डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने ६ उद्योगको लाइन मंगलबार बिहानै काटियो, कसको बक्यौता कति ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महशुल नतिर्ने ६ वटा उद्योगको बिद्युत लाइन काटिदिएको छ । प्राधिकरणले आज अर्थात मंगलबार बिहान ६ बजेदेखि उक्त उद्योगहरुको विद्युत लाइन काटेको हो । प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा...
चितवनमा भयानक स्कुटर दुर्घटना, सवार दुवै जनाको मृत्यु
काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–१० मा एयरपोर्ट नजिकै सोमबार राति स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राति करिब २ बजेको समयमा बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र...
मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनकोे खरिद–बिक्री मूल्य कति ?
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...
तिहारमा कस्तो रहनेछ मौसम ?
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने व्यवस्था हटाउनुपर्छः शिक्षामन्त्री पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्ने बताएका छन् । सोमबार केशरमहलस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरूमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री...
विपिनको शव काठमाडौं ल्याइयो, विमानस्थलमै प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली
काठमाडौं । गाजामा मारिएका नेपाली युवा विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थलमै उनीप्रति श्रद्धाञ्जली दिइएको छ । जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्कीसहितका उच्च पदस्थहरू विमानस्थल पुगेका थिए । विपिनको शव आजै कञ्चनपुरस्थित उनको...
नेपाली सेनाका कर्णेलसहितका उच्च अधिकारीमाथि एक्सन, को–को हुन पक्राउ पर्ने तीन कमाण्डर ?
काठमाडौं । नेपाली सेनाको हेडक्वाटरले आफ्ना तीन सैनिक कमाण्डरहरुलाई पक्राउ गरी कोर्ट मार्शल सुरु गरेको छ । भदौं २४ गते जेनजी आन्दोलनको समयमा नेपाली सेनाको भूमिकाबारे प्रश्न उठिरहेको बेला जिम्मेवारीमा रहेका तीन जना कर्णेललाई पक्राउ गरी एक्सनमा उत्रिएको हो...
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा भ्रष्टाचार, कहिले होला छानबिन ?
काठमाडौं । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा आवश्यकता नै नभएका सामाग्रिहरु खरिद गरेर करोडौं रुपैयाँ भ्रष्टाचार गरिएको तथ्य बाहिर आएको छ । करिव दुई वर्ष अगाडी केन्द्रले उर्जा क्षेत्रमा कार्यरत प्राविधिक तथा कर्मचारीहरुलाई तालिम दिने भन्दै करोडौं रुपैयाँका सामानहरु...
टीयू क्रिकेट मैदानमा ६ वटै फ्लड लाइटका टावर ठड्याउने काम सम्पन्न, निरन्तर परिक्षण गरिदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुई वटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर...
काठमाडौं महानगरद्वारा ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान कार्य सम्पन्न हुने चरणमा पुर्याएको छ । हाइ मास्ट बत्ती राख्न आवश्यकता देखिएका ७० वटा चोकमध्ये पहिलो चरणमा ६२ वटा चोकमा पोल गाडेर अहिले बत्ती जडानको काम...
अपाङ्ग र ज्येष्ठ नागरिकलाई हवाई भाडामा ८० प्रतिशतसम्म छुट गर्ने नागरिक उड्डयनको निर्णय
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई हवाई भाडामा ५० देखि ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । शुक्रबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष तथा आन्तरिक वायुसेवा कम्पनीका...
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं कैलाली जिल्लाको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्। बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नं को ट्याक्टर आज दुर्घटना...
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित
काठमाडौं । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ७० औं स्थापना दिवसको विशेष समारोहकाबीच अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो ।...
४८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ७५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २...
डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट
काठमाडौँ । डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ। यस सहकार्यअन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका...
करोडौं रुपैयाँ पचाउन खुट्टाको औठा छाप लगाउने वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा वडाध्यक्षसहितका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका–९ को वडा...
मन्त्रिपरिषद् बैठकले गर्यो यी २० निर्णयहरु (सूचीसहित)
काठमाडौं । सरकारले विद्युत् उत्पादन, प्रसारण र वितरण लगायतका विभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विद्युत् उत्पादन, प्रसारण...
जेन–जी आन्दोलनमा मारिएका ४१ जनाको हत्यारा को ?
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ४१ जना मृतको हत्या कसले गरेको भन्ने बारे नेपाली सेना नै अन्यौलमा परेको छ । शुक्रबार अर्थात असोज ३१ गेत पत्रकार सम्मेलन गर्दै क्षतिको विवरण सार्वजनिक गरेको सेनाले...
‘जेन-जी आन्दोलन’मा गाडी जलेपछि प्रहरीद्वारा ८५ नयाँ सवारी किन्न टेण्डर आह्वान
काठमाडौँ । नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले बिहीबार सूचना जारी गर्दै पेट्रोलबाट चल्ने ७५ वटा र १० वटा विद्युतीय पिकअप गाडी खरिदका लागि टेण्डर आह्वान गरेको हो ।...
‘उज्यालो दिपावली सुरक्षित बनाऔं’ : नेपाल विद्युत प्राधिकरणको सावधानी अपनाउन आग्रह
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिपावली तथा छठ पर्वको अवसरमा विद्युतीय सजावट गर्दा सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ । प्राधिकरणका अनुसार पर्वको बेला घर तथा कार्यालयलाई झिलिमिली बत्तीले सजाउने क्रममा विद्युतका तार, पोल र अन्य संरचनामा लापरबाहीपूर्वक बत्ती...




















