महासंघको निर्वाचन विवाद चुलियोः कालो ब्यानरमा १८ वटा संस्थाको ‘पत्रकार सम्मेलन’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ भित्रको आन्तरिक विवाद चर्किँदै अदालतसम्म पुगेको अवस्थामा १८ वटा संघ तथा महासंघ (वस्तुगत सदस्य) हरूले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गरेका छन्। उनीहरूले आफूहरूलाई ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियाबाट बाहिर राख्न खोजिएको...
आइतबार पनि ओपिडी सेवा सुचारु राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा सम्बन्धित निकायलाई आइतबार पनि ओपिडी सेवा सुचारु राख्न निर्देशन दिएको छ । सरकारले सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेसँगै मन्त्रालयले सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक...
शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता,...
५४ उपसचिव र १४ शाखा अधिकृतको सरुवा, को कहाँ ?
काठमाडौं। सरकारले ५४ जना उपसचिव र १४ जना शाखा अधिकृतको सरुवा गरेको छ। प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त निर्णय गरेको हो। यससँगै २७ जना कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा...
वस्तुमा एमआरपी र लेबल अनिवार्य गर्न निर्देशन, अन्यथा कारवाही गरिने चेतावनी
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा वस्तुको मूल्य पारदर्शी बनाउन ‘अधिकतम खुद्रा मूल्य (एमआरपी)’ अनिवार्य रूपमा लागू गर्न सबै सरोकारवालालाई कडा निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले चैत २६ गते एक सूचना...
उपसभामुखको निर्वाचन हुँदै, राप्रपा र श्रम संस्कृति पार्टीबीच प्रतिस्पर्धा
काठमाडौं । आज चैत २७ गते प्रतिनिधि सभाको उपसभामुखका लागि निर्वाचन हुँदैछ। आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ। उपसभामुख पदका लागि दुई वटा राजनीनितक दलबाट मात्रै उम्मेदवारी परेको छ। ५ सीट...
आयल निगमद्वारा गैरकानुनी रुपमा मूल्यबृद्धि, १५ दिनमा हुनुपर्ने समायोजन ७ दिनमै
काठमाडौं । हरेक १५ दिनमा स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको नेपाल आयल निगमले नेपाली जनताको ढाड सेकिने गरी गैरकानुनी रुपमा मूल्य बृद्धि गरेको छ । निगमले हरेक अंग्रेजी महिनाको १५ र १ तारिकका दिन भारतीय...
त्रिभुवन विमानस्थलमा आकस्मिक स्वास्थ्य सुरक्षा लागि आधुनिक उपकरण जडान
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाई यात्रु तथा विमानस्थल प्रयोगकर्ताहरूको आकस्मिक स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) जडान गरेको छ। विमानस्थल कार्यालयका अनुसार यात्रुहरू विमानस्थल परिसरमा वा हवाई यात्रा गर्ने क्रममा अचानक बेहोस हुने, श्वासप्रश्वास रोकिने वा ढल्ने...
श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैं सम्हाल्ने
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाहलाई पदमुक्त गर्दै उक्त मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्ने निर्णय गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्रीले श्रम मन्त्रालयको कामकाज आफैं सञ्चालन गर्नेछन्। बाँकी मन्त्रीहरूको...
तरकारीमा किसान मार्ने बिचौलिया तह लगाउँदै सरकार, कालीमाटीमा देखियो यस्तो अनियमितता
काठमाडौँ । तरकारी बजारमा किसानको मूल्य घटाउने र उपभोक्तालाई महँगो पार्ने बिचौलिया प्रवृत्तिलाई नियन्त्रण गर्ने तयारीमा सरकार जुटेको छ । यही सन्दर्भमा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीको टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारमा आकस्मिक...
उद्योग बाणिज्य महासंघको साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघ लाई चैत २९ र ३० गतेका लागि तय गरिएको निर्वाचन प्रक्रियासहितको ६०औँ वार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सदस्यता विवादसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले...
पूर्वसभामुख महराका बाबुछोरा र भन्सार कर्मचारीविरुद्ध ७ करोड रुपैयाँभन्दाको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित भन्सारका उच्च अधिकारी र अन्य व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
बालेन्द्र शाहद्वारा आफ्नै मन्त्रीलाई बर्खास्त
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गरेको छ । सरकारभित्रै अनुशासन र नैतिकतामाथि प्रश्न उठिरहेका बेला यस्तो निर्णय आएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह लाई पदमुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको...
बिष्णु अग्रवालः १७ बर्षदेखि भ्याट र भन्सार छलीमा संलग्न, कारवाहीमा कहिले पर्लान ?
समाचार टिप्पणी काठमाडौं । कुनै आश्चर्य भएनछ भने यामाहा मोटरसाइकलका आधिकारिक बिक्रेता बिष्णु अग्रवालमाथि अझै पनि कुनै कारवाही हुने छैन । यद्यपि अहिलेको वर्तमान रास्वापको सरकार भ्रष्टाचारमा शून्य सहनशिलता अपनाएकोले यस पटक अग्रवाल कारवाहीमा पर्ने सम्भावना पनि उत्तिकै छ...
उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको समर्थन
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) ले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ। श्रम संस्कृतिबाट उपसभामुखको उम्मेदवार रुविकुमारीले आफ्नो मनोनयन दर्ता गराएकी छन्। रुवि समानुपातिक सांसद हुन्। उनको समर्थनमा रास्वपाका सांसद अशोक चौधरी समेत...
नरेशलाल समुहले प्रि बजेट छलफल, उद्योगी समस्याको सम्बोधनमा बजेटमार्फत प्रतिवद्धता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल समुहले प्रि बजेट छलफल सम्पन्न गरेको छ । उद्योगी व्यवसायीका समस्या तथा मागलाई आगामी बजेटमार्फत सम्बोधन गराउने उद्देश्य अनुरुप सो समुहले सरकार र निजी क्षेत्रबीच प्रि...
इरानले भन्योः ‘युद्धविरामका सर्त उल्लंघन भयो, अब वार्ताको अर्थ छैन’
काठमाडौँ । इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौता उल्लंघन भएको आरोप लगाएको छ। इरानले विशेषगरी लेबननमा इजरायलद्वारा जारी आक्रमणलाई यस उल्लंघनको उदाहरणको रूपमा प्रस्तुत गरेको छ। इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले जारी गरेको विज्ञप्तिमा दशबुँदे प्रस्तावका तीन सर्त अमेरिकाले...
काठमाडौँको असन बजारमा हरेक शनिवार सवारी निषेध गर्ने निर्णय
काठमाडौँ । काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ । यस अघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन...
६ महिनामा ‘फोनपे’ को व्यापार ६१ करोडः आईपीओ मार्फत थप विस्तारको तयारी, पायो ए माइनस रेटिङ
काठमाडौँ । ‘बुक बिल्डिङ’ विधिमार्फत आईपीओ निष्काशनको तयारीमा रहेको फोनपे पेमेन्ट सर्भिसले ६ महिनामा नै ६१ करोडमाथिको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को ६ महिनामा कम्पनीले ६१ करोड १० लाख रुपैयाँको व्यापार गरेको...
पक्राउ परेको १३ दिनमा एमाले अध्यक्ष ओली रिहा
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले अस्पतालमै रिहा गरेको छ। जटिल स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई अहिले परिवारको जिम्मामा लगाइएको हो । ओलीलाई चैत १४ गते जेनजी आन्दोलन सम्बन्धी घटनामा दमन गरेको...




















