रौतहटमा पेट्रोल ट्याङ्कर आगलागी घट्ना शंकास्पद, प्रहरीले विस्तृत अनुसन्धान गर्दै
काठमाडौं । रौतहटको गजुरा नगरपालिका–३ धनसार पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्यांकर पल्टिएर आगलागी भएको घटना शंकास्पद देखिएको छ । बिहीबार बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर...
हेलो सरकारमा एक वर्षमै ६९ हजार ७२४ गुनासा, अब २४ घण्टाभित्र अत्यावश्यक उजुरी सम्बोधन गर्ने तयारी
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत अवधारणापत्र र...
भदौभित्र स्वास्थ्य बीमाको १२ अर्बसम्म बक्यौता भुक्तानी गर्ने तयारी
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बाँकी रहेको रकममध्ये १० देखि १२ अर्ब रुपैयाँ आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले...
‘यो भाडाले गुजारा चल्दैन’ भन्दै इन्ड्राइभ कार्यालयअघि आज पनि राइडरहरुको प्रदर्शन
काठमाडौँ । राइड–सेयरिङ सेवा इन्ड्राइभका राइडरहरूले उचित पारिश्रमिक, वैज्ञानिक भाडादर र श्रमिक अधिकारको सुनिश्चितताको माग गर्दै सुरु गरेको आन्दोलन दोस्रो दिन पनि जारी राखेका छन्। बुधबार ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभको कार्यालय घेराउ गरेका राइडरहरू बिहीबार पनि सोही स्थानमा भेला भएर...
आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोबिन्दबहादुर कार्कीले जानकारी दिए। साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा...
सत्तामा युवा कि वायु ?
जेनजी विद्रोहपछिको चुनावमा झण्डै दुई तिहाइ बहुमत जितेर राष्ट्रिय स्वतन्त्र पार्टीका नवआगन्तुक वरिष्ठ नेता बालेन भनिने वालेन्द्र शाहको नेतृत्वमा गत चैत १३ गते बनेको सरकार ‘युवा सरकार हो कि वायु सरकार हो’ भनेर छुट्याउन बुद्धिजीवीहरूलाई समेत हम्मे–हम्मे परेको छ ।...
ग्वार्काेमा फ्लाईओभरमा ठोक्किंदा बस दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते
काठमाडौं । ललितपुरको ग्वार्काेमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् । आज बिहीबार बिहान साढे १० बजेको समयमा कोटेश्वरबाट ग्वार्काेतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाईओभरमा...
राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान लागू, मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्म कसको कति?
काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब, ग्रेड र सुविधामा वृद्धि गर्दै नयाँ तलबमान लागू गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको नयाँ व्यवस्था अर्थ मन्त्रालयले साउन २० गते परिपत्रमार्फत कार्यान्वयनमा आएको जानकारी दिएको हो।...
एकैदिन सुन तोलामा ८ हजार रुपैयाँले बढ्यो, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन एकैदिन तोलामा ८ हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार रुपैयाँ पुगेको छ। १०...
३ करोडभन्दा बढीको घरजग्गा कारोबारका लागि लाइसेन्स आवेदन खुला
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिन आग्रह गरेको छ। मालपोत ऐन, २०३४ को दफा २६क र २६ख तथा...
बसुन्धरामा अचेत फेला परेका पुरुषको मृत्यु, पोष्टमार्टम गरिंदै
काठमाडौं । काठमाडौंको बसुन्धरामा हिजो बुधबार साँझ अचेत अवस्थामा फेला परेका एकजना पुरुषको मृत्यु भएको छ । गोर्खा घर भई हाल काठमाडौंको टोखामा बस्दै आएका ४२ वर्षीय धनराज थापा हिजो साँझ बसुन्धारामा अचेत अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरेर...
रौतहटमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिंदा आगलागी, चालक सकुशल
काठमाडौं । रौतहटको गजुरा नगरापलिका–३ धनसार पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको एउटा ट्याङ्कर सडको किरानमा पल्टिंदा आगलागी भएको छ । बिहाज करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको उक्त ट्याङ्कर सडकमा...
