१३ जना जेनजी बने शहिद

काठमाडौं । देशको राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भएको आन्दोलनमा उपत्यकाका विभिन्न अस्पतालमा हालसम्म १३ जना जेनजी युवाहरुको मृत्यु भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो...


जेनजी आन्दोलनमा २० जनाबढीको मृत्यु भएको आन्दोलनकारीको दावी, ट्रमा सेन्टरमै ४ जना मृत्यु

काठमाडौं । देशको राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भएको जेन जी पुस्ताको आन्दोलनमा परेर कम्तिमा २० जना बढीको मृत्यु आन्दोलनकारीले दावी गरेका छन् । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन जी पुस्ताहरुले आन्दोलन सुरु गरेका हुन् ।...


जेनजी पुस्तामाथि राज्यको निर्मम दमन, बानेश्वरमा युवाको लाश ढल्यो कि शासन व्यवस्था ?

काठमाडौं । भ्रष्टाचार, कुशासन र बेथीतिमा डुबेको राज्यसत्ताका विरुद्धमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा पुस्तामाथि सरकारले आतातायी शैलीको निर्मम दमन गर्दै दर्जन बढि युवाहरुको हत्या गरेको छ । नयाँ बानेश्वरमा प्रहरी सुरक्षाकर्मीले गोली हानेर युवाहरुको हत्या गर्ने क्रम रोकिएको छैन...


प्रहरीको दमन थप बढ्दै, सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी अश्रुग्याँस प्रहार

काठमाडौँ । सिभिल अस्पतालको इमर्जेन्सीमा पुगेको अवस्थामा पनि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। केहीबेरअघि प्रहरीले लगातार अश्रुग्याँस प्रहार गरेको थियो। यसका कारण अस्पताल वरिपरि तनावपूर्ण अवस्था सिर्जना भएको छ र त्यहाँको भिड तितरवितर भएको छ। नयाँ बानेश्वर क्षेत्रमा जेनजीहरूले...


राष्ट्रिय ट्रमा सेन्टरमै चार जनाको मृत्यु

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको...


जेन-जी आन्दोलन थप चर्किन थालेपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज राजधानीसहित देशभरि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी समूहको विरोध प्रदर्शन भएको थियो। काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा...


सुरक्षाकर्मीले बल प्रयोग गरेपछि उग्र बने जेन-जी, एम्बुलेन्समा आगजनी

काठमाडौँ । जेन जी युवाहरूको प्रदर्शनका क्रममा बानेश्वरमा एक सवारी साधनमा आगजनी भएको छ । सुरक्षाकर्मीले प्रदर्शनमा बल प्रयोग गरेपछि आक्रोशित जेन जी युवाहरूले एम्बुलेन्समा आगजनी गरेका हुन् । आज दिउँसो १२:३० बजेदेखि कर्फ्यू लागू भए पनि प्रदर्शनकारीले त्यसको...


चारै तिरबाट संसद भवन भत्काउँदै जेन-जी

काठमाडौं । भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी जेनजीहरूले संसद् भवनको पर्खाल भत्काएका छन्। प्रदर्शनकारीहरूले रेलिङको फलाम निकालेर पर्खालमा भ्वाङ पारेका छन्। आज दिउँसो १२:३० बजेदेखि कर्फ्यू लागू भए पनि प्रदर्शनकारीले त्यसको अवज्ञा गरेका छन्। घटनास्थलमा स्थिति नियन्त्रण गर्न सेना सडकमा खटाइएको...


बानेश्वरमा थप २० वर्षीय एक युवाको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर गोली लागेर घाइते भएका थप एक जना युवाको मृत्यु भएको छ । जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २० वर्षीय युवाको पनि मृत्यु भएको हो ।


प्रहरीको गोली लागेर एक जनाको मृत्यु, ७०–८० जना घाइते

काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।


नयाँ बानेश्वरमा प्रहरी निरन्तर चलायो गोली, ७ जना जेन-जी घाइते

काठमाडौँ । जेन जी आन्दोलनका क्रममा बानेश्वरमा प्रहरीले दर्जनभन्दा बढी गोली चलाएकाृे छ । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर ७ जना घाइते भएका हुन् । बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की...


