इजरायल पठाइदिने भन्दै साढे २ करोड ठगी
काठमाडौं । इजरायलमा जीटूजी प्रक्रियामार्फत केयरगिभरमा पठाइदिने प्रलोभन देखाएर साढे दुई करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका रामेछापका भरत चौलागाईँ, बालिका शिवाकोटीसहित चारजनाविरुद्ध प्रहरीले उजुरी आह्वान गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चारजना पक्राउ...
घुस सहित समातिएका नापी कार्यालयका सर्वेक्षकविरुद्ध अख्तियारले चलायो मुद्दा
काठमाडौं । नापी कार्यालय बर्दिवास, महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने काममा सेवाग्राहीलाई दुःख तथा...
काठमाडौंमा ठूलो परिमाणको वाइनमा लेदोजस्तो पदार्थ भेटियो, बिक्रीमा रोक
काठमाडौँ । काठमाडौंको गोकर्णेश्वरमा ठूलो परिमाणमा भण्डारण गरिएको वाइनमा लेदोजस्तो शंकास्पद पदार्थ भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको संयुक्त अनुगमन टोलीले गोकर्णेश्वर नगरपालिका–४ स्थित शुभ ओजस सप्लायर्समा अनुगमन गर्ने क्रममा सङ्खुवासभाको मकालु वाइन इन्डष्ट्रिजले उत्पादन गरेको ‘हिन्वा’...
बिरामी बोकेर चितवन आउँदै गरेको एम्बुलेन्स खोलाले बगायो
काठमाडौँ । पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ। आज बिहान माडी क्षेत्रमा परेको भारी वर्षापछि बगही खोलाको सहायक खोलामा आएको बाढीले एम्बुलेन्स बगाएको हो। एम्बुलेन्समा चालकसहित तीन जना सवार रहेका थिए। खोलाले...
आगामी तीन दिन धान नकाट्न मौसम विज्ञान विभागको आग्रह
काठमाडौं । आज असोज २१ गतेदेखि पर्सी २३ गतेसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जानाकारी दिएको छ। साथै विभागले मधेश प्रदेश बाहेकका स्थानमा बासिन्दाले धानबाली भित्र्याउने तयारी गरेको भएमा आगामी तीन दिन धान...
भारतीय रिजर्भ बैंकले बढायो रेपो दर, ५.५० प्रतिशत पुग्यो
काठमाडौँ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले बढ्दो मुद्रास्फीति जोखिम, विश्वव्यापी आर्थिक अवस्था र घरेलु अर्थतन्त्रको बलियो वृद्धिबीच नीतिगत रेपो दर २५ आधार अङ्कले बढाएर ५.५० प्रतिशत पुर्याएको छ। आरबीआईका गभर्नर सञ्जय मल्होत्राले बृहत् आर्थिक तथा वित्तीय अवस्था र...
बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम...
बालेन सरकारको ६ महिनामा २६ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, कार्यान्वयनमा भने चुनौती
काठमाडौँ । वर्तमान सरकार गठन भएको ६ महिना पूरा हुँदा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता बढेको देखिए पनि त्यसलाई वास्तविक लगानी र उत्पादनमा रूपान्तरण गर्ने चुनौती कायमै छ । चैतदेखि भदौसम्म मात्रै २६ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता...
४४ जना उपसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) का ४४ जना कर्मचारीहरुको एकसाथ सरुवा गरेको छ। उपसचिव लोक बहादुर लोप्चनको शिक्षा तथा खेलकुद मन्त्रालयबाट भाषा आयोग, काठमाडौंमा सरुवा भएको...
बाढी प्रभावित परिवारलाई चाडपर्व मनाउन एक लाख रुपैयाँ दिइने
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ। कार्यक्रमअन्तर्गत पहिचान भएका प्रभावित परिवार तथा व्यक्तिलाई जीविकोपार्जनका...
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा हुँदैछ। कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा हुन लागेको बैठकलाई दुई देशबीचको सम्बन्धका विभिन्न पक्षको समीक्षा र सहकार्य विस्तारका लागि महत्वपूर्ण मानिएको छ। बैठकमा नेपाली...
यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची
काठमाडौं । कालिमाटी बजार विकास समितिले आज असोज २१ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ। त्यसैगरी यसदिन लोकल गाजर १३० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ,...
आज देशभर बदली, केही स्थानमा हावाहुरी र असिनासहित भारी वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम प्रभावित हुने भएको छ। हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कर्णाली र...
बाढी पहिरोका कारण तीन प्रमुख सडकखण्ड अझै अवरुद्ध
काठमाडौं । बाढीपहिरोका कारण रसुवा, मनाङ र म्याग्दीका तीन प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यी जिल्लाका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित भएको छ। रसुवा र नुवाकोट हुँदै रसुवागढी नाका जोड्ने पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध...
नारायणगढ–काठमाडौं सडकमा ठूला मालवाहक सवारी चलाउन रोक
काठमाडौं । दसैंको समयमा नारायणगढ–काठमाडौं सडकमा हुने सवारी चापलाई व्यवस्थापन गर्न ठूला मालवाहक सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाइने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरसहित ठूला मालवाहक सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको हो...
भोटेकोशी बाढीपीडितलाई अस्थायी घर बनाउँदै सरकार
काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित परिवारका लागि सरकारले विभिन्न साझेदार संघसंस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। विपद् जोखिम न्यूनीकरण...
फर्जी पत्रिका देखाएर ३ लाख ८० हजार हिनामिना, धनौजीका अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा
काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रिया विपरीत फर्जी पत्रिका समावेश गरी राज्यको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/०७८...
वर्षदिनमा केआईसिंह गाउँपालिकाले पदाधिकारी सुविधामै ७६ लाख खर्च
काठमाडौँ । डोटीको केआईसिंह गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीभन्दा डेढ गुणाभन्दा बढी रकम पदाधिकारी सुविधामा खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले गाउँपालिकाले पदाधिकारी सुविधामा आन्तरिक आयको तुलनामा अत्यधिक रकम खर्च गरेको औँल्याएको हो...
अन्तरिक्षका न्युट्रिनो पत्ता लगाउने वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई नोबेल भौतिकशास्त्र पुरस्कार
काठमाडौं । सन् २०२६ को नोबेल भौतिकशास्त्र पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गरिने भएको छ । द रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजका अनुसार दक्षिण ध्रुवमा स्थापित आइसक्यूब न्युट्रिनो अब्जर्भेटरीमार्फत अन्तरिक्षबाट आउने उच्च ऊर्जाका न्युट्रिनो कण पहिचान गर्ने योगदानका लागि...
दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको हो । प्रसाईंलाई...




















