एक्लै हिँड्ने महिला र वृद्धाको सिक्री लुट्ने गिरोहको पर्दाफास, नाइकेमाथि प्रहरीको गोली
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ–१३ चुनिखेल गाम्चामा गएराति प्रहरीको गोली लागेर लुटपाट तथा चोरीका घटनामा संलग्न रहेको आरोपित एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार इन्स्पेक्टरको नेतृत्वमा खटिएको टोलीले राति करिब १०ः२५ बजे जम्काभेट हुँदा ३४ वर्षीय...
सुस्ता बनि रहेको बाँध भारतीय एसएसबीको कब्जामा, परराष्ट्र मन्त्रालय मौन
काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएको छ । एसएसबीको टोलीले नेपालतर्फ प्रवेश गरी थारु टोलमा निर्माण भइरहेको माटोको कच्ची बाँध भत्काएको हो । आइतबार दिउँसो...
सुस्तामा सीमा तनावः भारतीय एसएसबीले नेपाली भूभागको बाँध भत्कायो
काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा वर्षायामको बाढीबाट जोगिन स्थानीयले निर्माण गरिरहेको अस्थायी माटोको बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएपछि आइतबार सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ। स्थानीयका अनुसार शनिबारदेखि सुस्ता गाउँपालिका–५ को थारु टोल क्षेत्रमा पानीको...
‘ग्यास छ’ भन्ने सरकार, ‘ग्यास छैन’ भन्ने बजार
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा पछिल्ला केही दिनदेखि खाना पकाउने एलपीजी ग्यासको अभावले सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ। सम्बन्धित निकायले आपूर्ति प्रणाली सामान्य रहेको दाबी दोहोर्याइरहे पनि बजारको वास्तविक अवस्था भने त्यसको ठीक विपरीत देखिएको हो ।...
एसईई उत्तीर्ण ५० विद्यार्थीलाई बाकुननी पुचःद्वारा सम्मान
काठमाडौं । २१ वडा व्यापी १५औं एसईई सम्मान कार्यक्रम स्थानीय बाकुननी पुचःद्वारा आयोजना गरिएको छ । ‘थोरै थोरै जोडौं शिक्षामा लगानी गरौं’ भन्ने मुल नाराका साथ पुचःका अध्यक्ष गौतम प्रधानले कार्यक्रममा स्थानीय २०८२ सालको एसईई उत्तीर्ण विद्यार्थीहरुको मनोवल बढाउनको...
सार्वजनिक लेखा समितिमा १७ उजुरी, सोमबारदेखि छानबिनको प्रक्रिया अघि बढ्दै
काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि छलफल गर्न समितिले सोमबार दिउँसो २ बजे बैठक बोलाएको छ। समिति सभापति भरतबहादुर खड्काका अनुसार बैठकमा प्राप्त उजुरीहरूको विवरणमाथि छलफल गरिनुका साथै ती विवरण समितिका सदस्य सांसदहरूलाई...
विदेशमा बाँच्नु पर्या छ बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । सङ्गीत क्षेत्रमा अलग्गै नाम कमाएका चर्चित गायक एवं पद्मभूषणबाट सम्मानित गायक उदित नारायण झा र दिपा नारायण झाको युगल स्वरमा रहेको गीतको म्युजिक भिडियो मेला डिजिटलबाट सार्वजनिक भएको छ । गीत विदेशमा रहेर देश, गाउँ घर र...
अनलाइन बजारमा नक्कली वस्तुको बिगबिगी, सयभन्दा बढी उत्पादन नियन्त्रणमा
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका विभिन्न प्रकारका मसिनो तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु...
स्मार्ट टेलिकम घोटालामा तत्कालीन मन्त्री जगदीश खरेलमाथि अझै भएन अनुसन्धान
काठमाडौं । स्मार्ट टेलिकमको अनुमतिपत्र रद्द भएपछि सरकारी नियन्त्रणमा आइसकेको अर्बाैं रुपैयाँको सम्पत्ति तथा पूर्वाधार अवैध लिलामी तथा खरीदबिक्री गरेको घटनामा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् उनीमाथि अनुसन्धान अघि बढेको छ । उनलाई बिहीबार साँझ नेपाल...
लघुवित्तपीडितले भने– ‘सरकारसँग भएको सहमति स्वीकार्य छैन’
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलनले सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच भएको सहमति आफूहरूलाई स्वीकार्य नभएको जनाएको छ। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका नेताहरूले पाँच वर्षदेखि निरन्तर आन्दोलनरत वास्तविक पीडितलाई बेवास्ता गर्दै अर्को...
अमेरिका जान अब महँगो, भिसाका लागि ३० लाख रुपैयाँसम्म धरौटी अनिवार्य
काठमाडौँ । अमेरिकी सरकारले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक तथा व्यावसायिक भिसा आवेदनमा धरौटी (भिसा बन्ड) अनिवार्य गर्ने नयाँ व्यवस्था लागू गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै धरौटी रकम अधिकतम २० हजार अमेरिकी डलरसम्म...
सीएनआई युवा उद्यमी मञ्चको साधारण सभा सम्पन्न, सुगम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो आठौँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। शुक्रवार काठमाडौँको होटेल र्याडिसनमा देशका प्रतिष्ठित व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू, उद्योगपतिहरू तथा युवा उद्यमीहरूको उपस्थिति सभा सम्पन्न भएको हो...
अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ भियतनाम सरकारद्वारा सम्मानित
काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनाम सरकारले सम्मान गरेको छ । उनलाई भियतनामको परराष्ट्र मन्त्रालयले ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट सम्मान गरेको हो । नेपाल–भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। १०...
करदाता प्रोत्साहन कार्यक्रम सञ्चालनमा, दैनिक एक लाखदेखि पाक्षिक १० लाखसम्म जित्ने मौका
काठमाडौं । कर सहभागिता बढाउन र वास्तविक बिल लिने बानीको विकास गराउन आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको छ । विभागले यसका लागि गत साउन १ गतेदेखि १०० रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरी सामान किनेको बिल...
सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन समर्पित इजलास गठन गर्न माग
काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गरिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका समस्या...
गोलबजारमा कर्फ्यू खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू खुकुलो बनाएको छ । प्रशासनले सुरक्षा अवस्थाको विश्लेषण गर्दै आज साउन १७ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यू खुकुलो गर्ने निर्णय गरेको हो । सुनसरीमा...
ललितपुरका तीनजना नासु र दुई लेखापढी व्यवसायी घुस सहित होटलबाट पक्राउ
काठमाडौं । भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका तीन जना नायब सुब्बा र दुई जना लेखापढी व्यवसायी घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको...
गोठाटारमा काठको गोदाममा आगलागी, १४ सटरमा क्षति
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति काठको गोदाममा आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ । प्रहरीका अनुसार राति करिब ९ः१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदामबाट आगो लाग्न शुरु भएको थियो...
डडेल्धुराको अजयमेरुका ७ अव्यवस्थित परिवारले पाए लालपुर्जा
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति, डडेल्धुराले अजयमेरु गाउँपालिका–२ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार लामो समयदेखि जग्गा उपभोग गर्दै आएका अव्यवस्थित बसोबासी...




















