बर्ड फ्लूले बागमतीमा बढायो संकट, पाँच जिल्लामा २ लाखभन्दा बढी कुखुरा नष्ट
काठमाडौं । बागमती प्रदेशका पाँच जिल्लामा बर्ड फ्लू संक्रमण तीव्र रूपमा फैलिँदा दुई लाखभन्दा बढी कुखुरा नष्ट गरिएको छ। सम्बन्धित निकायका अनुसार संक्रमण नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिएपछि प्रभावित क्षेत्रका फार्ममा रहेका कुखुरा, अण्डा र दाना नष्ट गर्ने अभियानलाई...
डिशहोमका ग्राहकलाई तुषाल मल्टिभेन्युमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष जीवनशैली, फिटनेस र वेलनेस सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी भएको छ। डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यबाट ग्राहकहरूले विभिन्न...
हेटौंडामा गाडी दुर्घटना, ६ जना घाइते
काठमाडौं । महेन्द्र राजमार्गअन्तर्गतको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चोकप्वाइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र ०६–००१ ज ०४६९ नम्बरको विद्युतीय गाडी मंगलबार दिउँसो दुर्घटनामा परेको हो। अचानक जंगली जनावर बाटो...
आज पनि थुनामुक्त भएनन् विष्णु पौडेल, सर्वोच्चमा सुनुवाइ स्थगित
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज पनि थुनामुक्त नहुने भएका छन्। उनको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले थप कागजात झिकाउने आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले दीपक भट्टसँग सम्बन्धित मुद्दाको...
सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
काठमाडौं । सार्वजनिक मालवाहक ट्रकको रुट इजाजतसम्बन्धी व्यवस्था लागू गर्ने क्रममा संघीय सरकार र बागमती प्रदेश सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले ट्रक व्यवसायीको पक्षमा फैसला गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
जलवायु अनुकूलनका लागि नेपाललाई १ अर्ब ३३ करोड रुपैयाँ अनुदान
काठमाडौं । नेपालका हिमाली तथा पहाडी क्षेत्रमा जलवायु परिवर्तनबाट प्रभावित समुदायको खाद्य प्रणालीलाई थप उत्थानशील बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका लागि १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ३३ करोड रुपैयाँ) बराबरको अनुदान परियोजना स्वीकृत गरेको छ।...
वर्षौँदेखि उठ्न नसकेको साढे ४२ करोड भाडा दुई सातामै असुल, ४५ उद्योगको विद्युत् लाइन काटियो
काठमाडौं । वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै ४२ करोड ५४ लाख रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता असुली अभियानलाई तीव्र बनाएसँगै ठूलो रकम...
बीवाईडी प्रकरणपछि भन्सार विभागका महानिर्देशक श्याम भण्डारी अर्थ मन्त्रालय तानिए
काठमाडौं । भन्सार विभागका महानिर्देशक श्याम भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको छ । बजेट वक्तव्यअघि विद्युतीय सवारीसाधन (ईभी) को भन्सार महसुल दर परिवर्तनसम्बन्धी सूचना चुहिएको भनिएको बीवाईडी प्रकरणपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयमार्फत भण्डारीलाई मन्त्रालय तानेका हुन्। बजेटमा करका...
मध्यपूर्व युद्धविरामको प्रभाव: विश्वभर इन्धन सस्तिँदै, नेपालमा भने अझै आनाकानी
काठमाडौं । मध्यपूर्वमा तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा घटाएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ओरालो लाग्दासमेत नेपाल आयल निगमले भने उपभोक्तालाई राहत दिन अझै कुनै निर्णय...
भक्तपुरमा उत्पादित रायो सागमा भेटियो विषादी, नष्ट गर्न निर्देशन
काठमाडौं । विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाईले असार १६ गते मंगलबार गरेको विषादी अवशेष परीक्षणको क्रममा रायो सागमा अत्यधिक मात्रामा विषादी हालेको भेटिएको छ। एकाईले विभिन्न १२ थरीका तरकारीहरूमा विषादी अवेशष परीक्षण गरेकोमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा उत्पादित/प्रशोधित...
सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन एकैदिन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
आज सातै प्रदेशमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं । जल तथा मौमस विज्ञान विभाग अन्तर्गतको मौमस पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ। आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा, कर्णाली प्रदेशको पहाडी र...
ढिलासुस्ती गर्ने १० निर्माण कम्पनीलाई सडक डिभिजनको अन्तिम अल्टिमेटम
काठमाडौं। सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १० वटा निर्माण व्यवसायी तथा फर्मलाई ७ दिनभित्र काम सक्न अन्तिम चेतावनी दिएको छ। कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायी तथा फर्महरूलाई बाँकी निर्माण कार्य सम्पन्न...
भन्सार छली गरी ल्याइँदै गरेका २० लाख रुपैयाँ बराबरका ३५ थान आइफोन बरामद
काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका एप्पल कम्पनीका ३५ थान आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले सोमबार कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा नेपालतर्फ...
पासपोर्ट भ्रष्टाचार प्रकरण : ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा आरोपित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले आरोपितहरूको संलग्नता, मुद्दाको प्रकृति र उपलब्ध प्रमाणको...
विष्णु पौडेललाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धानका लागि असार ८ गते सोमबार पक्राउ परेका पौडेललाई असार ९ गते विशेष अदालतले ७ दिन (आज सोमबारसम्म) हिरासतमा...
बोतलभित्र छेपारो भेटिएपछि ऋषि जल उत्पादकलाई २ लाख जरिबाना, सबै बोतल बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं । सिरहाको लहानस्थित एक होटलमा बिक्री गरिएको प्रशोधित पिउने पानीको बोतलभित्र छिपकिली (छेपारो) भेटिएपछि सम्बन्धित उत्पादक कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको छ। ईलाका प्रशासन कार्यालय लाहानका अनुसार असार १० गते लहान नगरपालिका–३ स्थित न्यू भान्जा होटलमा बिक्री...
कर सुधारदेखि विद्युत् भ्याटसम्मका निर्णय दीर्घकालीन आर्थिक हितका लागि : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधान मुलुकको दीर्घकालीन आर्थिक हित, अर्थतन्त्रको औपचारिकीकरण तथा वित्तीय प्रणालीलाई थप सबल बनाउने उद्देश्यले ल्याइएको बताएका छन्। सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा...
मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
काठमाडौं । बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका क्रममा २२ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिएको उक्त योजनामा वास्तविक...
सवारीका कालो सिसा हटाउने अभियान अघि बढ्दै, नाडा–ट्राफिकबीच विस्तृत छलफल
काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेटगरी सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको छ । सो छलफलको क्रममा काठमाण्डौं उपत्यका...




















