ले दिए आवेदन?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका आवेदकहरूको नाम सार्वजनिक गरेको छ। स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि ५ जनाले आवेदन दिएका छन्। यसमा सुवास प्याकुरेल, सिमृन काफ्ले, निजन...


मुख्यमन्त्रीलाई नै ट्राफिक प्रहरीले काट्यो चीट

काठमाडौँ । हेल्मेट नलगाई मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि आलोचना बढेपछि ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर कारबाही प्रक्रिया अघि बढाएको हो। ट्राफिक प्रहरीले...


सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।...


आज पाँच जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज असार १८ गते पाँच जिल्लामा बाढीको जोमिख रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। आज कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–साना...


आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । बालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत एजेन्डामाथि छलफल हुने जनाइएको छ।


सुदूरपश्चिममा निरन्तर वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेपछि तराईदेखि पहाडी जिल्लासम्म बाढी, डुबान र पहिरोको जोखिम बढेको छ। सम्बन्धित निकायले नदी तथा खोलाको सतह बढ्न सक्ने र पहिरोको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। जल तथा...


ट्राफिक कारवाहीबाट एकैदिन १८ लाख जरिवाना संकलन

काठमाडौं । असार १७ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म काठमाडौं उपत्यकामा गरिएको २४ घण्टे ट्राफिक कारवाहीमा १ हजार ७२१ चालक परेका छन् भने उनीहरूबाट १७ लाख ८७ हजार ५२५ रुपैयाँ जरिवाना संकलन भएको छ। काठमाडौं...


३० दिनभित्र दर्ता गर्न राइड सेयरिङ सेवा प्रदायकलाई निर्देशन

काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका राइड सेयरिङ सेवा प्रदायक कम्पनी, संस्था, व्यक्ति तथा प्लेटफर्मलाई ३० दिनभित्र अनिवार्य रूपमा दर्ता इजाजतपत्र लिन निर्देशन दिएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सूचना जारी...