आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सर्वाधिक खरिद माग, लाग्यो सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको शेयर ३७८ रुपैयाँ खुलेको हो । यो समाचार...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आजदेखि कारोबार खुल्दै, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर आजदेखि कारोबार खुल्दैछ । कम्पनीको शेयर बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भई आजदेखि कारोबारमा आउने भएको हो । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिई एकीकृत कारोबार पछि ‘आइजीआई...


बीमा कम्पनी, बैंक र पुँजिबजार सम्बद्ध निकायलाई ३० प्रतिशत आयकर तिर्न कर कार्यालयको निर्देशन

काठमाडौं । बीमा कम्पनी, बैंक र पुँजिबजार सम्बद्ध निकायलाई आर्जित अन्तिम करयोग्य मुनाफाको ३० प्रतिशत आयकर तिर्न अन्तरिक राजस्व विभागले निर्देशन दिएको छ । राजस्व विभागले करको दर तय गरेको छ। आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले आय...


साताको शेयर बजारमा बीमाः जीवन बीमामा एलआईसी, नेपाल लाइफ, निर्जीवनमा राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा उच्च

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटको प्रभाव पुँजी बजारमा देखिएको छ । यो साताको बजारको रेखाले सपष्ट देख्न सकिन्छ । बिहिबार बढेको शेयर बजारले निर्जिवन बीमाको क्षेत्रको सकारात्मक सुधार देखिएको छ । साताको अन्तिम...


बीमा व्यवसाय १।८ प्रतिशतले बढ्यो, व्यवसायको हिस्सा ५० प्रतिशत बागमती प्रदेशमै

काठमाडौ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष बीमा व्यवसाय १.८ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणअनुसार संकलन भएको बीमा प्रिमियम रकम १.८ प्रतिशतले वृद्धि हो। २०७९ फागुन मसान्तसम्म संकलन भएको बीमा प्रिमियम रकम...


थप एक कम्पनीको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश बापत वितरण गरेको बोनश शेयर हितग्राहीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको २७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ६ दशमलव ७० प्रतिशत बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको हो ।...


युनाइटेड अजोड इन्स्योरेन्सको नयाँ संचालक समिति गठन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले नयाँ संचालक समिति गठन गरेको छ । कम्पनीले साविकको युनाइटेड इन्स्योरेन्सको संचालक समितिको निर्णयले संस्थापक समुहबाट संचालक प्रणव कुमार दास, संचालक बलराम खनाल र सर्बसधारण शेयरधनी समुहबाट विलसन मान रंजित र साविकको अजोड...


नेको इन्स्योरेन्सको रोजगारमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले खुलाएको रोजगारमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै चार्टेट एकाउन्टेन्ट र सेमि क्वालिफाइड चार्टेट एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । इन्स्योरेन्सल केन्द्रिय कार्यालयको लागि १ जनाका...


युनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाल नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकको निर्णयले नेपाललाई स्वतन्त्र विज्ञ संचालक पदमा नियुक्त गरेको हो ।


नेप्सेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिई एकीकृत कारोबार पछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट ‘आइजीआई’ सिम्बोलबाट शेयर सूचीकृत भएको हो । कम्पनीको...


कोरोना बीमाको रकम सरकारले भुक्तानी नगर्ने, बीमा कम्पनीहरुकै काँधमा थपियो १० अर्ब बक्यौता

काठमाडौं । बीमा कम्पनी र बीमा प्राधिकरणले सरकारबाट ल्याएर दिने भनेको कोरोना बीमाको रकम सरकारले नदिने भएको छ । आगामी आवको लागि गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेट बक्तव्यमा कोरोना बीमाबारे कही कतै उल्लेख छैन । बजेटमा...


बजेटले बीमा क्षेत्रलाई समेटेको कुरा सन्तोषजनक छ, अब कार्यान्यवनमा जोड दिऔंः सरोकारवाला

काठमाडौं । सरकारले बीमा क्षेत्रको विकास र विस्तारका लागि आवश्यकता अनुसारको बजेट ल्याएको र अब कार्यान्वयनको पक्षलाई ध्यान दिनुपर्ने बीमा क्षेत्रका सरोकारवालाहरुको भनाई छ । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको बजेटमा...


युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त भएका छन् । साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एकआपसमा गाभिई ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार भएपश्चात् कम्पनीको सचिवमा उपाध्याय नियुक्त भएका हुन् । कम्पनीको जेठ १४...


नेको इन्स्योरेन्सले २७ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमका (झलकहरु)

काठमाडौं । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २७ औ वर्षमा प्रवेश गरेको छ । २७ औ बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै सरल प्रविधिमैत्री र छरितो दावी भुक्तानीमा जोड दिने...


नेको इन्स्योरेन्स २८ औं वर्षमा, सामाजिक उत्तरदायित्वसँगै बीमा व्यवसायमा जोड

काठमाडौं । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २८ औं वर्षमा प्रवेश गरेको छ । २८ औं बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै सरल प्रविधिमैत्री र छरितो दावी भुक्तानीमा जोड दिने...


इन्स्योरेन्स इन्स्टिच्युट नेपालद्वारा नेको इन्स्योरेन्सका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम प्रदान

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडले नेको इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धीे तालिम प्रदान गरेको छ । बीमा कम्पनीहरुको वित्तीय सुशासनमा जोड दिदै इन्स्टिच्युटले नेको इन्स्योरेन्स प्रधान कार्यालय लगायत विभिन्न जिल्लाका कर्मचारीहरुलाई सो तालिम...


सामाजिक सुरक्षा कोषको रकम परिवारको बीमामा उपयोग गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको रकम उत्पादन मूलक तथा पूर्वाधार लगायका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने घोषणा गरेको छ । वैदेशिक रोजगारका गएका नेपालीहरुलाई थप व्यवस्था गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को...


कृषि बीमाको अनुदानका लागि ९५ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनकि गर्दै उक्त जानकारी गराएका हुन् । सरकारले कषि तथा पशुपन्छी बीमामा कुल बीमाशुल्कको...


निकुञ्ज र आरक्षणमा खटिने कर्मचारीको दूर्घटना बीमा गरिने

काठमाडौं । सरकारले निकुञ्ज र आरक्षण खटिने कर्मचारीको दूर्घटना बीमा गर्ने भएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो । आज वन तथा वातावरण अन्तर्गत निकुञ्ज र आरक्षण खटिने कर्मचारीको दूर्घटना बीमा गरिने...


‘उत्पादन साथमा अनुदान हातमा’ भन्ने नाराका साथ कृषि बीमाको अनुदान निरन्तरता

काठमाडौं । सरकारले उत्पादन साथमा अनुदान हातमा भन्ने नाराका साथ कृषि बीमाको अनुदानलाई निरन्तरता दिएको छ। उत्पादन साथमा अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने भएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले...