शेयर बजारमा हरीयाली छाँउदा यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं । शेयर बजारमा आज गभर्नर नियुक्ति प्रकृया अघि बढाउने सरकारले तयारी गर्दा उत्साहपूर्वक बजार बढेको छ। शेयर बजारमा सुधार आउदा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, ओम मेघा श्रीको शेयरमा सकारात्मक...


राधी र ङादी लगानीकर्ताको रोजाइमा, अरू कुन कम्पनीको भयो बढी कारोबार?

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रूपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। जसमध्ये राधी ग्रुपको सर्वाधिक ४१ करोड ८० लाख रूपैयाँ, ङादी ग्रुपको ३६ करोड ८३ लाख रूपैयाँ र...


गभर्नर नियुक्ति प्रकृया अघि बढ्ने भएसँगै शेयर बजारमा उछाल, लगानीकर्ता उत्साहित

काठमाडौं । लामो समयदेखि रोकिरहेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकृया अघि बढ्ने भएसँगै शेयर बजारमा उछाल छाएको छ। शेयर बजारमा उछाल आएसँगै सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। लगानीकर्ताहरु पनि गभर्नर नियुक्ति प्रकृया अघि बढ्ने भएसँगै उत्साहित भएका...


हिमालयन लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी ज्योति कुमार बेगानी र चन्दा कुमारी बेगानीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले क्रमशः १ लाख ४३ हजार ६९७ कित्ता सहित सोबाट प्राप्त हुन आउने १४ प्रतिशत बोनस शेयर...


दोर्दी खोलाको ८४ लाख कित्ता शेयरको लकइन असारमा सकिने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको ८४ लाख १२ हजार ९६० कित्ता शेयरको लकइन अवधि आउँदो असार ७ गतेबाट सकिने भएको छ। हाल यस कम्पनीको संस्थापकको ७५ लाख ९० हजार ६७५ कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको ७ लाख...


राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो।...


राप्ती हाइड्रोको शेयर मूल्य समायोजन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। कम्पनीको सोमबार कायम अन्तिम शेयर मूल्य ५४८ रूपैयाँ ८७...


नेटवर्थ कम भएका १४ कम्पनीलाई धितोपत्र बोर्डले पाइपलाइनबाट हटायो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारीमा रहेका १४ वटा कम्पनीलाई पाइपलाइनबाट हटाएको छ। तीमध्ये ६ वटा जलविद्युत कम्पनीहरू रहेका छन्। बोर्डले ती कम्पनीहरूले आवश्यक आर्थिक मापदण्ड पूरा नगरेकाले हालका लागि सूचीबाट हटाइएको जानकारी दिएको...


छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले यही जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...


विकाश हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि पहिलो चरणको प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये ९...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ९ जना संस्थापक शेयरधनीहरूको २ लाख २३ हजार २९९ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त संस्थाप शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले...


११ ब्रोकर कम्पनी धितोपत्र बोर्डको कारवाहीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ ब्रोकर कम्पनीलाई कारवाही गर्ने भएको छ । बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ उल्लंघन गर्ने ११ वटा सूचक कम्पनीलाई सचेत गरेको हो। २०८१ साल वैशाख २५ गतेको निर्णयअनुसार...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको शेयर मूल्य कतिले बढ्यो?

काठमाडौं । साताको दोस्रो दिन नेप्से इन्डेक्स २२।९० अंकले बढेर २६३२।०५ को विन्दुमा कायम भएको छ। ३२४ सूचीकृत कम्पनीको १ करोड २० लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ३५ करोडको शेयर कारोबार भएको छ। आज पाँच कम्पनीको शेयरमा...


गभर्नर नियुक्तिको खबरले शेयर बजारमा छायो हरीयाली, निर्जिवन बीमा र बैंकिङ क्षेत्रमा उत्साह

काठमाडौं । साताको दोस्रो दिन नेप्से इन्डेक्स २२।९९ अंकले बढेर २६३२।०५ को विन्दुमा कायम भएको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ८ अर्ब ५० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस...


राधी विद्युत र नेपाल रिको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। जसमध्ये राधी विद्युत कम्पनीको सर्वाधिक ५९ करोड ७६ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको ५१ करोड ७ लाख रुपैयाँ,...


पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति

काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। यससँगै कम्पनीलाई प्रतिकित्ता १०० रूपैयाँका दरले १ः०.५० को अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न बाटो खुलेको छ। कम्पनीको...


राप्ती हाइड्रको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज जेठ ५ गते अन्तिम दिन रहेको छ। हकप्रद शेयर निष्कासन प्रयोजनार्थ यस कम्पनीले भोलि जेठ ६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै...


महुली लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेले २ हजार १०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको ७ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाएर सप्तरीस्थित कम्पनीको केन्द्रीय...


बोनस शेयरको कर तिर्न हिमालयन लाइफको आग्रह

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई बोनस शेयर बापतको कर तिर्न आग्रह गरेको छ। कम्पनीको गत फागुन ११ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभाले पारित गरेको १४ प्रतिशत बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह गरेको हो। माघ...


ट्रेड टावरले जेठ १४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।...