४५ दिनमा कोरोना बीमाको दावी भुक्तानी फस्र्योट गर्ने बीमा समितिको प्रतिबद्धता

२३ माघ २०७७, शुक्रबार २३:०९

काठमाडौं । विवादित कोरोना बीमाको दावी भुक्तानी ४५ दिनभित्रैमा सम्पूर्ण रकम फस्र्योट गर्नेगरी काम भइरहेको बीमा समितिले जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले कोरोना बीमाको दावी भुक्तानीमा ठूलो समस्या नरहेको र अब छिट्टै दावी भुक्तानी सम्पन्न हुने जानकारी दिए ।

बीमा पोष्टसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिका कार्यकारी निर्देशक पौडेलले भने, ‘साढे तीन अर्ब रुपैयाँभन्दा बढि दावी भुक्तानी दिइसकेका छौं, बाँकी पनि बढिमा डेढ महिनाभित्रैमा फस्र्र्योट हुने गरी काम गरिरहेका छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*