रसुवामा पहिरोले ११ घरगोठमा क्षति पुर्याउँदा साढे २९ लाख बराबरको क्षति
काठमाडौं । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका –०१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण र आंशिक क्षति पुर्याएको छ । शुक्रबार राति करिब १० बजे काजुलाबाट पहिरो आएर घर तथा गोठमा क्षति पुगेको हो । उक्त...
गरिमा चौधरी हत्या प्रकरणमा ३ बुँदे सहमति, ७ दिनभित्र कानुन संशोधनको सुझाव दिन समिति गठन हुने
काठमाडौं । बारा जितपुर सिमरा उपमहानगरपालिका–९ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनापछि सरकारले पीडित परिवारको माग सम्बोधन गर्न तीन बुँदे प्रतिबद्धता जनाएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा सरकारका तर्फबाट गृह मन्त्री सुधन गुरुङ,...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.८२ रुपैयाँ र बिक्रीदर १५३.४२ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०९.४६ रुपैयाँ र बिक्रीदर १०९.८९...
सरकारले स्थापना गर्दैछ ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’, ३० कर्मचारी रहने
काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ अनुुसार यस्तो केन्द्र स्थापना गर्न लागिएको हो।...
कानुनी व्यवस्था भए औषधीय गाँजा खेतीमा सहजीकरण गर्छौं : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणलाई कानुनी रूपमा व्यवस्थित गर्न सकिए अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन्। राष्ट्रियसभाको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजालाई आय,...
नेपाल बैंकको आकर्षक अटो लोन अफर: नाडा अटो शोमा आधार दरमा ०.४९% प्रिमियममै कर्जा
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ गते देखि १४ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन गईरहेको नाडा अटो शो २०२६ लाई लक्षित गदै ग्राहकहरुका लागि विशेष तथा आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ ।...
सम्बन्धविच्छेद प्रमाणपत्र दिन १० हजार घुस, वडा सचिवविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार शाहविरुद्ध १० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने भन्दै...
फोहोर व्यवस्थापनको बैठकमै भनाभन, मेयर महर्जनसँग विवादपछि सांसद तामाङ बाहिरिइन्
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे छलफल गर्न बसेको बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङबीच भनाभन भएपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी छन्। शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको...
विश्वस्तरीय डाटा सुरक्षा मापदण्ड पूरा गर्दै इसेवालाई ‘पीसीआई डिएसएस’ मान्यता
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को मान्यता प्राप्त गरेको छ । कार्ड डाटा सुरक्षासम्बन्धी विभिन्न विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवाले उक्त मान्यता प्राप्त...
२५ रुपैयाँ प्रतिकिलोमिटरको मागमा पठाओको जवाफ–‘सहमति भए भाडा संशोधन गर्छौँ’
काठमाडौँ। राइड सेयरिङ सेवा प्रदायक कम्पनी पठाओ नेपालले राइडरहरूले उठाउँदै आएको उचित भाडादर र प्रतिकिलोमिटर आम्दानीको मागप्रति आफू गम्भीर रहेको जनाएको छ। सरकार, राइडर प्रतिनिधि र डिजिटल प्लेटफर्मबीच सहमति भएर सबैमा समान रूपमा लागू हुने न्यूनतम भाडादर तय भए...
डीडीसीको घ्यू अब दुबईमा, पहिलोपटक ६ सय किलो निर्यात
काठमाडौं। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घ्यू दुबई निर्यात सुरु गरेको छ। दुबईमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै डीडीसीले शुक्रबारदेखि घ्यू निर्यात थालेको हो। डीडीसीले पहिलोपटक ६ सय किलो घ्यू जहाजमार्फत दुबई पठाएको छ। दुबईमा घ्यू...
शंखमुलमा होस्टलभित्रै युवकको हत्या
काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको कुटपिटमा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्। उनी शंखमुलस्थित उक्त होस्टलमा बस्दै आएका थिए। प्रहरीका...
डेटा, प्रविधि र मानवीय सम्बन्धको संयोजनले बिक्री क्षेत्रको भविष्य निर्माण गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आधुनिक बिक्री प्रणाली केवल वस्तु वा सेवा बेच्ने प्रक्रिया मात्र नभई ग्राहकलाई बुझ्ने, मूल्य सिर्जना गर्ने, विश्वास निर्माण गर्ने र दीर्घकालीन सम्बन्ध विकास गर्ने कला भएको बताएका छन् ।...
गोर्खाली पहिचान झल्काउँदै आयो रोयल इन्फिल्डको ‘गोर्खा एडिसन’, मूल्य ५ लाख ९९ हजार
काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्राइभेट लिमिटेडले क्लासिक–३५० को विशेष संस्करण ‘गोर्खा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपाली वीरता, साहस र गोर्खाली पहिचानलाई रोयल इन्फिल्डको विरासतसँग जोड्दै कम्पनीले यो विशेष संस्करण बजारमा ल्याएको...
अर्थमन्त्रीलाई प्रश्न, ‘नोटबन्दी किन नगर्ने ?’ जवाफ, ‘सोचेका छैनौँ’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्वु संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएक हुन् । छलफलमा सहभागी नागरिकहरूले नोटबन्दी...
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की पुनः नियुक्त
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त भएका छन् । भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उदयपुरका स्थायी बासिन्दा कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा...
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा नलगाड नगरपालिका १० बस्ने २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा...
लामो समयपछि खुल्दै पीपीए, नयाँ मापदण्ड बनाउन सात दिनको समय
काठमाडौँ । लामो समयदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउने प्रक्रिया सरकारले औपचारिक रूपमा अघि बढाएको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले पीपीए गर्न आवश्यक नयाँ मापदण्ड तयार पार्न उपसमिति गठन गरेसँगै ऊर्जा उत्पादनका क्षेत्रमा देखिएको अन्योल हट्ने अपेक्षा...
निरन्तर बढ्दै सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ३०० रुपैयाँले उकालो लागेको हो । अघिल्लो दिनपनि सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...
प्रधानमन्त्रीबाट गरिएको नियुक्ती सर्वोच्चद्वारा खारेज, गैर कानुनी काममा उचालिँदै बालेन
काठमाडौँ । सुशासन, विधि र थिति कायम गर्ने नारासहित गठन भएको बालेन शाह नेतृत्वको सरकारले गरेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्च अदालतले महेश्वरभक्त श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्षमा गरिएको नियुक्ति कानुनविपरीत ठहर गर्दै...




