तीन सातादेखि लाइसेन्स सेवा ठप्प, सरकार भने मुकदर्शक
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सेवा देशभर करिब तीन सातादेखि प्रभावित बनेको छ। यातायात व्यवस्था विभागले साउन १ गतेदेखि लागू गरेको नयाँ ‘इडीएलभिआरएस’ प्रणालीमा प्राविधिक समस्या देखिएपछि नयाँ आवेदनदेखि नवीकरण, वर्ग थप, राजस्व भुक्तानी र परीक्षासम्बन्धी...
आईडा र केयूको नयाँ मास्टर्स कार्यक्रम ‘एमआईएईडी’मा भर्ना खुला
काठमाडौँ । एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आईडा) ले काठमाडौं विश्वविद्यालय (केयु)सँगको शैक्षिक साझेदारीमा सञ्चालन हुने दुई वर्षे स्नातकोत्तर कार्यक्रम ‘मास्टर इन इन्टरनेसनल अफेयर्स, इकोनोमी एन्ड डिप्लोमेसी (एमआइएइडी)’को पहिलो शैक्षिक सत्र (सेप्टेम्बर २०२६) का लागि आवेदन खुला...
गभर्नर र सञ्चालकको कार्यकाल घटाउने प्रस्ताव, अर्थ समितिमा फरक–फरक धारणा
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलका क्रममा प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिको पदावधि यथावत् पाँच वर्ष राख्ने वा घटाउने विषयमा सांसदहरूबीच फरक–फरक धारणा व्यक्त भएको छ।...
भ्याक्सिनेटरको भुक्तानीमा २० प्रतिशत कमिसन माग्ने राजविराज नगरपालिकाका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख (पशु विकास अधिकृत/आठौँ) डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार...
गल्यो बहुमत सरकारको दम्भ, खुल्यो पुस्तकालय
काठमाडौं । नयाँ सरकार बनेपछि बहुमतको सरकार भन्दै दभ्मपूर्ण तरिकाले लगाइएको ताला सरकार आफैले खोलेपछि आजदेखि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय खुलेको छ । विश्वकै दुर्लभ घटनाको रुपमा बन्द गरिएको पुस्तकालय सरकार आफैलाई सम्भवतः लाज लागेपछि ११५ दिनपछि आजदेखि औपचारिक...
नाइमा एक्स्पोमा एथरको आकर्षक अफर, फोटो खिचेरै जित्न सकिने छ नयाँ स्कुटर
काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै एथर इनर्जी नेपालले प्रदर्शनी अवधिभर ‘मेगा गिभअवे’ अभियान सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार अभियानअन्तर्गत एक भाग्यशाली सहभागीले नयाँ एथर स्कुटर जित्ने अवसर पाउनेछन्। गत वर्ष पनि सञ्चालन गरिएको यही अभियानबाट सालिकराम...
क्षतिपूर्ति र सुरक्षा नपाएसम्म गोलबजारका प्रभावित व्यवसायीले पसल नखोल्ने
काठमाडौँ । सिरहाको गोलबजारमा हिंसात्मक घटनाबाट प्रभावित भएका मुस्लिम समुदायका व्यवसायीले क्षतिपूर्ति र सुरक्षाको सुनिश्चितता नभएसम्म पसल सञ्चालन नगर्ने अडान कायम राखेका छन्। घटनापछि व्यापारिक संरचनामा भएको क्षतिले उनीहरू अझै अन्योल र त्रासमा रहेको बताएका हुन् । प्रभावित व्यवसायीहरूले...
तथ्याङ्क नियमावली संशोधन, कोरा तथ्याङ्कको शुल्क घट्यो
काठमाडौँ । सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। संशोधनअन्तर्गत तथ्यांक नियमावली, २०८० का विभिन्न ५ नियम तथा अनुसूचीमा हेरफेर तथा थपघट भएको...



















