अपेक्षा अनुसार बिक्री हुन नसकेपछि बिवाईडीको नयाँ रणनीति, मेला र छुट मार्फत ग्राहक लोभ्याउने प्रयास!
काठमाडौं । पछिल्लो समय नेपालमा बिवाईडी गाडीको बिक्रीमा गम्भीर समस्या देखा परेको छ। प्रतिस्पर्धी कम्पनी टाटा र हुन्डाईका आकर्षक मोडलहरु बजारमा भित्रिएपछि बिवाईडीले आफ्नो बिक्री लक्ष्य पूरा गर्न सकेको छैन। बिक्रीमा आएको गिरावटका कारण कम्पनीले विभिन्न मेला आयोजना गरेर...
विद्यालयमा छात्रवृत्ति र खाजाको रकम हिनामिना, अध्यक्ष-प्रधानाध्यापकविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं । कपिलवस्तुको एक सामुदायिक विद्यालयमा छात्रवृत्ति देखि लिएर दिवा खाजा र पाठ्यपुस्तकका लागि आएको रकमसमेत दुरूपयोग भएको खुलेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले कपिलवस्तुको विश्वमैत्री...
एनपीएल दोस्रो संस्करणको उद्घाटन, काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्स भिड्दै
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को उद्घाटन टीयु क्रिकेट मैदानमा सोमबार भव्य उद्घाटन भएको छ । उद्घाटन खेल सुरु हुनु अघि मैदानमाथि हेलिकप्टरबाट फूल वर्षा गरिँदै प्रतिस्पर्धाको दोस्रो संस्करण विशेष आकर्षणसहित प्रारम्भ गरिएको हो। कार्यक्रमका...
इमानदार व्यवसायीलाई झमेला नहोस्, कर प्रणाली सुधार ल्याउँछौंः अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले सोमबार आयोजना गरेको कार्यक्रममा उनले हालैको ‘जेनजी आन्दोलन’ ले निजी क्षेत्रमा पुर्याएको प्रभावप्रति गहिरो चिन्ता...
सुधारिँदो सिमेन्टको वित्तीय चित्रः शिवम्, सर्वोत्तम, सोनापुर र घोराही सिमेन्टमा को कति अब्बल ? (तथ्याङ्कसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था विस्तारै लयमा फर्कि रहेको छ । गत आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक कम्पनी केहि सकारात्मक यात्रा तिर फर्कि रहेको देखिएको हो ।...
कार्तिकसम्ममा ३ खर्ब २९ अर्ब राजस्व सङ्कलन, लक्ष्य पूरा हुन सकेन
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२।०८३ को कार्तिकसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम रहेर सार्वजनिक भएको छ। राजस्व व्यवस्थापन महाशाखाका तथ्याङ्कअनुसार यस आर्थिक वर्षको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब तोकिएको थियो। तर कार्तिकसम्मको लक्ष्य ४ खर्ब २५ अर्ब २३ करोड...
‘दिव्य ज्योति हाइड्रोपावर लमजुङमा ५० मेगावाट आयोजना, स्थानीयलाई रोजगार र शेयर लाभ सुनिश्चित’
काठमाडौँ । दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले लमजुङमा ५० मेगावाट क्षमताको मर्स्याङ्दी वेसी जलविद्युत आयोजना निर्माण गर्दा त्यसको अधिकतम लाभ स्थानीयले नै पाउने भएका छन् । कम्पनीले स्थानीयको चासो र चिन्ताको उचित सम्बोधन गर्ने गरि आयोजना निर्माण गर्ने प्रतिवद्दता जनाएको...
बढ्यो सुनको मूल्य, आज प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आव सुन प्रतितोला दुई लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य...
देशका उत्कृष्ट करदाताहरू घोषणा, बैंक–वित्तीय श्रेणीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट
काठमाडौँ । कर दिवसका अवसरमा आ.व. २०८०/०८१ को आय विवरणका आधारमा विभिन्न क्षेत्र तथा विधामा सबैभन्दा धेरै आयकर योगदान गर्ने करदाताहरूको सूची सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभागले देशको कर प्रणालीमा उदाहरणीय भूमिका निर्वाह गर्ने करदाताहरूलाई सम्मानित गर्न प्रत्येक...
