भाइटिकाको दिन विदेशी म्द्राको विनिमयदर निर्धारण, कसको खरिद–बिक्री मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ...


नेपाल संवत् ११४६ सुरु, काठमाडौं उपत्यकामा नेवार समुदायको भव्य र्‍याली (तस्विरहरु)

काठमाडौं । नेपाल संवत् ११४६ बुधबारदेखि सुरु भएको छ। नेपाल संवत्को नयाँ वर्षको स्वागतमा नेवार समुदायले आज बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरन सहितको र्‍याली निकालेका छन्। र्‍यालीमा सहभागीहरू नेवारी भेषभूषामा सजिएका थिए। र्‍यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा...


अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ब्यापक घट्यो

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सूनको मूल्यमा ठूलो मात्राले गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार ६ प्रतिशतले घटेको हो । नेपाली बजारमा रेकर्ड कायम गर्दै आएको सूनको मूल्यमा एकाएक भारी गिरावट आएसँग तहल्का पिटेको छ । सोमबार...


आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल...


आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव

काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बुधबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम...


मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा, कहिले देखि हुन्छ सञ्चालन ?

काठमाडौं । नेपाल–चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ । सो स्थानमा रहेको पक्की मोटोरेबल पुल गत...


सानाए ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

काठमाडौं। जापानको संसदले मंगलबार सानाए ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ। राजनीति र कार्यस्थलमा वृद्ध पुरुषहरूको प्रभुत्व रहेको जापानजस्तो पितृसत्तात्मक देशका लागि यो एक ऐतिहासिक क्षण हो। आर्थिक समस्या र विभाजित राजनीतिले ग्रस्त जापानमा अमेरिकी राष्ट्रपति...


पुतलीसडकमा तीन वटा कार एक–आपसमा ठोक्किए

काठमाडौं । काठमाडौंको पुतलीसडकमा ३ वटा कार एक आपसमा ठोक्किएका छन् । मंगलबार दिउसो ११ः३० बजेतिर पदमोदयमोड चोकमा उक्त कारहरुश्र एक–आपसमा ठोक्किएका हुन् । पदमोदय चोकमा रहेको जेब्रो क्रसिङमा सबैभन्दा अघि रहेको कार रोक्किदा पछाडीबाट तिब्र गतिमा आएका दुई...


राष्ट्रिय सम्मानका साथ विपिनको महाकालीमा गरियो अन्त्येष्टि

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन् । अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक...


म्याग्दीको राहुघाटमा ८४ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ ।रघुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको...


पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ

काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना...


राजनीतिक दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मंगलबार विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । उनले आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभाको निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट...


अधिवक्ता स्वागत नेपाललाई साइबर ब्यूरोले किन बोलायो ?

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपाललाई बोलाएको छ । प्रधानमन्त्री सुशीला कार्कीबिरुद्ध भ्रम फैलाएको भन्दै ब्युरोलाई नेपाललाई सोधपुछको लागि बोलाएको बताइएको छ । सांसद नभएको व्यक्ति र प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुनु अयोग्य रहेको भन्दै टिप्पणी...


डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने ६ उद्योगको लाइन मंगलबार बिहानै काटियो, कसको बक्यौता कति ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महशुल नतिर्ने ६ वटा उद्योगको बिद्युत लाइन काटिदिएको छ । प्राधिकरणले आज अर्थात मंगलबार बिहान ६ बजेदेखि उक्त उद्योगहरुको विद्युत लाइन काटेको हो । प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा...


चितवनमा भयानक स्कुटर दुर्घटना, सवार दुवै जनाको मृत्यु

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–१० मा एयरपोर्ट नजिकै सोमबार राति स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राति करिब २ बजेको समयमा बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र...


मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनकोे खरिद–बिक्री मूल्य कति ?

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...


तिहारमा कस्तो रहनेछ मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका...


विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने व्यवस्था हटाउनुपर्छः शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्ने बताएका छन् । सोमबार केशरमहलस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरूमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री...


विपिनको शव काठमाडौं ल्याइयो, विमानस्थलमै प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली

काठमाडौं । गाजामा मारिएका नेपाली युवा विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थलमै उनीप्रति श्रद्धाञ्जली दिइएको छ । जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्कीसहितका उच्च पदस्थहरू विमानस्थल पुगेका थिए । विपिनको शव आजै कञ्चनपुरस्थित उनको...


नेपाली सेनाका कर्णेलसहितका उच्च अधिकारीमाथि एक्सन, को–को हुन पक्राउ पर्ने तीन कमाण्डर ?

काठमाडौं । नेपाली सेनाको हेडक्वाटरले आफ्ना तीन सैनिक कमाण्डरहरुलाई पक्राउ गरी कोर्ट मार्शल सुरु गरेको छ । भदौं २४ गते जेनजी आन्दोलनको समयमा नेपाली सेनाको भूमिकाबारे प्रश्न उठिरहेको बेला जिम्मेवारीमा रहेका तीन जना कर्णेललाई पक्राउ गरी एक्सनमा उत्रिएको हो...