पत्रकार श्रेष्ठलाई लाग्यो रबरको गोली

काठमाडौं  । नयाँबानेश्वर क्षेत्रमा जेनजीले आयोजना गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कान्तिपुर टिभीका पत्रकार घाइते भएका छन्। दृष्य संकलनका क्रममा श्याम श्रेष्ठको पाखुरामा रबरको गोली लागेको हो। सिभिल अस्पतालमा उपचार भइरहेको जानकारी कान्तिपुर टेलिभिजनका नायव समाचार...


राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको चारैतिर कर्फ्यू लगाउने सरकारको निर्णय

काठमाडौँ । काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारीसँगै महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरिएको छ । यस अवधिमा तोकिएको सीमाभित्र कुनै पनि व्यक्तिले आवत जावत गर्न, भेला, जुलुस, प्रदर्शन,...


काठमाडौँको सडकमा देखियो सेना

काठमाडौँ । काठमाडौँको सडकमा सेना देखिएको छ । काठमाडौँ जिल्ला प्रशासनले १२ः३० बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी गरेपछि सडकमा सेना देखिएको हो । जेन जीद्वारा कर्फ्यू आदेशको अवज्ञा गरिरहेका छन् ।


नेपालको संघीय संसद भवन प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षा व्यवस्था कोल्याप्स

काठमाडौं । नेपालको संघीय संसद भवन जेनजी प्रदर्शनकारीहरुले कब्जामा लिएका छन् । आज विहानदेखि सुरु भएको प्रदर्शनको क्रममा संघीय संसद भवन प्रदर्शनकारी युवाहरुले कब्जामा लिन सफल भएका हुन । संसदीय संसद भवनको तीन वटै गेटबाट सुरक्षाकर्मीहरुलाई पन्छाएर प्रदर्शनकारीहरुले कब्जा...


‘जेन-जी’ द्वारा कर्फ्यू आदेशको अवज्ञा, के हुँदैछ बानेश्वरमा ?

काठमाडौँ । जेन जीद्वारा कर्फ्यू आदेशको अवेज्ञा भएको छ । काठमाडौँ जिल्ला प्रशासनले १२ः३० बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी गरेपनि जेन जीहरुले आन्दोलन जारी राखेको हो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो...


नयाँ बानेश्वर क्षेत्रमा हवाई फायर

काठमाडौँ । जेनजीको आन्दोलन चर्किएपछि नयाँ बानेश्वरमा प्रहरीले हवाई फायर गरेको छ । आन्दोलनकारी संसद भवन भित्रै प्रवेश गरेपछि प्रहरीले हवाई फायर गरेको हो । अपरान्ह १२ः३० बजेदेखि २३ गते रातीको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा...


जेन-जी संसद भित्रै छिरेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौँ । काठमाडौंका कर्फ्यू आदेश जारी भएको छ । बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखी दक्षिण...


संसद भवनकै सुरक्षा गर्न सरकार असफल, नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र प्रदर्शनकारी

काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकारले जनताको सार्वभौम भनिएको संसद भवनकै सुरक्षा गर्न असफल भएको छ । आजको जेनजीले घोषणा गरेको आन्दोलनको क्रममा प्रहरीको घेरा तोडेर आन्दोलनकारीहरु नयाँ बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गर्न सफल...


नयाँ बानेश्वरको संसद भवनको मुल गेटमा पुगे प्रदर्शनकारी, भिषण संघर्ष नजिक !

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन भिषण उग्ररुप लिने संकेत गरेको छ । प्रदर्शनकारीहरुले प्रहरी सुरक्षाकर्मीको घेरा तोडेर निषेधित क्षेत्र नाघेर नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेटमा पुगेका छन् । प्रदर्शनकारीहरु संसद भवनको मूल गेटमा पुगेपछि प्रहरी सुरक्षाकर्मीहरुले अश्रुग्याँस र...