हचुवाकै भरमा दुई दिन विदा दिने सरकारको निर्णय, अर्थतन्त्र चौपट र सेवाग्राही मारमा

काठमाडौं । निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत प्राप्त गरेपछि बनेको नयाँ सरकारले कैयौं निर्णयहरु हचुवाको भरमा गर्ने र पछि सच्याउँदैमा हैरान हुने अवस्थाबाट गुज्रिरहेको छ । पछिल्लो पटक शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णयले सिंगो देश...


काभ्रेको रोशी क्षेत्रका क्रसर तत्काल बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। गिट्टी–बालुवा उत्खननका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै उनले यसप्रति गम्भीर चासो व्यक्त गरेका हुन्। प्राकृतिक विपद्...


इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोगको घोषणा

काठमाडौँ । विश्वव्यापी मोबिलिटी एण्ड डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै आफ्ना ड्राइभर पार्टनरहरूलाई सहयोग गर्न रु २२ लाख बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ । यस पहलमार्फत कम्पनीले चालकहरूको आर्थिक दबाब...


क्लासिकटेक, मर्कन्टायलसहित पाँच इन्टरनेट कम्पनीलाई कारवाहीको तयारी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि बाँकी बक्यौता नतिर्ने इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूमाथि कडा कदम चाल्ने तयारी गरेको छ। प्राधिकरणले हाल पाँच वटा सेवा प्रदायक कम्पनीलाई अनुमति पत्र खारेज गर्ने प्रक्रियामा अघि बढाएको हो। प्राधिकरणले गत साता...


सिएनआईका पूर्व अध्यक्ष बिष्णु अग्रवालद्वारा फोटोन गाडी आयातमा करोडौं भन्सार छली

काठमाडौं । नेपालमा यामाहासहितका विभिन्न अटो कम्पनीको आधिकारिक बिक्री प्रबन्धक एमएडब्लु बृद्धिका सञ्चालक बिष्णु अग्रवालले फोटोन ईभी गाडी आयातमा करोडौं रुपैयाँ भन्सार छली गरेको खुलेको छ । टेकुस्थित एमएबडब्लु बृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.का सञ्चालक बिष्णु अग्रवालले आव २०८०।०८१ मा...


घुससहित रंगेहात समातिएका बारबर्दिया नगरपालिकाका इन्जिनियर मल्लविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहनदेव मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार भवन तथा बस्ती विकास शाखामा कार्यरत मल्लले वडा नं। ७ स्थित एक विद्यालयको चार कोठे...


पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा निवेदन दिएको छ। विशेष अदालतले आरोपितहरूलाई साधारण तारिख तथा न्यून धरौटीमा रिहा गर्ने आदेश दिएकोप्रति असन्तुष्टि जनाउँदै...


एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

काठमाडौँ ।  महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बखरी चौक नजिक मंगलबार दुई मोटरसाइकल आपसमा ठोक्किँदा ३ जना परीक्षार्थीको मृत्यु भएको छ। बर्दिवास–जलेश्वर सडकखण्डमा भएको उक्त दुर्घटनामा परीक्षार्थीहरू एसईई परीक्षा दिइसकेपछि घर फर्किँदै थिए। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने...


यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरु

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बैठकले ८ निर्णय गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डोटीका डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी...


पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। अब पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा छुट हुने भएको छ । सरकारले पेट्रोलियम पदार्थ भइरहेको महङ्गीलाई मध्यनजर गर्दै आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले...


राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त भएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केहि समय अघि मात्रै अवकाश लिएका थिए ।


नेपालको अर्थतन्त्र दोस्रो त्रैमासमा ४.०५ प्रतिशतले वृद्धि

काठमाडौँ ।  नेपालको अर्थतन्त्र चालू आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमासमा करिब ४.०५ प्रतिशतले वृद्धि भएको प्रारम्भिक तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वृद्धि देखिएको हो।...


मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ पाँचौँ स्थानमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम फेरबदल गरेका हुन् । यसअघि दोस्रोमा रहेका डा. स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर...


नयाँ बानेश्वरबाट ३० लाखसहित ४ जना पक्राउ, हुण्डी र क्रिप्टो कारोबारमा संलग्न रहेको आरोप

काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा अवैध आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हुण्डी तथा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) प्रयोग गरी गैरकानुनी कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको काठमाडौं...


टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाकाबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना को निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन...


मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो, के हुनेछन् निर्णय ?

काठमाडौँ । बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। एक मन्त्रीका अनुसार बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी तय गरिएको छ। बैठकमा आज राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको जनाइएको छ।...


मंगलबार बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


विद्युत प्राधिकरण कार्यालयका प्रमुख घुस सहित रंगेहात पक्राउ

काठमाडौं । सप्तरी जिल्लास्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास १ लाख ४० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन्। दासले चार्जिङ स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको...


ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र–२०८८’ बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत रहेको कार्यालयका अनुसार ६ वर्षे अवधिको उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो। ऋणपत्रको बोलकबोल चैत...


टेम्केमैयुङमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकामा बीमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश कार्यालयकी प्रमुख प्रीति देवको सभाध्यक्षता रहेको थियो भने टेम्केमैयुङ गाउँपालिकाका...