राजधानीका २५ वर्षौंदेखि अलपत्र सडक ठेक्का एकैसाथ रद्द, निष्क्रिय ठेकेदारमाथि कारबाही सुरु
काठमाडौं । सडक निर्माणका लागि सम्झौता गरेर वर्षौंसम्म काम नअगाडी बढाउने ठेकेदारमाथि कडा कारबाही अघि बढ्दै सरकारले राजधानीका २५ रूग्ण ठेक्का रद्द गरेको छ। सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार सार्वजनिक सूचना जारी गर्दै २०६७/६८ देखि २०७९/८० आर्थिक वर्षसम्म सम्झौता...
आफूलाई पक्राउ गर्न सक्ने भन्दै ओली सशंकित
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सक्ने आशंका व्यक्त गरेका छन्। आइतबार गुण्डूस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँग संवाद गर्दै अध्यक्ष ओलीले सरकारको यस्तो कदमलाई...
पत्रकार रामचन्द्र खड्का ‘विशेष नागरिक सम्मान–२०८२’ द्वारा सम्मानित
काठमाडौँ । सामाजिक रुपान्तरणकालागि नागरिक समाजको १९औं वार्षिकोत्सव तथा पाचौं विशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान २०८२ शनिबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले सामाजिक रुपान्तरणको क्षेत्रमा विगत १९ वर्षदेखि अविच्छिन्न रूपमा क्रियाशील...
निर्वाचन आयोगमा १२२ दल दर्ता, सात खारेज
काठमाडौं । निर्वाचन आयोगमा हाल १२२ राजनीतिक दल दर्ता भएका छन् । आयोगले आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलनमार्फत यो जानकारी सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणाको दिन पनि १२२ दल दर्ता थिए र हाल पनि...
केपी ओलीसँग फोटो खिचाएपछि शान्ता चौधरीको अचार पसलमा आगलागी
काठमाडौं । नेकपा (एमाले) नेतृ एवं पूर्वसांसद शान्ता चौधरीले शुक्रबार मात्रै उद्घाटन गरेको अचार पसलमा आगलागी भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार मात्रै भव्य उद्घाटन गरिएको ‘शान्ताको अचार’ पसलमा आइतबार बिहानै ३ बजे आगलागी भएको हो। प्रहरी र दमकल सहितको...
फागुन २१ को निर्वाचन धरापमा, प्राविधिक रुपमा समेत असम्भव
काठमाडौं । आगामी फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनको सम्भावना लगभग समाप्त भएको छ । निर्वाचनका लागि प्राविधिक रुपमा समेत अब फागुन २१ गतेको निर्वाचन सार्नुपर्ने अवस्थामा पुगिसकेको देखिन आएको छ । सरकारले विदेशमा रहेका नेपालीहरुले समेत...
४.४८ प्रतिशतले बढ्यो श्रमिकको ज्याला
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्ममा नेपालमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो दर ३.३१ प्रतिशतमा सीमित थियो। प्रदेशअनुसार कोशी प्रदेशमा तलब तथा ज्यालामा १.१२ प्रतिशत, मधेशमा ३.६२...
तीन महीनामा ७२ अर्बको वस्तु निर्यात हुँदा ४ खर्ब ६८ अर्बको आयात
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तीन महीनामा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आवको तीन महीनाको तुलनामा...
असोजमा महङ्गी नियन्त्रणमा, उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सीमित
काठमाडौं असोज २०८२ मा नेपालमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महङ्गी) १.४७ प्रतिशतमा सीमित रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यो दर ४.८२ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले घटेको छ भने गैर–खाद्य तथा...
विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड, बैंकिङ प्रणाली १९.९ महिनाको आयात धान्न सक्षम
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको तथ्यांक सार्वजनिक गर्दै देशको विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा उच्च भएको जानकारी दिएको छ। तथ्यांक अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल...
३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ३ महिनामा भित्रियो ५ खर्ब ५३ अर्ब
काठमाडौं । आर्थिक वर्ष २०८२।८३ को तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ । केन्द्रीय तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२...




















