सात वटा विश्वविद्यालयमा एकैचोटी उपकुलपति नियुक्त

काठमाडौं । सात वटा विश्विद्यालयहरूमा एकैचोटी उपकुलपति नियुक्त भएका छन्। बालेन्द्र शाहले एकैचोटी सात विश्विद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्। त्रिभुवन विश्वविद्यालयमा प्रा.डा भोला थापा, सुदूरपश्चिम विश्विद्यालयमा किसन दत्त भट्ट, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल,...


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त

काठमाडौं । प्राध्यापक डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्। काठमाडौं विश्वविद्यालयका पूर्वउपकलपति समेत रहिसकेका थापालाई बालेन्द्र शाहले उपकुलपतिमा नियुक्त गरेका हुन्। थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय रहेका छन्।


कानुनमन्त्री सोविता गौतमद्वारा १०० दिने प्रगति विवरण सार्वजनिक

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले यस अवधिमा गरेका प्रमुख काम र उपलब्धि सार्वजनिक गरेकी छन्। गत चैत १३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री गौतमले शुक्रबार...


बैतडीमा यात्रुबाहक बस २०० मिटर तल खस्यो, १७ जना घाइते

काठमाडौं । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३९६३ नम्बरको यात्रुबाहक बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा...


माग सम्बोधन भएपछि प्रेस काउन्सिलका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौँ । महँगी भत्ता उपलब्ध गराउने विषयमा कर्मचारीहरूले थालेको आन्दोलनपछि अवरुद्ध भएको प्रेस काउन्सिल नेपालको सेवा कर्मचारीको माग सम्बोधन भएसँगै पुनः सुचारु भएको छ। नेपाल सरकारको नियमानुसार स्थायी कर्मचारीहरूले पाउँदै आएको अनिवार्य दायित्वअन्तर्गतको विशेष भत्ता (महँगी भत्ता) वि.सं. २०८२...


उच्च प्रतिफल दिने क्षेत्रमा लगानी बढाउनुपर्छः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मुलुकको दीर्घकालीन आर्थिक विकासका लागि उच्च प्रतिफल दिने क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा सरोकारवालाबाट राय–सुझाव संकलन गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा...


गोकर्णेश्वरबाट ३९ लाख रुपैयाँसहित एक युवक पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा पहेलो पुलबाट स्रोत नखुलेको नगद ३९ लाख ४१ हजार ६२० रूपैयाँ सहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्ने बारा पचरौता नगरपालिका–७ घर भएका २३ वर्षीय मनमोहन साह कलवार रहेका...


फ्रि तिब्बत काण्ड उचाल्न अन्तर्राष्ट्रिय प्रयास भएको पुष्टी, नेपालमा शान्ति सुरक्षा चुनौतिपूर्ण

काठमाडौं । अन्तर्राष्ट्रिय विभिन्न शक्तिहरुको आडमा फ्रि तिब्बत अभियान चलाउन तथा तीव्र पार्न लागेको तथ्य हालैको घटनाले पुष्टी गरेको छ । आज संयुक्त राष्ट्र संघको मुख्यालयको गेटमा फ्रि तिब्बती अभियान्ता ५२ बर्षिय लोब्सान पाल्देन (गोग्बा रिन्जेन) ले आफैलाई आगो...


कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको छड्के अनुगमन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले शुक्रबार त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयको छड्के अनुगमन गर्दै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी छन्। मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीसहित पुगकी मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको अवलोकन गर्दै सेवाग्राहीलाई सहज, छिटो...


कांग्रेस एमालेले चुसेर छोक्रा मात्रै बाँकी राखेको साझा यातायातमा रास्वपाको प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले पञ्चायतकालपछि ब्रम्हलूट मच्चाउन उपयोग गरेको साझा यातायातलाई सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुदृष्टि लगाएको छ । सो पार्टीले आफ्नो चुनावी नारा पुरा गर्न दशकौं लामो इतिहास बोकेको सार्वजनिक संस्था साझा यातायातलाई...


रौतहटको नमूना विद्यालय भवन निर्माणमा ११ लाख भ्रष्टाचार, चारजना विरुद्ध मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयमा भवन निर्माणका क्रममा ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध मुद्दा चलाएको छ। राजपुर नगरपालिकाले २०७५ फागुन ३ गते नमूना विद्यालय विकास...


आन्तरिक पर्यटनबाट अर्थतन्त्रमा २.६५ प्रतिशत योगदान, नेपालीले एक वर्षमै खर्चिए ४ खर्ब ५९ अर्ब रुपैयाँ

काठमाडौं । नेपालमा आन्तरिक पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २.६५ प्रतिशत योगदान दिएको...


संवैधानिक परिषद्को बैठक आज, रिक्त पदमा नियुक्ति सिफारिसको तयारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बेलुकी ५ बजे बस्ने भएको छ। प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो। उनका अनुसार बैठकमा संवैधानिक निकायहरूमा रहेका रिक्त पदमा नियुक्तिका लागि...


चिनियाँ सीमाक्षेत्रबाट पक्राउ परेका दुई नेपाली सात दिनपछि रिहा

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ हुँदै लप्ची पुगेका दुई नेपाली युवक सात दिनपछि चिनियाँ प्रहरीको नियन्त्रणबाट रिहा भएका छन्। सीमाक्षेत्रमा ड्रोन उडाएको आशंकामा १२ असारमा पक्राउ परेका उनीहरूलाई चिनियाँ प्रहरीले तातोपानीस्थित मितेरी पुलमा ल्याएर नेपाली अध्यागमनको जिम्मा लगाएको हो।...


सुनको मूल्यमा उच्च वृद्धि, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन एकैदिन तोलामा सात हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ...


सिएनआईका पूर्वअध्यक्ष विष्णु अग्रवालले बीमापोष्टसँग मागे ३५ करोड ४० लाख

काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष एवम् बिनोद चौधरीका नातेदार व्यापारी विष्णु प्रसाद अग्रवालले बीमापोष्टलाई ३५ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गरेका छन् । बीमापोष्टमा प्रकाशित भन्सार छली र भ्याट छली सम्बन्धी समाचार र सेरस गाडीको गुणस्तर तथा उपभोक्ता...


बर्ड फ्लुबाट पीडित किसानका लागि ५० करोड निकासा, ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाइने

काठमाडौं । बर्ड फ्लुबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन सरकारले ५० करोड रुपैयाँ क्षतिपूर्ति रकम निकासा गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले पशुसेवा विभागमार्फत उक्त रकम उपलब्ध गराएको हो। मन्त्रालयका अनुसार बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा रोग...


शेयर बजारमा राईदाई गरिरहेको कालोधन छानविन कहिले ? बालेनको सुशासनको धज्जी नउडोस्

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार यतिबेला सुशासनका लागि सम्झौता विहिन अभियानमा छ । सरकारले थुप्रै बिचौलिया, सेटिङकर्ता र कालोधनको खेतिपाती गर्नेहरुलाई जेल हाल्ने तयारी गरिरहेको छ । गृहमन्त्री सुदन गुरुङको तिखो नजर देशभित्र जनताले चुसेर रातारात अर्बपति बनेकाहरुलाई...


सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरेको छ। पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालत ले दिएको...


आयल निगममा ओभरटाइम भत्तामा कडाइ, वार्षिक १३ करोड खर्च कटौती गर्ने तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) का नाममा दिइँदै आएको भत्ता कटौती गर्ने तयारी अघि बढाएकी छन्। निगममा ओभरटाइम भत्ताका नाममा भइरहेको करोडौँ रुपैयाँको खर्च तथा त्यससँग जोडिएका अनियमितता नियन्त्रण...