निर्जीवन बीमा कम्पनीहरुले गरे जेठ महिनासम्ममा ३६ अर्ब बढीको कारोबार

१७ असार २०८०, आईतवार १८:४९

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्व ६१ करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार १४ निर्जीवन बीमा कम्पनीरुले यस्तो कारोबार गरेका हुन् ।

कम्पनीहरुले जेठ महिनासम्ममा जारी भएका २५ लाख ३७ हजार ४१६ जारी बीमालेखबाट सो रकम संकलन गरेको हो ।

निर्जिवन बीमा कम्पनीहरुले जेठ महिनामा मात्रै ३ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले जेठ महिनामा १ लाख ९१ हजार २२३ बीमालेख जारी गरेको प्रकाशित विवरणले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*