जेठ महिनामा निर्जीवन बीमा ब्यवसाय ह्वातै बढ्यो, हिमालयन एभरेष्ट र सिद्धार्थ इन्स्योरेन्स सबैभन्दा उत्कृष्ट, अन्यको अवस्था कस्तो ?

१७ असार २०८०, आईतवार १९:४९

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ह्वातै बढेको छ । बैंकहरुबाट कर्जा प्रवाह सहज हुने वित्तकै निर्जीवन बीमा व्यवसाय ह्वात्तै बृद्धि भएको हो ।

बीमा प्राधिकरणका अनुसार गत महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ३१।१९ प्रतिशतले बढेको छ । बैशाख महिनामा २ अर्ब ६७ करोड रुपैयाँ आर्जन गरेका निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा तीन अर्ब ५० करोड रुपैयाँको कारोबार गर्न सफल भएका छन् ।

सबैभन्दा उत्कृष्ट कम्पनीका रुपमा हिमालयन एभरेष्ट देखिएको छ । सो कम्पनीले जेठ महिनामा मात्रै ५७ करोडको व्यवसाय गरेर उत्कृष्ट बनेको हो । जेठ महिना मर्जर भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी दोस्रो ठूलो व्यवसाय गर्न सफल भएको छ । सो कम्पनीले ३६ करोड ७८ रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । कम्पनीले गत महिनाको तुलनामा २३.८१ प्रतिशतको फराकिलो बृद्धि गर्न गरी सबैभन्दा पहिलो हुन सफल भएको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३५ करोड ७८ लाख बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । शिखर इन्स्योरेन्स कम्पनीले जेठ जेठ महिनामा मात्रै ३३ करोड ३८ लाख रुपैयाँको व्यवसाय गरेर गत महिनाको तुलनामा २२ प्रतिशतको फराकिलो बृद्धि हात पार्न सफल भएको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय बैशाखको तुलनामा सबैभन्दा बढी प्रतिशतले बढेको छ । कम्पनीले बैशाखको तुलनामा व्यवसाय २ करोड ९९ लाख रुपैयाँबाट ६९२ प्रतिशतले बढेर २३ करोड ७२ लाख रुपैयाँको कारोबार गर्न सफल भएको छ ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले २७ करोड, आइएमई प्रुडेन्सियल ३१ करोड, नेको २१ करोडको व्यवसाय गर्न सफल भएका छन् । त्यस्तै, एनएलजी इन्स्योरेन्सले १६ करोड, सानिमा जिआईसीले २२ करोड, नेपाल इन्स्योरेन्सले १३ करोडको व्यवसाय जेठ महिनामा गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*