हिमालयन लघुवित्तले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी ३४ करोड १० लाख ८६ हजार ३५ रुपैयाँ ८४ पैसाको आधारमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
कम्पनीले १ करोड ६२ लाख १ हजार ५८६ रुपैयाँ ७० पैसा बराबरको बोनस सेयर तथा ८ लाख ५२ हजार ७१५ रुपैयाँ ९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यसअनुसार सेयरधनीले कुल १ करोड ७० लाख ५४ हजार ३०१ रुपैयाँ ७९ पैसा बराबरको लाभांश प्राप्त गर्नेछन् ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।











